२०८३ आश्विन १६

खेलकुद

स्टर्लिङ र गेलको विस्फोटक ब्याटिङले टी-१० लिगमा अबुधाबीको विजयी सुरूआत

स्टर्लिङ र गेलको विस्फोटक ब्याटिङले टी-१० लिगमा अबुधाबीको विजयी सुरूआत

खेलकुद
पल स्टरलिङ र क्रिस गेलको विस्फोटक ब्याटिङमा युएईमा शुक्रबारबाट सुरू भएको टी-टेन लिगमा टिम आबुधाबीले विजयी सुरुवात गरेको छ। शेखजायद रंगशालामा आबुधाबीमा भएको खेलमा बंग्ला टाइगर्सलाई ४० रनले हराउँदै विजयी सुरूआत गरेको हो। Advertisement टिम आबुधाबीले दिएको १४६ रनको लक्ष्य पछ्याएको टाइगर्सले १० ओभरमा ८ विकेट गुमाउँदै १०५ रन मात्र बनाउन सक्यो। टाइगर्सको लागि आन्द्रे फ्लेचरले ८ बलमा २४, हज्रतुल्लाह जजाईले ११ बलमा १८ रन बनाए। बेनी होवेल र इसुरु उडानाले समान १५-१५ रन जोडे। बाँकी खेलाडीले दोहोरो रन जोड्न सकेनन्। टिम अबुधाबीका दायाँ हाते पेसर मर्चान्ट डी लांगेले सर्वाधिक ५ विकेट लिए। २ ओभरमा २३ रन खर्चिएका दक्षिण अफ्रिकी बलर लांगे प्रभिन ताम्बेपछि टी-१० फर्म्याटमा एकै इनिंग्समा ५ विकेट लिने दोस्रो बलर बने। कप्तान लियाम लिभिंगस्टोन, जेमी ओभरटन र ड्यानि ब्रि...
महिला सहकर्मीलाई अश्लिल सन्देश पठाएको आरोपपछि पेनले दिए अस्ट्रेलियाको टेस्ट कप्तानबाट राजीनामा

महिला सहकर्मीलाई अश्लिल सन्देश पठाएको आरोपपछि पेनले दिए अस्ट्रेलियाको टेस्ट कप्तानबाट राजीनामा

खेलकुद
महिला सहकर्मीलाई अश्लिल सन्देश पठाएको आरोप लगेपछि टिम पेनले अस्ट्रेलियाको टेस्ट टिमको कप्तानबाट राजीनामा दिएका छन्। चार वर्षअघि क्रिकेट अस्ट्रेलियाका सहकर्मीलाई अश्लिल सन्देश पठाएको आरोप लागेपछि पेनमाथि अनुसन्धान थालिएको थियो। Advertisement आगामी डिसेम्बरमा हुने एसेज सिरिजअघि उनले कप्तानी त्याग्ने निर्णय  गरेका हुन्। ३६ वर्षीय पेनले एसेज सिरिज भने खेल्नेछन्।  उनले २०१७ मा अश्लिल सन्देश पठाएको आरोप छ। त्यतिबेला उनी  सात वर्षपछि अस्ट्रेलियाको टेस्ट टिममा परेका थिए।  क्रिकेट अस्ट्रेलिया र क्रिकेट तास्मानियाले पेनलाई आरोपको विषयमा स्पष्ट पार्नका लागि समय दिएका छन्। पेनले कप्तानबाट राजीनामा दिने निर्णय कठिन भएको बताउँदै चार वर्षअघि आफूले सहकर्मीलाई सन्देश पठाएको स्विकार गरेका छन्। साथै उनले अनुसन्धानमा सहयोग गर्ने बचन दिएका ...
कतारविरूद्धको टी-२० सिरिज ‘क्लिनस्विप’ गर्दै नेपालले रच्यो इतिहास

कतारविरूद्धको टी-२० सिरिज ‘क्लिनस्विप’ गर्दै नेपालले रच्यो इतिहास

खेलकुद
कतारविरूद्धको टी-२० अन्तर्राष्ट्रिय सिरिज नेपाली महिला टिमले ३-० ले क्लिनस्विप गरेको छ। बिहीबार भएको तेस्रो खेलमा कतारलाई १०९ रनले पराजित गर्दै नेपालले सिरिज क्लिनस्विप गरेको हो। यसअघि नेपालले लगातार दुई खेल जित्दै सिरिज कब्जा गरेको थियो। नेपाल पहिलो खेलमा ११९ रन र दोस्रो खेलमा ६१ रनले विजयी भएको थियो। Advertisement पहिलो अन्तर्राष्ट्रिय टी-२० सिरिज जितेको नेपाली महिला टिमले पहिलो सिरिज क्लिनस्विप गर्दै अर्को इतिहास रचेको छ।  बिहीबार दोहामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३ विकेटको क्षतिमा १६४ रन जोड्यो। नेपालका लागि सीता रानामगरले नटआउट ८२ रन जोडिन्। नेपालका लागि टी-२० मा सर्वाधिक रन बनाउने कीर्तिमान बनाएकी सीताले ७२ बलमा ७ चौका हिर्काइन्। ओपनर काजल श्रेष्ठ ७ रनमा आउट हुँदा ज्योती पाण्डेले २४ रन र डोली भट्टले १२ रनको य...
दक्षिण अमेरिकाबाट विश्वकपमा छनोट हुने अर्जेन्टिना दोस्रो टिम

