२०८१ बैशाख ६

टी-२० विश्वकपमा श्रीलंकाको विजयी सुरुवात

टी-२० विश्वकप २०२१ मा श्रीलंकाले विजयी सुरुवात गरेको छ।


Advertisement


श्रीलंकाले सोमबार राति सकिएको खेलमा नामिबियालाई ७ विकेटले हरायो।

पहिले ब्याटिङ गरेको नामिबिया ३ बल खेल्न बाँकी छदा ९६ रनमा अलआउट भयो।

उसका लागि क्राग विलयम्सले सबैभन्दा बढि २९ रन जोडे।

बलिङमा श्रीलंकाका महीन थीक्षणाले ३ विकेट लिए।

९७ रनको लक्ष्य श्रीलंकाले १३.३ औभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो।

उसका लागि अभिस्का फर्नान्डोले नटआउट ३० रन र भानुका राजापाक्षाले नटआउट ४२ रन जोडे।
 

Copy link
Powered by Social Snap