२०८२ पुष २

खेलकुद

सम्झौता थपेपछि नेपाल फर्किएका अलमुताइरीका यस्ता छन् तीन वर्षका योजना

सम्झौता थपेपछि नेपाल फर्किएका अलमुताइरीका यस्ता छन् तीन वर्षका योजना

खेलकुद
साफ च्याम्पियनसिप २०२१ को फाइनलपछि नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी माल्दिभ्सबाटै कतार पुगेका थिए। कतार उड्नुअघि अलमुताइरीले अब नेपाल नफर्कने बताएका थिए। साथै उनले आफ्नो सम्झौता सकिएको भन्दै अन्तर्वार्ता दिएका थिए। यद्यपी अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले अलमुताइरीसँग अझै एक वर्ष सम्झौता बाँकी रहेको सार्वजनिक गरेका थिए। यो बीचमा अलमुताइरीलाई भेट्न एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा कतार पुगेका थिए।  Advertisement शेर्पा नेपाल फर्केपछि अलमुताइरीले आफ्नो फेसबुकमार्फत् नेपाली राष्ट्रिय टिमसँगको सम्झौता तीन वर्ष थप भएको सार्वजनिक गरेका थिए। यो विषयमा एन्फाले कुनै औपचारिक जानकारी भने गराएको थिएन। फेसबुकमा नेपाली टिमसँगको सम्झौता तीन वर्ष थप भएको लेखेपछि उनी नेपाल फर्किए। नेपाल फर्किएर खेलकुद मन्...
राजनीति छाड्न सक्छु, खेल शरीरले सकुन्जेल खेल्छु- कमल थापा

राजनीति छाड्न सक्छु, खेल शरीरले सकुन्जेल खेल्छु- कमल थापा

खेलकुद
राजनीतिको दौडधूपले दैनिक जीवन व्यस्त बनाए पनि कमल थापा खेलकुद भनेपछि मरिहत्ते गर्छन्। खेलकुदसँगको उनको नाता राजनीतिभन्दा पुरानो र गहिरो हो। परिस्थितिले राजनीतिमा प्रवेश गरेका थापा पुराना राष्ट्रिय फुटबल खेलाडी हुन्।  उनी नेपाली राष्ट्रिय टिमको खेल हेर्न समय छुट्याउँछन्। उमेर ६७ वर्ष लागिसक्यो, अझै केही खेलका प्रतिस्पर्धामा उत्रिन्छन्। प्रतियोगितामा भाग लिन देश-विदेश पुग्छन्। थापा यो साता टेनिस कोर्टमा उत्रिए। वीर गणेशमान गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको ५५ वर्षमाथि स्पर्धामा भाग लिएका थापाले सिंगल्सतर्फ फाइनलसम्मको यात्रा तय गरे।  Advertisement उक्त प्रतियोगितामा ६५ वर्षमाथिको स्पर्धा पनि थियो। उनले भने आफ्ना लागि ५५ वर्षमाथिको रोजे। फाइनलमा आफूभन्दा झन्डै दस वर्ष कान्छा विमलकुमार गुरुङसँग रोमाञ्चक खेल देखाए।  पहिलो सेटमा थापाल...
ए लाइसेन्स कोचिङ परीक्षामा २० जना सहभागी भएकोमा ४ जना उत्तीर्ण

ए लाइसेन्स कोचिङ परीक्षामा २० जना सहभागी भएकोमा ४ जना उत्तीर्ण

खेलकुद
चार जना प्रशिक्षकले एएफसी/एन्फा ए लाइसेन्स कोचिङ परीक्षा उत्तीर्ण गरेका छन्।  Advertisement विष्णु गुरुङ, मनिष तिमिल्सिना, राकेश श्रेष्ठ र बालगोपाल साहुखलले परीक्षा उत्तीर्ण गरेका हुन्।  परीक्षा गत वर्षको नोभेम्बर, डिसेम्बर र यो वर्षको मार्चमा गरी ती चरणमा भएको थियो। परीक्षामा २० जना सहभागी भएका थिए।  पहिलो पटक अखिल नेपाल फुटबल संघ (एन्फा) को आफ्नै पठ्याक्रममा परीक्षा सञ्चालन भएको थियो। ...
भारतको लगातार दोस्रो हार, न्युजिल्यान्ड ८ विकेटले विजयी

