


नेपाली महिला फुटबल टिमले बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
खेल आगामी भदौ २४ र २७ गते दशरथ रंगशालामा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
Advertisement



दशरथ रंगशालामा खेल हेर्न चाहने दर्शकलाई प्रवेश दिइनेछ। जसमा साधारण प्याराफिटको टिकट मूल्य २ सय र भिआइपीतर्फको ५ सय रुपैयाँ मूल्य तोकिएको छ। टिकट प्रभु पेबाट काट्न सकिनेछ।
खेलका लागि बंगलादेशको टिम भोलि बिहान काठमाडौं आइपुग्नेछ।
नेपाली टिम अहिले २०२२ एएफसी वुमेन्स एसियन कपको छनोटको तयारी गरिरहेको छ।

छनोट प्रतियोगिता आगामी महिना उज्वेकिस्तानमा हुँदैछ। छनोटमा नेपालले फिलिपिन्स र हङकङसँग खेल्नेछ।
नेपालले पहिलो खेल फिलिपिन्ससँग असोज २ र हङकङसँग असोज ५ गते खेल्नेछ।
तीन टिममध्ये शीर्ष टिम भारतमा हुने एसियन कपमा छनोट हुनेछ।
नेपाली टिम
अन्जना राना मगर (गोलकिपर), एन्जिला तुम्बापो सुब्बा (गोलकिपर), उषा नाथ (गोलकिपर), अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, विमला विक, विमला चौधरी, दीपा राई, गीता राना, हिराकुमार भुजेल, इन्दिरा राई, मन्जली तामाङ योन्जन, निशा थोकर, प्रिती राई, पूजा राना, पुनम जर्घा मगर, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटी, सविता राना, सरू लिम्बू, सिर्जना सिंह





