२०८२ माघ १८

खेलकुद

जोर्गिन्होले जिते युइएफए वर्ष खेलाडीको अवार्ड

जोर्गिन्होले जिते युइएफए वर्ष खेलाडीको अवार्ड

खेलकुद
इंग्लिस क्लब चेल्सीका इटालियन मिडफिल्डर जोर्गिन्हो युइएफए मेन्स प्लेयर अफ दिन इयर २०२०-२१ घोषित भएका छन्। Advertisement २९ वर्षीय जोर्गिन्होले चेल्सीका फ्रेन्च खेलाडी एन'गोलो कान्टे र म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुएनलाई पछि पार्दै अवार्ड हात पारेका हुन्। जोर्गिन्होले गत सिजन देशबाट युरो कप र क्लबबाट युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेका थिए। उनले गत सिजन देश र क्लबका लागि ५६ खेल खेल्दा ९ गोल गरेका थिए। चेल्सीका थोमस टुचेलले उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारेका छन्। उनको नेतृत्वमा चेल्सीले च्याम्पियन्स लिग जितेको थियो। बार्सिलोनाकी कप्तान अलेक्जिया पुटेलासले महिला खेलाडीको अवार्ड हात पारेका छन्।  ...
नेपालले साफ च्याम्पियनसिपको तयारी कतारमा गर्ने

नेपालले साफ च्याम्पियनसिपको तयारी कतारमा गर्ने

खेलकुद
नेपाली राष्ट्रिय फुटबल टिमले साफ च्याम्पियनसिपको तयारी कतारमा गर्ने भएको छ।  Advertisement नेपाली टिम आगामी भदौ २५ गते अभ्यासका लागि कतार जानेछ। कतारमा २५ सदस्यीय खेलाडीको टिमले अभ्यास गर्नेछ। त्यहाँ १७ दिन बसेपछि नेपाली टिम असोज ११ गते साफ च्याम्पियनसिप खेल्न माल्दिभ्स जानेछ।  त्यसअघि नेपालले दशरथ रंगशालामा भारतसँग आगामी भदौ १७ र २० गते मैत्रीपूर्ण खेल खेल्नेछ। त्यसपछि नेपाली टिम कतार पुग्नेछ।  तेह्रौं संस्करणको दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) आगामी असोज १५ देखि २७ गतेसम्म माल्दिभ्समा हुने तय छ। नेपाली टिमकिरणकुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, सुमन अर्याल, दिनेश राजंवशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापामगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विश...
नेपाल र भारतबीचको खेलको प्रशारण अधिकार २५ लाखमा बिक्री

नेपाल र भारतबीचको खेलको प्रशारण अधिकार २५ लाखमा बिक्री

खेलकुद
अखिल नेपाल फुटबल संघ (एन्फा) ले एडप्याड प्रालिसँग नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलको प्रशारण र मार्केटिङ अधिकारसम्बन्धि सम्झौता  गरेको छ।  Advertisement एन्फाका महासचिव इन्द्रमान तुलाधनर र एडप्याड प्रवन्ध निर्देशक सुरज गिरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।  सम्झौता अनुसार एडप्याडले एन्फालाई २५ लाख १० हजार रुपैयाँ प्रदान गर्नेछ।  नेपालले दशरथ रंगशालामा भारतसँग आगामी भदौ १७ र २० गते मैत्रीपूर्ण खेल खेल्नेछ। नेपाली राष्ट्रिय टिम हाल पोखरामा बन्द प्रशिक्षणमा छ।  नेपाली टिमले भारतसँगको दुई मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसीपको तयारी गरिरहेको हो। ...
सन्दीपले लगातार दोस्रो सिजन होबार्टबाट बिग ब्यास लिग खेल्ने