भारतको लगातार दोस्रो हार, न्युजिल्यान्ड ८ विकेटले विजयी

खेलकुद
आइसिसी टी-२० विश्वकपमा भारत लगातार दोस्रो खेलमा पराजित भएको छ। दुबईमा आइतबार भएको खेलमा भारतलाई न्युजिल्यान्डले ८ विकेटले पराजित गरेको हो।  भारतले दिएको १११ रनको सामान्य लक्ष्य न्युजिल्यान्डले १४.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो। न्युजिल्यान्डका लागि ड्यारेल मिचेलले ४९ रन जोडे। उनले ३५ बलमा ४ चौका र ३ छक्का हिर्काए। त्यसअघि मार्टिन गुपटिल २० रन जोडेर आउट भए। कप्तान केन विलियमसनले नटआउट ३३ रन जोडे। उनले ३१ बलमा ३ चौका हिर्काए। बलिङमा भारतका जसप्रित बुमराहले २ विकेट लिए। Advertisement त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा ११० रन मात्र जोड्न सक्यो। भारतका लागि रवीन्द्र जडेजाले नटआउट २६ रन जोडे। उनले १९ बल खेलेर २ चौका र १ छक्का प्रहार गरे। हार्दिक पाण्ड्याले २४ बलमा २३ रन जोड्न सके। ओपनर केएल राहुल १८ रन र इ...
एएफसी यू–२३ : लेवनानसँग भिड्दै नेपाल

एएफसी यू–२३ : लेवनानसँग भिड्दै नेपाल

खेलकुद
एएफसी यू–२३ एसियन कप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाली राष्ट्रिय यू–२३ फुटबल टिमले आज लेवनानसँग प्रतिस्पर्धा गर्दैछ।  Advertisement खेल तजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा ४:४५ बजे सुरु हुनेछ।  नेपाल पहिलो खेलमा इरानसँग ४-० र दोस्रो खेलमा घरेलु टोली ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित भएको थियो।  लगातार दुई हारसँगै नेपालको एसियन कपमा छनोट हुने सम्भावना समाप्त भएको थियो। समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछ। यस्तै दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन्। उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ ।  ...
हाइ अल्टिच्युडमा राष्ट्रिय रिङ रेस्लिङ : चट्टान बने च्याम्पियन

हाइ अल्टिच्युडमा राष्ट्रिय रिङ रेस्लिङ : चट्टान बने च्याम्पियन

खेलकुद
पहिलो हाइ अल्टिच्युड राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको हेवी वेटतर्फको उपाधि चट्टानले जितेका छन्। दोलखा चरिकोटको भ्युटावरस्थित फुटबल मैदानमा शनिबार भएको प्रतियोगितामा नुवाकोटे टाइगरलाई हराउँदै चट्टान च्याम्पियन बनेका हुन्। आरडब्लूको हेवी वेटको नयाँ च्याम्पियन बनेका चट्टानले आरडब्लू बेल्ट प्राप्त गरे। बेल्ट सहित उनले १ लाख ५० हजार रुपैयाँ हात पारे। Advertisement प्रदेश खेलकुद विकास परिषद् बागमती र नेपाल रिङ रेस्लिङ संघले संयुक्त रुपमा पहिलो पटक हाइ अल्टिच्युड रेस्लिङको आयोजना गरेका हुन्। खेलसँगै जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले रेस्लिङको आयोजना गरिएको हो।  प्रतियोगिताको लाइट वेट म्याचको उपाधि सीजे वल्र्डले जिते। उनले उपाधि सहित ५० हजार रुपैयाँ प्राप्त गरे। ट्याग टिम म्याचमा थगु र एक्स–हिरो संयुक्त रुपमा विजेता बने। उपाधि सहि...
रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टरको जित, लिभरपुर बराबरीमा, सिटी हार्‍यो

रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टरको जित, लिभरपुर बराबरीमा, सिटी हार्‍यो

खेलकुद
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले टोटेनहमलाई ३-० गोलले पराजित गरेको छ। शनिबार राति भएको खेलमा युनाइटेडका लागि क्रिस्टियानो रोनाल्डोले एक गोल गर्दा अर्को गोलका लागि पास मिलाइदिए। Advertisement रोनाल्डोले ३९ मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा गोल गरेका थिए। ६४ मिनेटमा रोनाल्डोको पासमा काभानीले टिमको अग्रता दोब्बर पारे। युनाइटेडका लगि रास्फोर्डले ८६ मिनेटमा तेस्रो गोल गरेका थिए। अर्को खेलमा लिभरपुललाई ब्राइटनले २-२ को बराबरीमा रोकेको छ। खेलको चौथो मिनेटमा हेन्डर्सन र २४ मिनेटमा मानेले गोल गर्दै लिभरपुरलाई २-० ले अघि बढाएका थिए। ब्राइटनका लगि एमवेपुले ४१ र ट्रोस्सार्डले ६५ मिनेटमा गोल गरे।  म्यानचेस्टर सिटीलाई क्रिस्टल प्यालेसले २-० ले हरायो। प्यालेसको जितमा जाहाले छैटौं र गालाघेरले ८८ मिनेटमा गोल गरे। त्यसअघि पहिलो हाफको इन्जुरी ...
फ्रेन्च लिग वान फुटबलमा पीएसजीको १० अंकको अग्रता

