२०८२ माघ १८

खेलकुद

काठमाडौं र विराटनगरको खेल स्थगित

काठमाडौं र विराटनगरको खेल स्थगित

खेलकुद
राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करण अन्तर्गत सोमबार काठमाडौं किंग्स इलेभेन र विराटनगर वारियर्सबीचको खेल मैदान भिजेकाले स्थगित भएको छ । Advertisement निर्धारित समयभन्दा २ घण्टासम्म पनि सुरू हुन मैदान तयार नभएपछि रेफ्रीले खेल स्थगित गरेका हुन्। सामान्यतया खेल सम्भव नहुँदा अंक बाँड्ने भए पनि आयोजकले खेल अर्को दिन खेल गर्ने भएको छ। आइतबार वर्षाको कारण आउटफिल्ड असिलोको (भिजेको) कारण खेल सुरुहुन ढिलो भएको हो । सोमबार बिहान टियु मैदानमा बिहानैदेखि घाम लागे पनि आइतबार भारी वर्षाको कारण प्रभावित हुन पुगेको हो । आज हुने दोस्रो खेलमा भैरहवा ग्ल्याडीयटर्स र चितवन टाइगर्स खेल्नेछन् । उक्त खेलका लागि भने मैदान तयार हुने सम्भावना छ । ...
त्रिवि मैदानलाई राष्ट्रियदेखि अन्तर्राष्ट्रिय खेलको भार, मैदान अभावमै पर्याप्त अभ्यास गर्न पाउँदैनन् क्रिकेटर

त्रिवि मैदानलाई राष्ट्रियदेखि अन्तर्राष्ट्रिय खेलको भार, मैदान अभावमै पर्याप्त अभ्यास गर्न पाउँदैनन् क्रिकेटर

खेलकुद
नेपालमा अन्तर्राष्ट्रिय स्तरको खेल हुने एक मात्र क्रिकेट मैदान कीर्तिपुस्थित त्रिवि मैदान  हो।   सन् १९९८ देखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा थालेको यो मैदानमा अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय खेलहरू संचालन हुन्छन्।  यो बाहेक अर्को अन्तर्राष्ट्रिय स्तरको खेल मैदान ‍हुन नसक्दा नेपाली खेलाडीहरूले चाहेजति अभ्यास गर्न सकेका छैनन्।  Advertisement एउटा मात्र अन्तर्राष्ट्रिय स्तरको रंगशालाका कारण नेपाली खेलाडीहरुलाई विदेशमा गएर खेल्न पनि सकस परिरहेको खेलाडीहरूले नै बेलाबेला बताउने गरेका छन्।  नेपाली खेलाडीहरूलाई सिकाउन आएका विदेशी प्रशिक्षकहरू पनि नेपालले अन्तर्राष्ट्रिय स्तरको खेल मैदान तयार पार्न सके नेपालको क्रिकेट स्तरमा उल्लेखनीय परिवर्तन हुने दाबी गरिरहेका छन्।  अहिले नेपाल टी–२० वरियतामा विश्वमा १३ औँ स्थानम...
अमेरिकाले नेपाललाई दियो २३१ रनको लक्ष्य

अमेरिकाले नेपाललाई दियो २३१ रनको लक्ष्य

खेलकुद
आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाले नेपाललाई २३१ रनको लक्ष्य दिएको छ। ओमानको अल अमिरत क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ ‍गरेको अमेरिकाले ९ विकेटको क्षतिमा २३० रन जोड्यो। अमेरिकाका लागि विकेटकिपर ब्याट्सम्यान मोनांक पटेलले शतक प्रहार गरे। उनी शतक प्रहार गरे लगत्तै आउट भएका थिए। Advertisement ४७औं ओभरमा विक्रम शोवको बलमा कुशल भुर्तेलबाट क्याच हुनुअघि उनले ११४ बलमा ९ चौका र १ छक्का प्रहार गरे। ओपनरद्वय स्टेभिन टेलर र सुशान्त मोदानीले क्रमश: १४ रन र १६ रन जोडे। निषर्ग पटेलले २१ रन जोडे भने केन्जिगे १३ रनमा आउट भए। सुसन भारीले जसकरण मलहोत्रालाई ११ रन र संजय कृष्णमूर्तीलाई १३ रनमा आउट गरे। करिमा गोरे १६ रनमा रनआउट भए। उनलाई सन्दीप लामिछानेले रनआउटको सिकार बनाए। बलिङ नेपालका सन्दीप लामिछाने, विक्रम शोव र सुसन भारीले २-२ विकेट...
अमेरिकाविरूद्ध नेपालले टस हारेर पहिले फिल्डिङ गर्ने

