२०८१ बैशाख १५

एएफसी यु–२३ एसियन कप छनोटमा नेपालको यात्रा समूहचरणमै टुङ्गियो

घरेलु टोली ताजाकिस्तानसँग ६–० ले पराजित भएसँगै नेपालको एएफसी यु–२३ एसियन कप छनोट यात्रा समूहचरणमा सीमित बनेको छ ।

समूह ‘बी’ अन्तर्गतको खेलमा बिहीबार नेपाल आयोजक ताजिकिस्तानसँग ६–० ले पराजित भएसँगै नेपालको अघिल्लो चरणको यात्रा समाप्त भएको हो। 


Advertisement


खेलको सुरुआतबाटै ताजिकिस्तानको दबाबमा खेलेको नेपालले पहिलो हाफमा ३ र दोस्रो हाफमा थप ३ गोल खाएको थियो। 

समूह ‘बी’ मा लगातार दोस्रो हारपछि नेपालको छनोट चरण पार गर्ने लक्ष्यमा पूर्णविराम लागेको हो। यता नेपालमाथिको जितपछि ताजिकिस्तानले शीर्ष स्थानमा बस्दै आगामी वर्ष उज्वेकिस्तानमा आयोजना हुने एएफसी यु–२३ एसियन कपमा छनोट हुने सम्भावना प्रबल बनाएको छ। 

दुई खेलमा ६ अंक जोडेको ताजिकिस्तान शीर्ष स्थानमा छ भने समान खेलमा समान ६ अंक जोडेको इरान गोलअन्तरमा पछि पर्दै दोस्रो स्थानमा छ। नेपाल र लेबनान लगातार दोस्रो खेलमा पराजित भए।

यसअघि सोमबार भएको पहलो खेलमा नेपालले इरानलाई ४–० को नतिजा सुम्पिएको थियो भने लेबनानले ताजिकिस्तानलाई १–० को नतिजा सुम्पिएको थियो। बिहीबार भएको पहिलो खेलमा इरानले लेबनानलाई २–० ले हराएको थियो । 

११ समूह रहेको छनोटचरणबाट प्रत्येक समूहको समूह विजेता र चार उत्कृष्ट उपविजेता सन् २०२२ मा उज्वेकिस्तानमा हुने एएफसी यु २३ एसिया कपका लागि छनोट हुनेछन्। नेपालले अन्तिम खेलमा आइतबार लेबनानको सामना गर्नेछ।

Copy link
Powered by Social Snap