फ्रेन्च लिग वान फुटबलमा पीएसजीको १० अंकको अग्रता

खेलकुद
फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले १० अंकको अग्रता बनाएको छ। शुक्रबार राति लिललाई २-१ गोल अन्तरले हराउँदै पीएसजीले लिगमा १० अंकको अग्रता बनाएको हो। Advertisement १२ औं खेलमा १० जित निकाल्ने क्रममा पीएसजीले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो। खेलको ३१ औं मिनेटमा जोनाथन डेभिडले गोल गर्दै लिललाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफसम्म १-० गोलले पछि परेको पीएसजीका लागि ७४ औं मिनेटमा मार्क्विन्होसले गोल गर्दै १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलमा अन्तिम २ मिनेट बाँकी हुँदा एन्जल डी मारियाले गोल गर्दै पीएसजीलाई २-१ को सानदार जित दिलाए । यस जितसँगै पीएसजीले १२ खेलमा ३१ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको लेन्स १ खेल कम खेल्दै २१ अंक पुर्‍याएको छ। पीएसजीसँग गएराति पराजित लिल १५ अंक जोडेर तालिकाको ११ औं...
विश्वकपमा पाकिस्तानको लगातार तेस्रो जित, अफगानिस्तान ५ विकेटले पराजित

विश्वकपमा पाकिस्तानको लगातार तेस्रो जित, अफगानिस्तान ५ विकेटले पराजित

खेलकुद
युएईमा जारी आईसीसी टी-२० विश्वकपमा पाकिस्तानले लगातार तेस्रो जित निकाल्दै सेमिफाइनल नजिक पुगेको छ। प्रतियोगिता अन्तर्गत शुक्रबार अफगानिस्तानलाई ५ विकेटले हराउँदै पाकिस्तानले ३ खेलबाट ६ अंक जोड्दै अन्तिम चार नजिक पुगेको हो। अफगानिस्तानले दिएको १ सय ४८ रनको मध्यम लक्ष्य पाकिस्तानले ६ बल बाँकी छँदै ५ विकेट गुमाएर पूरा गर्‍यो । Advertisement उसका लागि आसिफ अलीले आक्रामक पारी खेल्दै ७ बलमा चार छक्कासहित अविजित २५ रन बनाए। त्यस्तै, कप्तान बाबर आजमले ५१, फखर जमानले ३०, शोयब मलिकले १९, मोहम्मद अफीजले १० र मोहम्मद रिजवानले ८ रन बनाए। बलिङमा अफगानिस्तानका लागि राशिद खानले दुई तथा मुजीबउर रहमान, नवीन उलहक र मोहम्मद नाबीले समान एक-एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो । ...
विश्वकपमा अष्ट्रेलियाको लगातार दोस्रो जित, श्रीलंका ७ विकेटले पराजित

विश्वकपमा अष्ट्रेलियाको लगातार दोस्रो जित, श्रीलंका ७ विकेटले पराजित

खेलकुद
श्रीलंकालाई ७ विकेटले  हराउँदै अस्ट्रेलियाले टि-२० विश्वकपको सुपर-१२ चरणमा लगातार दोस्रो जित निकालेको छ। पहिलो खेलमा दक्षिण अफ्रिकालाई हराउँदै विजयी सुरूआत गरेको अस्ट्रेलियाले आफ्नो दोस्रो खेलमा बिहिबार राति श्रीलंकालाई हराएको हो। Advertisement दुबई अन्तर्राष्ट्रिय स्टेडियममा श्रीलंकाले दिएको १५५ रनको लक्ष्य अस्ट्रेलियाले ३ विकेट गुमाएर १७ ओभरमा भेट्टायो। अस्ट्रेलियाको लागि डेभिड वार्नरले सर्वाधिक ६५ रन बनाए। ४२ बल खेलेका उनले १० चौका प्रहार गरे। कप्तान आरोन फिन्चले २३ बलमा ५ चौका र २ छक्का मद्दतले ३७ रन बनाए। यस्तै स्टिभ स्मिथले अविजित २८ तथा मार्कस स्टोइनिसले ७ बलमा अविजित १६ रन बनाए। ग्लेन म्याक्सवेल ६ बलमा ५ रन बनाएर आउट भए। श्रीलंकाको बलिङमा वानिन्दु हसंरगाले २ तथा दासुन शनाकाले १ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्...