२०८१ बैशाख ११

ए लाइसेन्स कोचिङ परीक्षामा २० जना सहभागी भएकोमा ४ जना उत्तीर्ण

चार जना प्रशिक्षकले एएफसी/एन्फा ए लाइसेन्स कोचिङ परीक्षा उत्तीर्ण गरेका छन्। 


Advertisement


विष्णु गुरुङ, मनिष तिमिल्सिना, राकेश श्रेष्ठ र बालगोपाल साहुखलले परीक्षा उत्तीर्ण गरेका हुन्। 

परीक्षा गत वर्षको नोभेम्बर, डिसेम्बर र यो वर्षको मार्चमा गरी ती चरणमा भएको थियो। परीक्षामा २० जना सहभागी भएका थिए। 

पहिलो पटक अखिल नेपाल फुटबल संघ (एन्फा) को आफ्नै पठ्याक्रममा परीक्षा सञ्चालन भएको थियो।

Copy link
Powered by Social Snap