अमेरिकाविरूद्ध नेपालले टस हारेर पहिले फिल्डिङ गर्ने

खेलकुद
ओमानमा आजबाट सुरू आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग खेल्दैछ।  Advertisement ओमानस्थित अल अमारत क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले फिल्डिङ गर्ने भएको छ ।   अमेरिका विरूद्ध नेपाली टिममा पीएनजीसँगको यसअघि खेलेको टोलीनै उतारिने भएको छ।  लिग टु अन्तर्गत नेपालमा भएको खेलमा नेपालले अमेरिकामाथि दुवै खेलमा जित निकालेको थियो। अमेरिकालाई एक खेलमा नेपालले ३५ रनमा नै समेटेको थियो । उक्त खेल नेपालले ५.२ ओभरमा  दुई विकेट गुमाएर जितेको थियो। अर्को खेलमा नेपालले दिएको १९१ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिका १५५ रनमै समेटियो ।  नेपाली टोलीज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, कुशल मल्ल, सुशान भारी, विक्रम...
सन्दीपले करिअरकै उत्कृष्ट बलिङ गरेपछि पिएनजीमाथि नेपालको सानदार जित

सन्दीपले करिअरकै उत्कृष्ट बलिङ गरेपछि पिएनजीमाथि नेपालको सानदार जित

खेलकुद
पपुवा न्युगिनी (पिएनजी) विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल १५१ रनको फराकिलो अन्तरले विजयी भएको छ। यसअघि पहिलो खेल २ विकेटले जितेको नेपालले सिरिज २-० ले आफ्नो पक्षमा परेको छ।  ओमानमा भएको खेलमा नेपालले दिएको २३४ रनको लक्ष्य पछ्याएको पिएनजी १९.१ ओभरमा ८२ रनमै अलआउट भयो। पिएनजीको इनिङ्ग्स ध्वस्त पार्न क्रममा नेपालका स्टार लेगस्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे। उनले एकदिवसीय खेलमा करिअरकै उत्कृष्ट बलिङ गर्ने क्रममा ६ विकेट लिन सफल भए। उनले ५.१ ओभरमा केवल ११ रन मात्र खर्चिए।  Advertisement यसअघि सन्दीपको एकदिवसीय खेलमा उत्कृष्ट बलिङ ६ विकेट लिएर १६ रन खर्चिनु थियो। पिएनजीविरुद्ध नेपालका सन्दीपबाहेक सोमपाल कामी, विक्रम शोव र सुसन भारीले एक एक विकेट लिएन सफल भए। पिएनजीका लागि ओपनर टोनी उराले सबैभन्दा बढी १...
भारतसँग नेपाल २-१ले पराजित

भारतसँग नेपाल २-१ले पराजित

खेलकुद
भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ। आइतबार साँझ दशरथ रंगशालामा भएको खेलमा भारतले नेपालमाथि २–१ गोलको जित निकालेको हो।  भारतको जितमा फारूख चौरधी र कप्तानी सुनिल क्षेत्रीले एक एक गोल गरे। नेपालका लागि तेज तामाङले गोल फर्काए। दोस्रो हाफमा मैदान छिरेका चौधरीले खेलको ६२ मिनेटमा गोल गरेका थिए। डिबक्सभित्र अनमार्क रहेका उनले सटिक फिनिसिङ गरेका थिए। Advertisement ८० मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीले अग्रता दोब्बर पारे। काउन्टर आक्रमणमा उनले सहज रूपमा गोल गरेका थिए।  नेपालका लागि तेजले  खेल सकिन तीन मिनेट बाँकी छँदा गोल  फर्काए। उनले ८७ मिनेटमा डिबक्स बाहिरबाट सुन्दर गोल गरेका हुन्। खेलमा नेपालले पटक पटक गोल गर्ने अवसर खेर फालेको थियो। दुवै हाफमा मनिष डाँगीले गोल गर्न सकेनन्। पहिलो हाफमा डाँगीले ड...
नेपाली महिला टिमले यो साता दशरथ रंगशालामा दुई वटा मैत्रीपूर्ण खेल खेल्ने

नेपाली महिला टिमले यो साता दशरथ रंगशालामा दुई वटा मैत्रीपूर्ण खेल खेल्ने

खेलकुद
नेपाली महिला फुटबल टिमले बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ।  खेल आगामी भदौ २४ र २७ गते दशरथ रंगशालामा हुने अखिल  नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।  Advertisement दशरथ रंगशालामा खेल हेर्न चाहने दर्शकलाई प्रवेश दिइनेछ। जसमा साधारण प्याराफिटको टिकट मूल्य २ सय र भिआइपीतर्फको ५ सय रुपैयाँ मूल्य तोकिएको छ। टिकट प्रभु पेबाट काट्न सकिनेछ।  खेलका लागि बंगलादेशको टिम भोलि बिहान काठमाडौं आइपुग्नेछ।  नेपाली टिम अहिले २०२२ एएफसी वुमेन्स एसियन कपको छनोटको तयारी गरिरहेको छ।  छनोट प्रतियोगिता आगामी महिना उज्वेकिस्तानमा हुँदैछ। छनोटमा नेपालले फिलिपिन्स र हङकङसँग खेल्नेछ।  नेपालले पहिलो खेल फिलिपिन्ससँग असोज २ र हङकङसँग असोज ५ गते खेल्नेछ। तीन टिममध्ये शीर्ष टिम भारतमा हुने एसियन कपमा छनोट हुनेछ।  ‍नेपाल...
रोमान्चक खेलमा बंगलादेशले न्युजिल्यान्डलाई हरायो, शृंखलामा २-० को अग्रता