दक्षिण अमेरिकाबाट विश्वकपमा छनोट हुने अर्जेन्टिना दोस्रो टिम

खेलकुद
अर्जेन्टिना फिफा विश्वकप २०२२ का लागि छनोट भएको छ। अर्जेन्टिना दक्षिण अमेरिकाबाट विश्वकपमा छनोट हुने दोस्रो टिम बन्यो। यसअघि ब्राजिलले यो क्षेत्रबाट विश्वकपमा स्थान पक्का गरिसकेको छ। Advertisement बुधबार विहान ब्राजिल र अर्जेन्टिनाबीच विश्वकप छनोटको खेलमा प्रतिस्पर्धा भएकोमा खेल गोलरहित बराबरीमा सकिएको थियो। यो खेलको नतिजापछि अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेको भने होइन। दक्षिण अमेरिका छनोटका अन्य खेलमा इक्वेइडर, पेरू र बोलिभियाले जित निकालेपछि अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेको थियो। https://twitter.com/FIFAWorldCup/status/1460802787596386308?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1460802787596386308%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.setopati.com%2F दक्षिण अमेरिकाबाट चार टिम विश्वकप सिधा छन...
उरूग्वे बोलिभियासँग स्तब्ध, विश्वकपमा छनोट हुने सम्भावना कमजोर

उरूग्वे बोलिभियासँग स्तब्ध, विश्वकपमा छनोट हुने सम्भावना कमजोर

खेलकुद
विश्वकप छनोटको बलियो दाबेदार उरूग्वे बोलिभियासँग ३-० गोल अन्तरमा पराजित भएको छ। आगामी वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपका लागि भएको दक्षिण अमेरिकी छनोटमा १० खेलाडीमा सिमित बोलिभियाले उरूग्वेमाथि सहज जित निकालेको हो। Advertisement बोलिभियालाई जिताउन जुवान कार्लोसले दुई गोल गर्दा मार्सेलो मोरेनोले एक गोल थपे । खेलको ३० औं मिनेटमा कार्लोसले गोल गर्दै बोलिभियालाई सुरूवाती अग्रता दिलाएका थिए। पहिलो हाफको अन्तिम मिनेटमा मोरेनोले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे। दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेको उरूग्वेले यद्यपी गोल गर्न भने सकेन। खेलको ७४ औं मिनेट कार्मेलोले रातो कार्ड पाएपछि बोलिभिया १० खेलाडीमा समेटिएको थियो। यसको प्रत्यक्ष फाइदा उरूग्वेले लिन सकेन। खेलको ७९ औं मिनेटमा कार्लोसले व्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल...
राष्ट्रिय खेलकुद परिषद्‌को निमित्त सदस्य सचिवमा विष्णुकुमार ढकाल

राष्ट्रिय खेलकुद परिषद्‌को निमित्त सदस्य सचिवमा विष्णुकुमार ढकाल

खेलकुद
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निमित्त सदस्य सचिवमा विष्णुकुमार ढकाल नियुक्त भएका छन्। Advertisement युवा तथा खेलकुद मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट ढकाललाई निमित्त सदस्य सचिवको जिम्मेवारी तोकिएको मन्त्रालयका निमित्त सचिव डा. कमलप्रसाद पोखरेलले जानकारी दिए।  युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा कात्तिक १६ गते (मंगलबार) बसेको मन्त्रिस्तरीय बैठकले खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा १२ बमोजिम मन्त्रालयका सहसचिव ढकाललाई राखेपको निमित्त सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको पोखरेलले बताए। उनलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त सदस्यसचिवको जिम्मेवारी दिइएको हो।  यसअघि सरकारले रमेशकुमार सिलवाललाई सदस्यसचिवबाट बर्खास्त गरेपछि सदस्यसचिव पद खाली छ।  ...
सम्झौता थपेपछि नेपाल फर्किएका अलमुताइरीका यस्ता छन् तीन वर्षका योजना

