२०८१ बैशाख १५

रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टरको जित, लिभरपुर बराबरीमा, सिटी हार्‍यो

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले टोटेनहमलाई ३-० गोलले पराजित गरेको छ।

शनिबार राति भएको खेलमा युनाइटेडका लागि क्रिस्टियानो रोनाल्डोले एक गोल गर्दा अर्को गोलका लागि पास मिलाइदिए।


Advertisement


रोनाल्डोले ३९ मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा गोल गरेका थिए। ६४ मिनेटमा रोनाल्डोको पासमा काभानीले टिमको अग्रता दोब्बर पारे। युनाइटेडका लगि रास्फोर्डले ८६ मिनेटमा तेस्रो गोल गरेका थिए।

अर्को खेलमा लिभरपुललाई ब्राइटनले २-२ को बराबरीमा रोकेको छ। खेलको चौथो मिनेटमा हेन्डर्सन र २४ मिनेटमा मानेले गोल गर्दै लिभरपुरलाई २-० ले अघि बढाएका थिए। ब्राइटनका लगि एमवेपुले ४१ र ट्रोस्सार्डले ६५ मिनेटमा गोल गरे। 

म्यानचेस्टर सिटीलाई क्रिस्टल प्यालेसले २-० ले हरायो। प्यालेसको जितमा जाहाले छैटौं र गालाघेरले ८८ मिनेटमा गोल गरे। त्यसअघि पहिलो हाफको इन्जुरी टाइममा लापोर्टेले रातो कार्ड पाउँदा सिटी १० खेलाडीमा सीमित बनेको थियो।


लेस्टर सिटीमाथि आर्सनलले २-० को जित हात पार्न सफल भयो। आर्सनलका लागि ग्राबियलले छैटौं र स्मिथ रोविले १८ मिनेटमा गोल गरे। 

चेल्सीले न्युकासललाई ३-० गोलले हरायो। चेल्सीका लागि जेम्सले ६५ र ७७ मिनेटमा गरी दुई गोल गरे। जोर्गिन्होले ८१ मिनेटमा पेनाल्टीबाट तेस्रो गोल गर्न सफल भए। 

प्रिमियर लिगको अंक तालिकामा चेल्सी १० खेलबाट २५ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको लिभरपुलको २२, तेस्रो स्थानको म्यानचेस्टर सिटीको २०, चौथो स्थानको वेस्ट ह्यामको १७, चौथो स्थानको म्यानचेस्टर युनाइटेडको पनि १७ र छैटौं स्थानको आर्सनलको पनि १७ अंक नै छ।

Copy link
Powered by Social Snap