२०८३ आश्विन १६

खेलकुद

लुम्बिनीमाथि कर्णालीको सानदार जित

लुम्बिनीमाथि कर्णालीको सानदार जित

खेलकुद
वाई-वाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णालीले सानदार जित हात पारेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा कर्णालीले लुम्बिनीलाई १४० रनको फराकिलो अन्तरले पराजित गरेको हो। कर्णालीले दिएको २३३ रनको लक्ष्य पछ्याएको लुम्बिनी २३.५ ओभरमा ९२ रनमा अलआटउ भयो। Advertisement लुम्बिनीका लागि ओपनर आकाश त्रिपाठीले १५ रन जोडे। प्रज्वल थापाले २८ रन र दुर्गेश गुप्ताले २० रन जोडे। अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।  बलिङमा कर्णालीका प्रकाश जैसीले ५ विकेट लिए। युनिस सिंहले ३ विकेट र अनुज चुनाराले २ विकेट हात पारे। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरको कर्णालीले ८ विकेट क्षतिमा २३२ रन जोड्यो। कर्णालीका लागि सुवास ऐरले ७६ रनको योगदान दिए। उनले ९० बलमा ९ चौका र ३ छक्का हिर्काए।  कप्तान निश्चल रावलले ४४ रन जोडे। उनले ९९...
चिनियाँ टेनिस स्टार पेङको किन भइरहेको छ विश्वभर चर्चा?

चिनियाँ टेनिस स्टार पेङको किन भइरहेको छ विश्वभर चर्चा?

खेलकुद
चिनियाँ टेनिस स्टार पेङ सुआई पछिल्लो समय अन्तर्राष्ट्रिय मिडिया तथा खेलकुदबृत्तमा चर्चामा छिन्। उनले लगाएको आरोपले खेल जगतमा हलचल ल्याइदिएको छ भने चीनको राजनीतिको विषयमा पनि प्रश्न उठाइएका छन्।  सुआई चीनकी महिला टेनिस खेलाडी हुन् जो महिला डबल्सको वरीयतामा शीर्ष स्थानमा पुग्न सफल भएकी थिइन्। महिला टेनिस संघ (डब्लूटिए) को फेब्रुअरी २०१४ को डबल्स वरीयतामा उनी नम्बर एकमा थिइन्। त्यसअघि उनले विम्बल्डन टेनिसमा महिला डबल्स स्पर्धामा ताइवानी पार्टनर से सू-वेसँग मिलेर स्वर्ण जितेकी थिइन्।  Advertisement ३५ वर्षीय सुआईले डबल्समा स्पर्धामा २३ भन्दा बढी उपाधि जितेकी थिइन्। उनी सन् २०११ मा सिंग्लसतर्फ १४औं वरीयतासम्म पुगेकी थिइन्। यो चिनियाँ टेनिस खेलाडीको उच्च वरीयता हो।  उनले पछिल्लो पटक २०२० मा कतारमा डब्लूटिएको प्रतियोगिता खेलेकी थिइन्।&nbs...
लुम्बिनीका हुसेनले लिए एकै खेलमा ७ विकेट

लुम्बिनीका हुसेनले लिए एकै खेलमा ७ विकेट

खेलकुद
आजदेखि सुरू वाई-वाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले सानदार जित निकालेको छ। मंगलबार मुलपानीमा भएको आफ्नो पहिलो खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको हो। Advertisement टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी १४.२ ओभरमा २३ रनमै अलआउट भएको थियो। गण्डकीका लागि कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। जसमा सात ब्याटसम्यान शून्यमै पेभिलियन फर्के। उसका लागि अर्जुन कुमालले ६ रन र विष्णु पाण्डेले ५ रन जोडे। गण्डकीलाई सस्तैमा अलआउट गर्ने क्रममा लुम्बिनीका मोहमद हुसेनले ७ विकेट लिए। उनले ७ ओभरमा १ मेडन राख्दा १४ रन खर्चिए। हुसेनले चार ब्याट्सम्यानलाई बोल्ड गर्दा तीन जनालाई क्याच गराएका थिए। तीव्र गतिका बलर हुसेनले पाँच ब्याट्सम्यानलाई शून्यमै सिकार बनाएका थिए।  दुर्गेश गुप्ता र वासिर अहमेदले...
प्रधानसेनापति राष्ट्रिय टेनिस मंसिर अन्तिम साता