सम्झौता थपेपछि नेपाल फर्किएका अलमुताइरीका यस्ता छन् तीन वर्षका योजना

खेलकुद
साफ च्याम्पियनसिप २०२१ को फाइनलपछि नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी माल्दिभ्सबाटै कतार पुगेका थिए। कतार उड्नुअघि अलमुताइरीले अब नेपाल नफर्कने बताएका थिए। साथै उनले आफ्नो सम्झौता सकिएको भन्दै अन्तर्वार्ता दिएका थिए। यद्यपी अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले अलमुताइरीसँग अझै एक वर्ष सम्झौता बाँकी रहेको सार्वजनिक गरेका थिए। यो बीचमा अलमुताइरीलाई भेट्न एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा कतार पुगेका थिए।  Advertisement शेर्पा नेपाल फर्केपछि अलमुताइरीले आफ्नो फेसबुकमार्फत् नेपाली राष्ट्रिय टिमसँगको सम्झौता तीन वर्ष थप भएको सार्वजनिक गरेका थिए। यो विषयमा एन्फाले कुनै औपचारिक जानकारी भने गराएको थिएन। फेसबुकमा नेपाली टिमसँगको सम्झौता तीन वर्ष थप भएको लेखेपछि उनी नेपाल फर्किए। नेपाल फर्किएर खेलकुद मन्...
राजनीति छाड्न सक्छु, खेल शरीरले सकुन्जेल खेल्छु- कमल थापा

राजनीति छाड्न सक्छु, खेल शरीरले सकुन्जेल खेल्छु- कमल थापा

खेलकुद
राजनीतिको दौडधूपले दैनिक जीवन व्यस्त बनाए पनि कमल थापा खेलकुद भनेपछि मरिहत्ते गर्छन्। खेलकुदसँगको उनको नाता राजनीतिभन्दा पुरानो र गहिरो हो। परिस्थितिले राजनीतिमा प्रवेश गरेका थापा पुराना राष्ट्रिय फुटबल खेलाडी हुन्।  उनी नेपाली राष्ट्रिय टिमको खेल हेर्न समय छुट्याउँछन्। उमेर ६७ वर्ष लागिसक्यो, अझै केही खेलका प्रतिस्पर्धामा उत्रिन्छन्। प्रतियोगितामा भाग लिन देश-विदेश पुग्छन्। थापा यो साता टेनिस कोर्टमा उत्रिए। वीर गणेशमान गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको ५५ वर्षमाथि स्पर्धामा भाग लिएका थापाले सिंगल्सतर्फ फाइनलसम्मको यात्रा तय गरे।  Advertisement उक्त प्रतियोगितामा ६५ वर्षमाथिको स्पर्धा पनि थियो। उनले भने आफ्ना लागि ५५ वर्षमाथिको रोजे। फाइनलमा आफूभन्दा झन्डै दस वर्ष कान्छा विमलकुमार गुरुङसँग रोमाञ्चक खेल देखाए।  पहिलो सेटमा थापाल...
ए लाइसेन्स कोचिङ परीक्षामा २० जना सहभागी भएकोमा ४ जना उत्तीर्ण

ए लाइसेन्स कोचिङ परीक्षामा २० जना सहभागी भएकोमा ४ जना उत्तीर्ण

खेलकुद
चार जना प्रशिक्षकले एएफसी/एन्फा ए लाइसेन्स कोचिङ परीक्षा उत्तीर्ण गरेका छन्।  Advertisement विष्णु गुरुङ, मनिष तिमिल्सिना, राकेश श्रेष्ठ र बालगोपाल साहुखलले परीक्षा उत्तीर्ण गरेका हुन्।  परीक्षा गत वर्षको नोभेम्बर, डिसेम्बर र यो वर्षको मार्चमा गरी ती चरणमा भएको थियो। परीक्षामा २० जना सहभागी भएका थिए।  पहिलो पटक अखिल नेपाल फुटबल संघ (एन्फा) को आफ्नै पठ्याक्रममा परीक्षा सञ्चालन भएको थियो। ...
भारतको लगातार दोस्रो हार, न्युजिल्यान्ड ८ विकेटले विजयी

भारतको लगातार दोस्रो हार, न्युजिल्यान्ड ८ विकेटले विजयी

खेलकुद
आइसिसी टी-२० विश्वकपमा भारत लगातार दोस्रो खेलमा पराजित भएको छ। दुबईमा आइतबार भएको खेलमा भारतलाई न्युजिल्यान्डले ८ विकेटले पराजित गरेको हो।  भारतले दिएको १११ रनको सामान्य लक्ष्य न्युजिल्यान्डले १४.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो। न्युजिल्यान्डका लागि ड्यारेल मिचेलले ४९ रन जोडे। उनले ३५ बलमा ४ चौका र ३ छक्का हिर्काए। त्यसअघि मार्टिन गुपटिल २० रन जोडेर आउट भए। कप्तान केन विलियमसनले नटआउट ३३ रन जोडे। उनले ३१ बलमा ३ चौका हिर्काए। बलिङमा भारतका जसप्रित बुमराहले २ विकेट लिए। Advertisement त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा ११० रन मात्र जोड्न सक्यो। भारतका लागि रवीन्द्र जडेजाले नटआउट २६ रन जोडे। उनले १९ बल खेलेर २ चौका र १ छक्का प्रहार गरे। हार्दिक पाण्ड्याले २४ बलमा २३ रन जोड्न सके। ओपनर केएल राहुल १८ रन र इ...