२०८२ पुष १

खेलकुद

१२ महिनापछि मैदान फर्किएका विक्रम भन्छन्- सारा पीडामा मलम लागेको छ

१२ महिनापछि मैदान फर्किएका विक्रम भन्छन्- सारा पीडामा मलम लागेको छ

खेलकुद
मिडफिल्डर विक्रम लामा १२ महिनापछि मैदान फर्किएका छन्। गत वर्षको नोभेम्बरमा बंगलादेशविरूद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेपछि विक्रम शनिबार पहिलो पटक मैदान उत्रिएका हुन्।  सहिद स्मारक ए डिभिजन लिगअन्तर्गतको खेलमा विक्रम थ्रीस्टार क्लबको जर्सीमा फेरि अर्को सिजन उत्रिए। सन् २०११ देखि थ्रीस्टारबाट व्यवसायिक खेल खेलिरहेका विक्रम अहिले कप्तानको भूमीका छन्। Advertisement यो सिजन थ्रीस्टारलाई उपाधि जिताउने लक्ष्यमा रहेका विक्रमका लागि पहिलो खेल सुखद् रह्यो। थ्रीस्टारले च्यासल युथ क्लबलाई ३-० ले हराउँदै उत्कृष्ट सुरुवात गर्न सफल भए। थ्रीस्टारको जितसँगै विक्रमका लागि आफू मैदान फर्कन पाएकोमा खुसी लागेको छ। ‘फुटबलबाट टाढा रहन परेको पीडा घाइते भएका खेलाडीलाई मात्र थाहा हुन्छ। लामो समयपछि मैदान फर्कदा एकदमै खुसी लागेको छ। ‍पीडामा मलम लागेको छ। जे ज...
जाभीको पहिलो खेलमा बार्सिलोनाको जित

जाभीको पहिलो खेलमा बार्सिलोनाको जित

खेलकुद
प्रशिक्षक जाभी हर्नान्डेजको पहिलो खेलमा बार्सिलोनाले विजयी सुरूआत गरेको छ। स्पेनिस ला लिगामा क्याटलान क्लब बार्साले स्पान्योललाई १-० गोल अन्तरमा हराएको हो।  बार्सिलोनाको जितमा मेम्फिस डिपाएले पेनाल्टीमा गरेको गोल नै निर्णायक बन्यो।  Advertisement घरेलु मैदान नोउ क्याम्पमा शनिबार राति ६६ प्रतिशत बल पोजिसन राखे पनि बार्सिलोनाले गोल गर्न दोस्रो हाफमा पेनाल्टीको सहारा लिनुपरेको थियो। पेनाल्टी बक्समा डिपाएलाई लियान्द्रो काब्रेराले फउल गरेपछि रेफ्रीले बार्सिलोनालाई पेनाल्टी दिएका थिए। यसअघि बार्सिलोनाले स्पान्योलको पोष्टमा १६ प्रहार गरे पनि गोल गर्न सकेन।  यो जितसँगै जाभीले बार्सिलोनालाई आफ्नो प्रशिक्षणको पहिलो खेलमै जित दिलाउन सफल भए। रोनाल्ड कोम्यानको बर्खास्तीपछि बार्सिलोनाले सेर्गी बरजुआनलाई अन्तरिम प्रशिक्षक र त्यसपछि जाभीलाई मुख्य प्रश...
थ्रीस्टारको सानदार सुरूवात, शेर्पा र संकटाले अंक बाडे

थ्रीस्टारको सानदार सुरूवात, शेर्पा र संकटाले अंक बाडे

खेलकुद
सहिद स्मारक ए डिभिजन लिगमा थ्रीस्टारले विजयी सुरूवात गरेको छ। Advertisement शनिबार भएको खेलमा थ्रीस्टारले च्यासल युथ क्लबलाई ३-० गोलले पराजित गर्‍यो। थ्रीस्टारको जितमा निशान खड्का, राफायल र अनन्त तामाङले एक एक गोल गरे। निशानले २२ मिनेटमा फ्रिककमार्फत गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाए। २६ मिनेटमा च्यालसका विकास मेराग्लियाको पेनाल्टीलाई थ्रीस्टारका गोलकिपर प्रिसोले विफल पारेका थिए। पहिलो हाफ सकिन एक मिनेट बाँकी छदा राफायलले हेमान्त थापामगरको फ्रिकिममा हेड गर्दै अग्रता दोब्बर पारे। ५८ मिनेटमा अनन्तले पनि हेमन्तकै फ्रिकिकमा तेस्रो गोल गरेका थिए।  यता दिनको पहिलो खेलमा हिमालयन शेर्पा र संकटा क्लबले बराबरी एक एक गोलको खेलेका छन्। खेलको ६० मिनेटमा लक्ष्मण रूचालको गोलबाट संकटाले अग्रता लिएको थियो। चार मिनेट पछि नै शेर्पाका त...
रोहित र राहुलको कीर्तिमानमा न्युजिल्यान्डविरूद्ध भारतको सिरिज जित