सन्दीपले लगातार दोस्रो सिजन होबार्टबाट बिग ब्यास लिग खेल्ने

खेलकुद
नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियाको ११औं सिजनको बिग ब्यास लिग (बिबिएल) होबार्ट हुरिकेन्सबाट खेल्ने भएका छन्।  सन्दीप र होबार्टबीच सिजन २०२१-२२ का लागि सम्झौता नवीकरण भएका हो।  Advertisement गत सिजन उनले होबार्टबाट ८ खेल खेल्दा ८ विकेट लिएका थिए। गत सिजन उनको उत्कृष्ट प्रदर्शन २-२४ थियो।  त्यसअघि उनले मेलवर्न स्टार्सबाट बिबिएल खेलका थिए।  २१ वर्षीय स्पिनर सन्दीपले विश्वका विभिन्न फ्रेन्चाइज लिगबाट खेल्दै आएका  छन्।  २०२१ मा भने उनले खासै खेल पाएका छैनन्। इंग्ल्यान्डको टी-२० ब्लास्ट र द हन्ड्रेड उनले भिसाको समस्याको कारण खेल्न पाएनन्। पाकिस्तान सुपर लिग पनि कोरोनाले स्थगित हुँदा उनले खेल्न पाएनन्।   यस्तै क्यारेबियन प्रिमियर लिग पनि उनले राष्ट्रिय टिमको खेल भएका कारण गु...
फुटबल विवाद छानविन समितिको प्रतिवेदन : अलमुताइरीले आचरण सुधार गर्नुपर्ने

फुटबल विवाद छानविन समितिको प्रतिवेदन : अलमुताइरीले आचरण सुधार गर्नुपर्ने

खेलकुद
अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरबीचको विवादको विषयमा छानविन गर्न गठिन समितिले प्रतिवेदन तयार गरेको छ।  समितिले तयार गरेको प्रतिवेदन बुधबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवाललाई बुझाइएको छ। अब यो प्रतिवेदन युवा तथा खेलकुद मन्त्रालयमार्फत एन्फामा पुग्नेछ।  Advertisement प्रतिवेदनमा प्रशिक्षक अलमुताइरीले आफ्नो व्यवसायीक आचरण तथा बानी व्यहोरामा सुधार गर्नुसहित ११ बुँदे सुझाव दिइएको छ।  प्रतिवेदनमा भनिएको छ,'प्रशिक्षक अल्दुल्लाह अलमुताइरीले आफ्ना केही व्यवसायीक आचरणगत बानी व्यहोरामा सुधार गर्नुपर्ने देखिन्छ।' यसअघि परिषदले बोर्ड सदस्य पुनेन्द्रविक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय छानविन समिति गठन गरेको थियो। साउन तेस्रो सातादेखि काम सु...
देवेन्द्र तामाङले मच्छिन्द्रसँगको सम्झौता गरे नवीकरण

देवेन्द्र तामाङले मच्छिन्द्रसँगको सम्झौता गरे नवीकरण

खेलकुद
डिफेन्डर देवेन्द्र तामाङले यो सिजन पनि मच्छिन्द्र क्लबबाट खेल्ने भएका छन्।  उनले सम्झौता नवीकरण गरेको मच्छिन्द्रले बुधबार जनाएको छ। Advertisement तामाङ दुई सिजनअघि मच्छिन्द्रमा आबद्ध भएका थिए। त्यतिबेलामा मच्छिन्द्रले सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको थियो।  यसअघि हिजो मंगलबार डिफेन्डर रंजित धिमालले पनि मच्छिन्द्रसँगको सम्झौता नवीकरण गरेका थिए।  यसअघि सिजनका लागि मच्छिन्द्रले गोलकिपर विशाल श्रेष्ठ, रेजिन सुब्बा, सुजल श्रेष्ठसँग सम्झौता नवीकरण गरिसकेको छ। प्रशिक्षकमा प्रवेश कटुवालले पनि सम्झौता नवीकरण गरेका थिए। यो सिजनको ए डिभिजन लिग कात्तिक अन्तिम सातादेखि गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।  यसअघि असोजमा गर्ने भनिए पनि एन्फाले झन्डै दुई महिना लिग सारेको हो।  ...
नेपाललाई एसियन युथ बक्सिङमा ऐतिहासिक तीन पदक