प्रधानसेनापति राष्ट्रिय टेनिस मंसिर अन्तिम साता

खेलकुद
नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको आयोजनामा प्रथम प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता मंसिर २७ गतेदेखि हुने भएको छ। Advertisement प्रतियोगितामा खुलातर्फ ४, भेट्रानतर्फ ७ र इन्टर–गोभरमेन्टलतर्फ १ गरी जम्मा १२ स्पर्धामा खेल खेलाइने आयोजक केन्द्रका केन्द्रपति एवं महासेनानी मुनल बस्नेतले भद्रकालीस्थित सैनिक मुख्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। बाह्रै स्पर्धामा नगद पुरस्कार राखिएको छ। कुल नगद पुरस्कार राशी ७ लाख २९ हजार रुपैयाँ रहेको छ। खुल्लातर्फ  पुरुष/महिला सिंगल्स र डबल्समा प्रतिस्पर्धा हुने छ। यो विधाको कुल पुरस्कार राशी ३ लाख ७० हजार रुपैयाँ छ। पुरुष÷महिला सिंगल्स विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेश्रोले १५/१५ हजार नगद पुरस्कार पाउने छन्। पुरुष/महिला डबल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमश...
ए डिभिजन लिग : आर्मी र पुलिसको बराबरी

ए डिभिजन लिग : आर्मी र पुलिसको बराबरी

खेलकुद
सहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले बराबरी खेलेका छन्। Advertisement सोमबार दशरथ रंगशालामा भएको खेलमा आर्मी र पुलिसले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको थियो। खेलमा पुलिसले पहिले अग्रता लियो। खेलको ५१ मिनेटमा सन्तोष हेमरामले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए। फ्रिकिक बलमा उनले हेडमार्फत गोल गरेका थिए। आर्मीले ६१ मिनेटमा बराबरी गोल फर्काउन सफल भयो। आर्मीका लागि विवेक बस्नेतले बराबरी गोल गरे। उनले डिबक्स बाहिरबाट हानेको प्रहारलाई पुलिसका गोलकिपरले रोक्ने कुनै मौका नै पाएनन्। खेलमा आर्मीका सेसेहाङ आङदेम्बे प्लेयर अफ दि म्याच घोषित भए।  ...
म्यानचेस्टर युनाइटेडका प्रशिक्षक सोल्सर बर्खास्त

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक सोल्सर बर्खास्त

खेलकुद
इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले प्रशिक्षक ओला गुनर सोल्सरलाई बर्खास्त गरेको छ। प्रिमियर लिगअन्तर्गत वाटफोर्डसँग ४-१ गोलले पराजित भएको २४ घन्टा बित्न नपाउँदै सोल्सर बर्खास्तगीमा परेका हुन्। Advertisement युनाइटेडले प्रिमियर लिगका पछिल्ला सात मध्ये एक खेलमा मात्र जित हात पारेको छ। युनाइटेड लिगको अंक तालिकामा सातौं स्थानमा छ भने शीर्ष स्थानको चेल्सीभन्दा १२ अंकले पछि छ। सोल्सरलाई बर्खास्त गरेसँगै युनाइटेडले पहिलो टिमका प्रशिक्षक माइकल क्यारिकलाई अस्थायी प्रशिक्षकको जिम्मेवारी दिएको छ। युनाइटेडले यहि मंगलबार च्याम्पियन्स लिगमा स्पेनिस क्लब भिल्लारियलसँग खेल्दैछ। भिल्लारियलसँग खेलेपछि युनाइटेडले प्रिमियर लिगमा चेल्सी र आर्सनलसँग खेल्नेछ। सोल्सारले सन् २०१८ को डिसेम्बरमा क्लबको प्रशिक्षकको जिम्मेवारी पाएका थिए। तत्कालिन...
१२ महिनापछि मैदान फर्किएका विक्रम भन्छन्- सारा पीडामा मलम लागेको छ

१२ महिनापछि मैदान फर्किएका विक्रम भन्छन्- सारा पीडामा मलम लागेको छ

खेलकुद
मिडफिल्डर विक्रम लामा १२ महिनापछि मैदान फर्किएका छन्। गत वर्षको नोभेम्बरमा बंगलादेशविरूद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेपछि विक्रम शनिबार पहिलो पटक मैदान उत्रिएका हुन्।  सहिद स्मारक ए डिभिजन लिगअन्तर्गतको खेलमा विक्रम थ्रीस्टार क्लबको जर्सीमा फेरि अर्को सिजन उत्रिए। सन् २०११ देखि थ्रीस्टारबाट व्यवसायिक खेल खेलिरहेका विक्रम अहिले कप्तानको भूमीका छन्। Advertisement यो सिजन थ्रीस्टारलाई उपाधि जिताउने लक्ष्यमा रहेका विक्रमका लागि पहिलो खेल सुखद् रह्यो। थ्रीस्टारले च्यासल युथ क्लबलाई ३-० ले हराउँदै उत्कृष्ट सुरुवात गर्न सफल भए। थ्रीस्टारको जितसँगै विक्रमका लागि आफू मैदान फर्कन पाएकोमा खुसी लागेको छ। ‘फुटबलबाट टाढा रहन परेको पीडा घाइते भएका खेलाडीलाई मात्र थाहा हुन्छ। लामो समयपछि मैदान फर्कदा एकदमै खुसी लागेको छ। ‍पीडामा मलम लागेको छ। जे ज...
जाभीको पहिलो खेलमा बार्सिलोनाको जित

