२०८१ बैशाख १४

विश्वकप छनोट : इंग्ल्यान्ड, पोल्यान्ड र डेनमार्कको फराकिलो जित

फिफा विश्वकप २०२२ अन्तर्गत युरोपियन छनोटमा इंग्ल्यान्डले सहज जित हात पारेको छ। इंग्ल्यान्डले अन्डोरालाई ५-० गोलले हरायो।


Advertisement


इंग्ल्यान्डका चिलवेलले १७, साकाले ४०, अब्राहमले ५९, वार्ड प्रोसले ७९ र ग्रेलिसले ८६ मिनेटमा गोल गरेका थिए।

जितसँगै समूह ‘आई’ को शीर्ष स्थानमा रहेको इंग्ल्यान्डले ७ खेलबाट १९ अंक जोडेको छ। दोस्रो स्थानको अल्बानियाको १५ अंक छ।

 पोल्यान्ड १४ अंक जोडेर तेस्रो स्थानमा छ। पोल्यान्डले शनिबार राति भएको खेलमा सान मारियोलाई ५-० गोलले हरायो।

यता समूह ‘एफ’ को खेलमा डेनमार्कले माल्डोभालाई ४-० गोलले पराजित गरेको छ। जितसँगै समूहको शीर्ष स्थानमा रहेको डेनमार्कले २१ अंक जोडेको छ। 

यो समूहमा स्कटल्यान्ड १४ अंक जोड्दै दोस्रो स्थानमा छ। स्कटल्यान्डले शनिबार इजरायललाई ३-२ गोलले हरायो। 

Copy link
Powered by Social Snap