नेपाललाई एसियन युथ बक्सिङमा ऐतिहासिक तीन पदक

खेलकुद
नेपालले युनाइटेड अरब इमिरेटस् (युएई) मा जारी एएसबिसी एसियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा तीन कास्य पदक प्राप्त गरेको छ। कास्य पदक प्राप्त गर्नेमा दुई महिला र एक पुरुष खेलाडी छन्।  छिरिङ वाङ्दी शेर्पाले पुरुष ५४ किलोमा कास्य पदक प्राप्त गरे। उनले सेमिफाइनलमा कजाकिस्तानका एडाइबेक नियाजबेसित पराजित भए। Advertisement यसअघि उनले कुवेतका मोहम्मद अलिनेजीलाई हराउँदै कास्य पदक पक्का गरेका थिए। जुनियर इभेन्टतर्फ शेर्पाले कुवेतका मोहम्मदलाई ५–० अंकले पराजित गरेका थिए।  नेपाली टोलीका साथमा रहेका ओलम्पियन एवं प्रशिक्षक डम्बरदत्त भट्टका अनुसार जुनियरतर्फ महिला ५२ किलोमा नेपालकी स्वस्तिका तिरुवा र महिला ५७ किलोमा नारिका राईले पनि कास्य पदक प्राप्त गरे। प्रतियोगितामा नेपालबाट शेर्पा, तिरुवा र राईसँगै पुरुषतर्फ ६० किलो तौलमा इन्द्रबहादुर सुनार, ...
राष्ट्रिय टिमबाट अभिषेकसहित तीन खेलाडी बाहिरिए

राष्ट्रिय टिमबाट अभिषेकसहित तीन खेलाडी बाहिरिए

खेलकुद
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राष्ट्रिय टिमलाई २५ खेलाडीमा झारेका छन्। पछिल्लो पटक नेपाली टिमबाट तीन जना खेलाडी बाहिरिएका छन्।  गोलकिपर अर्पण कार्की, फरवार्ड अभिषेक रिजाल र शिशिर लेखी टिमबाट बाहिरिएका हुन्। Advertisement नेपाली राष्ट्रिय टिम हाल पोखरामा बन्द प्रशिक्षणमा छ। नेपाली टिमले भारतसँगको दुई मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसीपको तयारी गरिरहेको छ।  नेपालले दशरथ रंगशालामा भारतसँग आगामी भदौ १७ र २० गते मैत्रीपूर्ण खेल खेल्नेछ। तेह्रौं संस्करणको दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) आगामी असोज १५ देखि २७ गतेसम्म माल्दिभ्समा हुने तय भएको छ। नेपाली टिमकिरणकुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, सुमन अर्याल, दिनेश राजंवशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज जिउ ठकुरी...
त्रिकोणात्मक सिरिज खेल्न नेपाली क्रिकेट टिम ओमानतर्फ

त्रिकोणात्मक सिरिज खेल्न नेपाली क्रिकेट टिम ओमानतर्फ

खेलकुद
ओमान र अमेरिकासितको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्न नेपाली टोली ओमान प्रस्थान गरेको छ। १७ खेलाडीसहित २२ सदस्यीय टिम त्रिभुवन विमानस्थलबाट सलाम एयरबाट ओमानका लागि उडेको हो। ज्ञानेन्द्र मल्लको कप्तानीमा गुल्शन झा, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनाश बोहरा, रोहितकुमार पौडेल, सुशन भारी, शरद भेषवाकर र विक्रम सोव सिरिज खेल्न ओमान गएको हो।  यस्तै टोलीमा मुख्य प्रशिक्षक डेभ वाटमोर, व्यवस्थापक मोहम्मद दाउद अन्सारी, टेक्निकल एनालिस्ट रमन शिवाकोटी, फिजियो विक्रम न्यौपाने र ट्रेनर राकेश काशिभाइ गोहित छन्। Advertisement ओमान सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म सञ्चालन हुनेछ। त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई-दुई ख...
इपिएल खेल्ने नेपाली खेलाडीको तलब २० प्रतिशत बढ्यो

इपिएल खेल्ने नेपाली खेलाडीको तलब २० प्रतिशत बढ्यो

खेलकुद
बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने नेपाली खेलाडीको तलब २० प्रतिशत बढेको छ।  इपिएलले सिजन २०२१ का लागि खेलाडीको तलब बढाउन फ्रेन्चाइज टिमसँग सहमती भएको जनाएको छ।  Advertisement चौंथो संस्करणको इपिएल क्रिकेट आगामी असोज ९ देखि असोज २३ गतेसम्म सञ्चालन हुने तय छ।  प्रतियोगितामा विभिन्न ६ शहरका फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन्। जसमा साविक विजेता ललितपुर प्याट्रीयट्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स रहेका छन्। चौथो संस्करण विश्वको १५० देशमा प्रत्यक्ष प्रशारण हुनेछ भने लिगमा शाहिद अफ्रिदी, शोयब मलिक, कार्लोस ब्राथवेट जस्ता खेलाडीहरु पनि खेल्ने हुँदा लिगको लोकप्रियता बढ्ने विश्वास आयोजकले लिएको छ।  अफ्रिदी काठमाडौँ किंग्स-११...