२०८१ बैशाख २६

पाँचौ पटक एएफसी यू-२३ एसियन कप छनोट खेल्दै नेपाल

एएफसी यू–२३ एसियन कप छनोट खेल्ने नेपाली यू–२३ राष्ट्रिय फुटबल टिम भोलि ताजकिस्तान प्रस्थान गर्दैछ। 

सोमबार दशरथ रंगशालामा अन्तिम तयारी गरेको नेपाली टिमले बलिया टिमसँग राम्रो प्रदर्शन गरेर अघिल्लो चरणमा स्थान बनाउने लक्ष्य लिएको छ। 


Advertisement


उज्वेकिस्तानमा सन् २०२२ मा आयोजना प्रतियोगिताको छनोटका लागि सिनियर राष्ट्रिय टिममा अटाएका मनिष डाँगी, सुमन अर्याल, आयुष घलानलाई समेट्दै मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले २३ सदस्सीय नेपाली टिमको घोषणा गरेका छन्। 

फिफा वरीयतामा नेपाल भन्दा माथि रहेका टिमसँग नेपालले छनोट खेल्दै छ।

प्रशिक्षक बालगोपाल महर्जनले छोटो तयारीका बावजुत पनि नेपालले बलिया टिमसँग राम्रो नतिजाका लागि खेल्ने बताए।

प्रशिक्षक महर्जनले भनेजस्तै नेपाली टिमका गोलकिपर अपर्ण कार्कीले युवा खेलाडीमा जोश भएकाले बलिया देशविरुद्ध राम्रो नजिताका लागि खेल्ने प्रतिक्रिया दिए। यस्तै स्ट्राइकर अभिषेक रिजालले बलियो टिमविरुद्ध शतप्रतिशत दिएर खेल्ने बताए।

छनोटमा नेपाल समूह ‘बी’मा छ। यो समूहमा नेपालसँगै इरान, लेवनान र ताजकिस्तान छन्। ताजिकिस्तानमा हुने छनोट खेल आगामी अक्टोबर २३ देखि ३१ सम्म हुनेछ। 

नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ। यस्तै दोस्रो खेलमा आयोजक ताजिकिस्तानसँग अक्टोबर २८ मा प्रतिस्पर्धा गर्दा अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा हुनेछ। 

छनोटको ११ समूहबाट १५ टिम सन् २०२२ मा उज्वेकिस्तानमा हुने एएफसी यु-२३ प्रतियोगितामा छनोट हुनेछन्। 

उज्वेकिस्तान आयोजकको रुपमा स्वत: छनोट भएको प्रतियोगितामा १६ टिम भिड्नेछन्।

छनोटबाट ११ समूहका विजेता र समूहमा दोस्रो हुने उत्कृष्ट ४ टिम एएफसी यु-२३ छनोट प्रतियोगितामा पुग्नेछन्।

नेपालले पाँचौ पटक यु-२३ छनोट खेल्न लागेको हो। यसअघिका चार छनोटमा नेपाल असफल भएको थियो।

Copy link
Powered by Social Snap