२०८१ बैशाख १८

विश्वकप छनोट : स्पेनको २८ वर्षपछि हार, इंग्ल्यान्ड र बेल्जियमको सानदार जित

फिफा विश्वकप २०२२ अन्तर्गत युरोपियन छनोटमा स्पेन पराजित भएको छ।

स्पेनलाई बिहीबार राति भएको खेलमा स्विडेनले २-१ गोलले पराजित गर्‍यो।

स्पेन विश्वकप छनोटमा सन् १९९३ पछि पहिलो पटक पराजित भयो।


Advertisement


मार्च १९९३ मा डेनमार्कसँग पराजित भए यता स्पेनले विश्वकप छनोटमा ५२ खेल जित्दा १४ बराबरी खेलेको थियो।

बिहीबार भएको समूह ‘बी’ को खेलमा स्पेनका लागि सोलेरले चौथो मिनेटमा पहिलो गोल गरे।

स्विडेनका लागि इसाकले पाँचौ मिनेटमै नै बराबरी गोल फर्काए। ५७ मिनेटमा क्लासनले गोल गरेसँगै स्विडेन विजयी भयो।

समूहमा स्विडेन लगातार तीन जितसँगै शीर्ष स्थानमा छ।

यता इंग्ल्यान्डले हंगेरीलाई ४-० गोलले पराजित गर्‍यो। समूह ‘आई’ को खेलमा इंग्ल्यान्डका लागि स्टर्लिङले ५५, केनले ६३, माग्युरले ६९ र राइसले ८७ मिनेटमा गोल गरे। 

बेल्जियमले समूह ‘ई’ को खेलमा इस्टोनियालाई ५-२ ले हरायो। बेल्जियमको जितमा लुकाकुले दुई गोल गर्दा भानाकेन, विस्टेल र फोकेटले एक एक गोल गरे। 

जर्मनीले लेचेस्टाइनलाई २-० गोलले पराजित गर्दा इटाली र बुल्गेरियाले १-१ गोलको बराबरी खेलेका छन्।

Copy link
Powered by Social Snap