रोमान्चक खेलमा बंगलादेशले न्युजिल्यान्डलाई हरायो, शृंखलामा २-० को अग्रता

खेलकुद
न्युजिल्यान्डलाई ४ रनले हराउँदै बंगलादेशले पाँच खेलको टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा २-० को अग्रता लिएको छ। शेरे बांग्ला नेसनल स्टेडियम ढाकामा भएको खेलमा बंगलादेशले दिएको १४२ रनको लक्ष्य पछ्याएको पाहुना टोली न्यूजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो। Advertisement उसका लागि कप्तान टम लाथमले अविजित ६७ रन बनाउँदा विल योंगले २२ तथा ल म्याककोन्चीले १५ रन बनाए। यस्तै राचिन रविन्द्रले १० रन बनाउँदा बाँकी खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्। अन्तिम २ ओभरमा जितको लागि न्युजिल्यान्डलाई २८ रन आवस्यक रहँदा मोहम्मद सैफुद्दीनले १९ औं ओभरमा मात्र ८ रन खर्चिए। त्यसपछि अन्तिम ओभरमा २० रन आवस्यक रह्यो। अन्तिम ओभरमा मुस्तफिजुर रहमानले पहिलो ४ बलमा ७ रन मात्र खर्चिए पछि अन्तिम २ बलमा जित्न १३ रन आवस्यक रह्यो। सो अवस्थामा मुस्...
इटालीले बराबरी गर्‍यो ब्राजिल र स्पेनको कीर्तिमान

इटालीले बराबरी गर्‍यो ब्राजिल र स्पेनको कीर्तिमान

खेलकुद
इटालीयन राष्ट्रिय फुटबल टिमले अपराजित खेल संख्या ३५ खेलसम्म लम्बाएको छ। विश्वकप छनोटअन्तर्गत बिहीबार राति बुल्गेरियासँग १-१ गोलको बराबरीमा रोकिएको इटालीले अपराजित खेल संख्या ३५ पुर्‍याउंँदै नयाँ कीर्तिमान पनि बनाएको छ। Advertisement इटालीले स्पेन र ब्राजिलको कीर्तिमानसँग बराबरी गरेको हो। यसअघि ब्राजिल सन् १९९३ देखि १९९६ को बीचमा ३५ खेलसम्म अपराजित भएको थियो।  पछि स्पेनले ब्राजिलको कीर्तिमान बराबरी गरेको थियो। ब्राजिलको कीर्तिमान बराबरी गर्ने क्रममा स्पेन २००७ देखि २००९ को बीचमा खेलेका ३५ खेलमा पराजित भएन।  यसअघि इटालीले युरो कपको फाइनलमा इंग्ल्यान्डलाई हराउँदै उपाधि जित्ने क्रममा अपराजित खेल संख्या ३४ मा पुर्‍याएको थियो।  इटालीले सेप्टेम्बर २०१८ मा पोर्चुगलसँग पराजय भोगेपछि खेलेका ३५ अन्तर्राष्ट्रिय खेलमा हारेको छैन...
रोनाल्डोले म्यानचेस्टरमा ७ नम्बरको जर्सी लगाउने

रोनाल्डोले म्यानचेस्टरमा ७ नम्बरको जर्सी लगाउने

खेलकुद
क्रिस्टियानो रोनाल्डोले इंग्लिस प्रिमियर लिग सिजन २०२१-२२ मा ७ नम्बरको जर्सी लगाउने म्यानचेस्टर युनाइटेडले पुष्टि गरेको छ।  युनाइटेडमा यसअघि ७ नम्बरको जर्सी इडिन्सन काभानीले लगाउने गर्थे। काभानीले अब २१ नम्बरको जर्सी लगाउनेछन्।  काभानीले राष्ट्रिय टिममा पनि २१ नम्बरकै जर्सी लगाउने गर्छन्।  Advertisement यसअघि रोनाल्डो इटालियन क्लब युभेन्ट्सबाट म्यानचेस्टर युनाइटेमा २ वर्षका लागि आबद्ध भएका थिए। पाँच पटकका बालन डि’ओर विजेता रोनाल्डो १२ वर्षपछि युनाइटेड फर्किएका हुन्। उनी सन् २००९ मा युनाइटेडबाट स्पेनिस क्लब रियल म्याड्रिडमा आबद्ध भएका थिए।  उनले युनाइटेडका लागि २९२ खेल खेल्दै ११८ गोल गरेका थिए। उनी तीन वर्षअघि युभेन्ट्समा आबद्ध भएका थिए। रियलबाट उनी ९९.२ मिलियन पाउन्डमा युभेन्ट्समा आबद्ध भएका थिए।  त्यतिबेला उ...