जाभीको पहिलो खेलमा बार्सिलोनाको जित

खेलकुद
प्रशिक्षक जाभी हर्नान्डेजको पहिलो खेलमा बार्सिलोनाले विजयी सुरूआत गरेको छ। स्पेनिस ला लिगामा क्याटलान क्लब बार्साले स्पान्योललाई १-० गोल अन्तरमा हराएको हो।  बार्सिलोनाको जितमा मेम्फिस डिपाएले पेनाल्टीमा गरेको गोल नै निर्णायक बन्यो।  Advertisement घरेलु मैदान नोउ क्याम्पमा शनिबार राति ६६ प्रतिशत बल पोजिसन राखे पनि बार्सिलोनाले गोल गर्न दोस्रो हाफमा पेनाल्टीको सहारा लिनुपरेको थियो। पेनाल्टी बक्समा डिपाएलाई लियान्द्रो काब्रेराले फउल गरेपछि रेफ्रीले बार्सिलोनालाई पेनाल्टी दिएका थिए। यसअघि बार्सिलोनाले स्पान्योलको पोष्टमा १६ प्रहार गरे पनि गोल गर्न सकेन।  यो जितसँगै जाभीले बार्सिलोनालाई आफ्नो प्रशिक्षणको पहिलो खेलमै जित दिलाउन सफल भए। रोनाल्ड कोम्यानको बर्खास्तीपछि बार्सिलोनाले सेर्गी बरजुआनलाई अन्तरिम प्रशिक्षक र त्यसपछि जाभीलाई मुख्य प्रश...
थ्रीस्टारको सानदार सुरूवात, शेर्पा र संकटाले अंक बाडे

थ्रीस्टारको सानदार सुरूवात, शेर्पा र संकटाले अंक बाडे

खेलकुद
सहिद स्मारक ए डिभिजन लिगमा थ्रीस्टारले विजयी सुरूवात गरेको छ। Advertisement शनिबार भएको खेलमा थ्रीस्टारले च्यासल युथ क्लबलाई ३-० गोलले पराजित गर्‍यो। थ्रीस्टारको जितमा निशान खड्का, राफायल र अनन्त तामाङले एक एक गोल गरे। निशानले २२ मिनेटमा फ्रिककमार्फत गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाए। २६ मिनेटमा च्यालसका विकास मेराग्लियाको पेनाल्टीलाई थ्रीस्टारका गोलकिपर प्रिसोले विफल पारेका थिए। पहिलो हाफ सकिन एक मिनेट बाँकी छदा राफायलले हेमान्त थापामगरको फ्रिकिममा हेड गर्दै अग्रता दोब्बर पारे। ५८ मिनेटमा अनन्तले पनि हेमन्तकै फ्रिकिकमा तेस्रो गोल गरेका थिए।  यता दिनको पहिलो खेलमा हिमालयन शेर्पा र संकटा क्लबले बराबरी एक एक गोलको खेलेका छन्। खेलको ६० मिनेटमा लक्ष्मण रूचालको गोलबाट संकटाले अग्रता लिएको थियो। चार मिनेट पछि नै शेर्पाका त...
रोहित र राहुलको कीर्तिमानमा न्युजिल्यान्डविरूद्ध भारतको सिरिज जित

रोहित र राहुलको कीर्तिमानमा न्युजिल्यान्डविरूद्ध भारतको सिरिज जित

खेलकुद
न्युजिल्यान्डलाई दोस्रो खेलमा ७ विकेटले हराउँदै भारतले पाहुना टोलि न्युजिल्यान्डविरूद्ध तीन टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिज एक खेल अगावै जितेको छ। भारतको राँचीस्थित जेएससीए अन्तर्राष्ट्रिय स्टेडियममा शुक्रवार सम्पन्न खेलमा न्युजिल्यान्डले दिएको १५४ रनको लक्ष्य भारतले १७.२ ओभरमा मात्र ३ विकेट गुमाएर भेटायो। लगातार दोस्रो जितसँगै भारतले शृंखला आफ्नो पक्षमा पारेको हो। यसअघि पहिलो खेल पनि भारतले जितेको थियो। Advertisement भारतको लागि दुबै ओपनर केएल राहुल र रोहित शर्माले अर्धसतकीय पारी खेले। राहुलले सर्वाधिक ६५ रन बनाने क्रममा ४९ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर तथा कप्तान शर्माले ३६ बलमा १ चौका र ५ छक्कासहित ५५ रन जोडे। राहुल र रोहितले पहिलो विकेटको लागि ११७ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए। यो सँगै रोहित शर्मा ट...