२०८१ बैशाख २४

फ्रेन्च लिग वान फुटबलमा पीएसजीको १० अंकको अग्रता

फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले १० अंकको अग्रता बनाएको छ। शुक्रबार राति लिललाई २-१ गोल अन्तरले हराउँदै पीएसजीले लिगमा १० अंकको अग्रता बनाएको हो।


Advertisement


१२ औं खेलमा १० जित निकाल्ने क्रममा पीएसजीले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो।

खेलको ३१ औं मिनेटमा जोनाथन डेभिडले गोल गर्दै लिललाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफसम्म १-० गोलले पछि परेको पीएसजीका लागि ७४ औं मिनेटमा मार्क्विन्होसले गोल गर्दै १-१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलमा अन्तिम २ मिनेट बाँकी हुँदा एन्जल डी मारियाले गोल गर्दै पीएसजीलाई २-१ को सानदार जित दिलाए ।

यस जितसँगै पीएसजीले १२ खेलमा ३१ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको लेन्स १ खेल कम खेल्दै २१ अंक पुर्‍याएको छ। पीएसजीसँग गएराति पराजित लिल १५ अंक जोडेर तालिकाको ११ औं स्थानमा रहेको छ।

Copy link
Powered by Social Snap