२०८३ आश्विन १५

खेलकुद

टोकियो पारालिम्पिकमा नेपालकी पलेशाले बेलायतकी बेथ मुनरोसँग खेल्ने

टोकियो पारालिम्पिकमा नेपालकी पलेशाले बेलायतकी बेथ मुनरोसँग खेल्ने

खेलकुद
टोकियो पारालिम्पिक २०२० मा नेपालकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पहिलो चरणमा बेलायतकी खेलाडीसँग खेल्ने भएकी छिन्।  Advertisement के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा नेपालकी पलेशा र बेलायतकी  बेथ मुनरोबीच खेल हुन तय भएको हो।  प्रिक्वार्टरफाइनलको सो खेल आगामी शुक्रबार विहान हुनेछ। यो स्पर्धाको फाइनल शुक्रबार नै हुनेछ। नेपालको  प्रशिक्षकमा कविराज नेगी लामा प्रशिक्षक छन्।  ...
६ वर्षपछि दशरथ रंगशालामा भिड्दै नेपाल र भारत

६ वर्षपछि दशरथ रंगशालामा भिड्दै नेपाल र भारत

खेलकुद
दक्षिण एसियाली देशहरूको फुटबलमा सबैभन्दा ठूलो प्रतिस्पर्धा हो- साफ च्याम्पियनसिप। सन् १९९३ मा पाकिस्तानको लाहोरमा पहिलो संस्करणको साफ च्याम्पियनसिप भएको थियो। त्यसयता साफका १२ संस्करण सम्पन्न भइरहेका छन्।  १२ मध्ये भारतले ७ पटक उपाधि जितेको छ। माल्दिभ्सले दुई पटक उपाधि जित्दा अफगानिस्तान, श्रीलंका र बंगलादेशले एक-एक उपाधि जितेका छन्। Advertisement सन् २००५ देखि साफ खेलेको आफगानिस्तानले २०१५ मा अन्तिम पटक साफ खेलेको थियो। अफगानिस्तानले मध्य एसिया फुटबल महासंघमा आबद्ध हुन साफ छाडेको थियो। नेपाल, पाकिस्तान र भुटानले भने उपाधि जित्न सकेका छैनन्। तीनै टिम अहिलेसम्म साफको फाइनलमा समेत पुग्न सकेका छैनन्। साफको १३औं संस्करण आगामी महिना माल्दिभ्समा हुने तय छ। सो प्रतियोगितामा उपाधि जित्ने लक्ष्यका साथ नेपाली टिमले तयारी गरिरहेको छ। हुन त प्रत्येक...
नेपालविरूद्ध खेल्न भारतीय टिम काठमाडौंमा

नेपालविरूद्ध खेल्न भारतीय टिम काठमाडौंमा

खेलकुद
नेपालसँगको मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टिम काठमाडौं आइपुगेको छ।  भारतीय प्रशिक्षक इगोर स्टिमाकसहितको २५ सदस्यीय टिम नेपाल आइपुगेको हो। काठमाडौं आइपुगेपछि भारतीय टिमका कप्तान सुनील क्षेत्रीले नेपाललाई कठिन प्रतिद्वन्द्वी भन्दै खेलले साफ च्याम्पियनसिपका लागि फाइदा पुग्ने बताए।  Advertisement नेपाल र  भारतबीच यहि  भदौ १७ र २० गते दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुँदैछ। खेलमा दर्शकलाई प्रवेश दिने विषयमा मंगलबारसम्ममा निर्णय हुने अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाको भनाइ छ।  एन्फाले खेलमा भ्याक्सिन लगाएका र पिसिआर टेस्टमा नेगेटिभ आएकालाई रंगशालामा प्रवेश दिने प्रस्ताव गरेको छ। साफ च्याम्पियनसिपअघि नेपाल र भारतबीच खेल हुन लागेको हो।  नेपाल र भारतबीच अहिलेसम्म १९ खेल भएको छ। त...
जिम्बावेका सिकन्दर राजाले विराटनगरबाट इपिएल खेल्ने

