२०८३ कार्तिक १२

आरसी ३२ बन्यो कर्णालीबाट सी डिभिजनमा छनोट हुने पहिलो क्लब

सुर्खेतको आरसी ३२ फुटबल एकेडेमी ‘रारा रेन्जर्स’ सी डिभिजनमा छनोट भएको छ।

आइतबार भएको सहिद स्मारक सी डिभिजन लिग छनोटको आफ्नो अन्तिम खेलमा जित हात पार्दै आरसी ३२ सी डिभिजनमा छनोट भएको हो।


Advertisement


आरसी ३२ एकेडेमी नेपाली राष्ट्रिय टिमका खेलाडी रोहित चन्द र उनका दाई रविन्द्र चन्दले सुर्खेतमा सञ्चालन गर्दै आइरहेको फुटबल एकेडेमी हो।

सी डिभिजनमा पुग्ने कर्णालीको पहिलो क्लब बनेको आरसी ३२ ले नकआउट चरणको आफ्नो पोलको अन्तिम खेलमा झापाको समाज सेवी क्लबलाई पेनाल्टी सुटआउटमा ५-३ ले पराजित गर्न सफल भयो।

आरसी ३२ का सबै पाँच खेलाडीले पेनाल्टी सुटआउटमा गोल गरेका थिए। समाज सेवीका खेलाडीको चौथो पेनाल्टीलाई आरसी ३२ का खेलाडीले रोकेका थिए। 

त्यसअघि निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकियो।

खेलको १२ मिनेटमा बबिन बोहराको गोलबाट आरसी ३२ ले खेलमा अग्रता लियो। १९ मिनेटमा समाज सेवीका खगेन्द्र बयरकोटी बराबरी गोल गर्न सफल भए।

विवेक सन्तोषीले २९ मिनेटमा गोल गरेपछि आरसी ३२ ले खेलमा दोस्रो पटक बराबरी लिन सफल भयो। 

पहिलो हाफमा २-१ ले पछि परेको समाज सेवीले दोस्रो हाफ सुरु भएको ५ मिनेटमा बराबरी गोल गरेका  थिए। हरिबहादुर आलेमगर ५० मिनेटमा बराबरी गोल फर्काएका थिए।

तीन वटा क्लब सी डिभिजनमा पुग्ने प्रावधान अनुसार अर्को खेलमा काभ्रेको स्पोर्ट्स एकेडेमी साँगा र काठमाडौंको संयुक्त नमुना युथ क्लबबीच फाइनल भिडन्त भइरहेको छ। 

यस्तै अर्को पोलको फाइनलमा भोलि बाजुराको रानीबन स्पोर्ट्स क्लब र नुवाकोट एफसीबीच खेल हुनेछ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap