२०८१ बैशाख ७

आईपीएलको उपाधिका लागि चेन्नई र कोलकाता भिड्ने

काठमाडौँ — कोलकाता नाइटराइडर्स इन्डियन प्रिमियर लिग २०२१ को फाइनलमा पुगेको छ ।


Advertisement


बुधबार दिल्ली क्यापिटल्सलाई हराउँदै कोलकाता यस संस्करणको फाइनलमा पुगेको हो ।

दिल्लीले दिएको १३६ रनको लक्ष्य कोलकाताले एक बल बाँकी रहँदा ७ विकेट गुमाएर पूरा गरेको हो ।

त्यसअघि दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३५ रन बनाएको थियो ।

फाइनलमा कोलकाताले चेन्नई सुपर किंग्सको सामना गर्ने भएको छ । यसअघि दिल्लीलाई नै हराउँदै महेन्द्रसिंह धोनीको टिम चेन्नई आईपीएलको फाइनलमा पुगिसकेको छ । फाइनल खेल दुबईमा शुक्रबार साँझ ७:४५ मा सुरु हुनेछ ।

Copy link
Powered by Social Snap