जिम्बावेका सिकन्दर राजाले विराटनगरबाट इपिएल खेल्ने

खेलकुद
जिम्बावेका ब्याट्सम्यान सिकन्दर राजाले एभरेस्ट प्रिमियर लिग (इपिएल) टिम विराटनगर वारियर्सबाट खेल्ने भएका छन्।  Advertisement उनीसँग यो सिजनका लागि सम्झौता भएको विराटनगरले जनाएको छ।  जिम्बावेका लागि १०५ एकदिवसीय, १७ टेस्ट र ४२ टी२० खेलेका उनीसँग पाकिस्तान सुपर लिग र क्यारेबियन प्रिमियर लिग खेलेको अनुभव पनि छ।  चौंथो संस्करणको इपिएल क्रिकेट आगामी असोज ९ देखि असोज २३ गतेसम्म सञ्चालन हुने तय छ।  प्रतियोगितामा विभिन्न ६ शहरका फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन्।  जसमा साविक विजेता ललितपुरसँगै काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारियर्स रहेका छन्। ...
आरसी ३२ लगातार दोस्रो जित निकाल्दै सी डिभिजन छनोटको दोस्रो चरणमा

आरसी ३२ लगातार दोस्रो जित निकाल्दै सी डिभिजन छनोटको दोस्रो चरणमा

खेलकुद
आरसी ३२ लगातार दोस्रो जित निकाल्दै सहिद स्मारक सी डिभिजन लिग छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ।  Advertisement आरसीले आइतबार भएको समूह 'सी' को दोस्रो खेलमा बनेपा व्याइज क्लबलाई १-० गोलले पराजित गर्‍यो। आरसीको जितमा बबिन बोहराले दोस्रो हाफमा गरेको गोल निर्णायक बन्यो। यसअघि पहिलो खेलमा आरसीले भारसिटी फुटबल क्लबलाई ८-० गोलले पराजित गरेको थियो।  तीन टिम रहेको समूहबाट शीर्ष एक टिम दोस्रो चरणमा पुग्ने प्रावधानअनुसार आरसीले दोस्रो चरणमा स्थान बनाएको हो।  अब आरसिटीले दोस्रो चरणको पहिलो खेलमा समूह 'एच' को विजेतासँग प्रतिस्पर्धा गर्नेछ। सो खेल असोज १७ गते हुनेछ। दोस्रो चरणमा तीन समूहमा प्रतिस्पर्धा हुनेछ। प्रत्येक समूहका विजेता तीन टिम सी डिभिजनमा बढुवा हुनेछन्। ...
लेवान्डोस्कीको अर्को रेकर्ड

लेवान्डोस्कीको अर्को रेकर्ड

खेलकुद
जर्मन क्लब वायर्न म्युनिखका पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले अर्को रेकर्ड बनाएका छन्। शनिबार जर्मन बुन्डेस लिगाअन्तर्गत हेर्था बर्लिनविरुद्धको खेलमा ह्याट्रिक गर्दै उनले रेकर्ड बनाएका हुन्। सो खेलमा वायर्न ५-० गोलले विजयी भयो। Advertisement लेवान्डोस्कीले वायर्नमा आफ्नो गोल संख्या ३ सय पुर्‍याएका छन्। गोलसँगै उनले वायर्नका लागि १६ खेलमा लगातार गोल गर्दै रेकर्ड बनाए। उनले सन् १९७० मा गर्ड मुलरले बनाएको रेकर्ड तोडेका हुन्। गर्ड मुलर वायर्नका लागि सर्वाधिक गोलकर्ता हुन्। उनले वार्यनबाट १५ सिजन खेल्दा ५९४ खेलमा ५४७ गोल गरेका थिए।  लेवान्डोस्कीले बुन्डेस लिगामा भने लगातार १३ खेलमा गोल गरेका छन्। यता खेलमा गोल गरेका थोमस मुलरले लगातार १३औं  सिजनमा गोल गरेका छन्।  बुन्डेस लिगामा वायर लिभरकुजेन ३ खेलबाट ७ अंक जोड्दै शीर्ष स्थानम...
जोर्गिन्होले जिते युइएफए वर्ष खेलाडीको अवार्ड

जोर्गिन्होले जिते युइएफए वर्ष खेलाडीको अवार्ड

खेलकुद
इंग्लिस क्लब चेल्सीका इटालियन मिडफिल्डर जोर्गिन्हो युइएफए मेन्स प्लेयर अफ दिन इयर २०२०-२१ घोषित भएका छन्। Advertisement २९ वर्षीय जोर्गिन्होले चेल्सीका फ्रेन्च खेलाडी एन'गोलो कान्टे र म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुएनलाई पछि पार्दै अवार्ड हात पारेका हुन्। जोर्गिन्होले गत सिजन देशबाट युरो कप र क्लबबाट युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेका थिए। उनले गत सिजन देश र क्लबका लागि ५६ खेल खेल्दा ९ गोल गरेका थिए। चेल्सीका थोमस टुचेलले उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारेका छन्। उनको नेतृत्वमा चेल्सीले च्याम्पियन्स लिग जितेको थियो। बार्सिलोनाकी कप्तान अलेक्जिया पुटेलासले महिला खेलाडीको अवार्ड हात पारेका छन्।  ...
नेपालले साफ च्याम्पियनसिपको तयारी कतारमा गर्ने

नेपालले साफ च्याम्पियनसिपको तयारी कतारमा गर्ने

खेलकुद
नेपाली राष्ट्रिय फुटबल टिमले साफ च्याम्पियनसिपको तयारी कतारमा गर्ने भएको छ।  Advertisement नेपाली टिम आगामी भदौ २५ गते अभ्यासका लागि कतार जानेछ। कतारमा २५ सदस्यीय खेलाडीको टिमले अभ्यास गर्नेछ। त्यहाँ १७ दिन बसेपछि नेपाली टिम असोज ११ गते साफ च्याम्पियनसिप खेल्न माल्दिभ्स जानेछ।  त्यसअघि नेपालले दशरथ रंगशालामा भारतसँग आगामी भदौ १७ र २० गते मैत्रीपूर्ण खेल खेल्नेछ। त्यसपछि नेपाली टिम कतार पुग्नेछ।  तेह्रौं संस्करणको दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) आगामी असोज १५ देखि २७ गतेसम्म माल्दिभ्समा हुने तय छ। नेपाली टिमकिरणकुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, सुमन अर्याल, दिनेश राजंवशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापामगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विश...
नेपाल र भारतबीचको खेलको प्रशारण अधिकार २५ लाखमा बिक्री

नेपाल र भारतबीचको खेलको प्रशारण अधिकार २५ लाखमा बिक्री

खेलकुद
अखिल नेपाल फुटबल संघ (एन्फा) ले एडप्याड प्रालिसँग नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलको प्रशारण र मार्केटिङ अधिकारसम्बन्धि सम्झौता  गरेको छ।  Advertisement एन्फाका महासचिव इन्द्रमान तुलाधनर र एडप्याड प्रवन्ध निर्देशक सुरज गिरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।  सम्झौता अनुसार एडप्याडले एन्फालाई २५ लाख १० हजार रुपैयाँ प्रदान गर्नेछ।  नेपालले दशरथ रंगशालामा भारतसँग आगामी भदौ १७ र २० गते मैत्रीपूर्ण खेल खेल्नेछ। नेपाली राष्ट्रिय टिम हाल पोखरामा बन्द प्रशिक्षणमा छ।  नेपाली टिमले भारतसँगको दुई मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसीपको तयारी गरिरहेको हो। ...
सन्दीपले लगातार दोस्रो सिजन होबार्टबाट बिग ब्यास लिग खेल्ने

सन्दीपले लगातार दोस्रो सिजन होबार्टबाट बिग ब्यास लिग खेल्ने

खेलकुद
नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियाको ११औं सिजनको बिग ब्यास लिग (बिबिएल) होबार्ट हुरिकेन्सबाट खेल्ने भएका छन्।  सन्दीप र होबार्टबीच सिजन २०२१-२२ का लागि सम्झौता नवीकरण भएका हो।  Advertisement गत सिजन उनले होबार्टबाट ८ खेल खेल्दा ८ विकेट लिएका थिए। गत सिजन उनको उत्कृष्ट प्रदर्शन २-२४ थियो।  त्यसअघि उनले मेलवर्न स्टार्सबाट बिबिएल खेलका थिए।  २१ वर्षीय स्पिनर सन्दीपले विश्वका विभिन्न फ्रेन्चाइज लिगबाट खेल्दै आएका  छन्।  २०२१ मा भने उनले खासै खेल पाएका छैनन्। इंग्ल्यान्डको टी-२० ब्लास्ट र द हन्ड्रेड उनले भिसाको समस्याको कारण खेल्न पाएनन्। पाकिस्तान सुपर लिग पनि कोरोनाले स्थगित हुँदा उनले खेल्न पाएनन्।   यस्तै क्यारेबियन प्रिमियर लिग पनि उनले राष्ट्रिय टिमको खेल भएका कारण गु...