रोहित र राहुलको कीर्तिमानमा न्युजिल्यान्डविरूद्ध भारतको सिरिज जित

खेलकुद
न्युजिल्यान्डलाई दोस्रो खेलमा ७ विकेटले हराउँदै भारतले पाहुना टोलि न्युजिल्यान्डविरूद्ध तीन टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिज एक खेल अगावै जितेको छ। भारतको राँचीस्थित जेएससीए अन्तर्राष्ट्रिय स्टेडियममा शुक्रवार सम्पन्न खेलमा न्युजिल्यान्डले दिएको १५४ रनको लक्ष्य भारतले १७.२ ओभरमा मात्र ३ विकेट गुमाएर भेटायो। लगातार दोस्रो जितसँगै भारतले शृंखला आफ्नो पक्षमा पारेको हो। यसअघि पहिलो खेल पनि भारतले जितेको थियो। Advertisement भारतको लागि दुबै ओपनर केएल राहुल र रोहित शर्माले अर्धसतकीय पारी खेले। राहुलले सर्वाधिक ६५ रन बनाने क्रममा ४९ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर तथा कप्तान शर्माले ३६ बलमा १ चौका र ५ छक्कासहित ५५ रन जोडे। राहुल र रोहितले पहिलो विकेटको लागि ११७ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए। यो सँगै रोहित शर्मा ट...
स्टर्लिङ र गेलको विस्फोटक ब्याटिङले टी-१० लिगमा अबुधाबीको विजयी सुरूआत

स्टर्लिङ र गेलको विस्फोटक ब्याटिङले टी-१० लिगमा अबुधाबीको विजयी सुरूआत

खेलकुद
पल स्टरलिङ र क्रिस गेलको विस्फोटक ब्याटिङमा युएईमा शुक्रबारबाट सुरू भएको टी-टेन लिगमा टिम आबुधाबीले विजयी सुरुवात गरेको छ। शेखजायद रंगशालामा आबुधाबीमा भएको खेलमा बंग्ला टाइगर्सलाई ४० रनले हराउँदै विजयी सुरूआत गरेको हो। Advertisement टिम आबुधाबीले दिएको १४६ रनको लक्ष्य पछ्याएको टाइगर्सले १० ओभरमा ८ विकेट गुमाउँदै १०५ रन मात्र बनाउन सक्यो। टाइगर्सको लागि आन्द्रे फ्लेचरले ८ बलमा २४, हज्रतुल्लाह जजाईले ११ बलमा १८ रन बनाए। बेनी होवेल र इसुरु उडानाले समान १५-१५ रन जोडे। बाँकी खेलाडीले दोहोरो रन जोड्न सकेनन्। टिम अबुधाबीका दायाँ हाते पेसर मर्चान्ट डी लांगेले सर्वाधिक ५ विकेट लिए। २ ओभरमा २३ रन खर्चिएका दक्षिण अफ्रिकी बलर लांगे प्रभिन ताम्बेपछि टी-१० फर्म्याटमा एकै इनिंग्समा ५ विकेट लिने दोस्रो बलर बने। कप्तान लियाम लिभिंगस्टोन, जेमी ओभरटन र ड्यानि ब्रि...
महिला सहकर्मीलाई अश्लिल सन्देश पठाएको आरोपपछि पेनले दिए अस्ट्रेलियाको टेस्ट कप्तानबाट राजीनामा

महिला सहकर्मीलाई अश्लिल सन्देश पठाएको आरोपपछि पेनले दिए अस्ट्रेलियाको टेस्ट कप्तानबाट राजीनामा

खेलकुद
महिला सहकर्मीलाई अश्लिल सन्देश पठाएको आरोप लगेपछि टिम पेनले अस्ट्रेलियाको टेस्ट टिमको कप्तानबाट राजीनामा दिएका छन्। चार वर्षअघि क्रिकेट अस्ट्रेलियाका सहकर्मीलाई अश्लिल सन्देश पठाएको आरोप लागेपछि पेनमाथि अनुसन्धान थालिएको थियो। Advertisement आगामी डिसेम्बरमा हुने एसेज सिरिजअघि उनले कप्तानी त्याग्ने निर्णय  गरेका हुन्। ३६ वर्षीय पेनले एसेज सिरिज भने खेल्नेछन्।  उनले २०१७ मा अश्लिल सन्देश पठाएको आरोप छ। त्यतिबेला उनी  सात वर्षपछि अस्ट्रेलियाको टेस्ट टिममा परेका थिए।  क्रिकेट अस्ट्रेलिया र क्रिकेट तास्मानियाले पेनलाई आरोपको विषयमा स्पष्ट पार्नका लागि समय दिएका छन्। पेनले कप्तानबाट राजीनामा दिने निर्णय कठिन भएको बताउँदै चार वर्षअघि आफूले सहकर्मीलाई सन्देश पठाएको स्विकार गरेका छन्। साथै उनले अनुसन्धानमा सहयोग गर्ने बचन दिएका ...
कतारविरूद्धको टी-२० सिरिज ‘क्लिनस्विप’ गर्दै नेपालले रच्यो इतिहास

कतारविरूद्धको टी-२० सिरिज ‘क्लिनस्विप’ गर्दै नेपालले रच्यो इतिहास

खेलकुद
कतारविरूद्धको टी-२० अन्तर्राष्ट्रिय सिरिज नेपाली महिला टिमले ३-० ले क्लिनस्विप गरेको छ। बिहीबार भएको तेस्रो खेलमा कतारलाई १०९ रनले पराजित गर्दै नेपालले सिरिज क्लिनस्विप गरेको हो। यसअघि नेपालले लगातार दुई खेल जित्दै सिरिज कब्जा गरेको थियो। नेपाल पहिलो खेलमा ११९ रन र दोस्रो खेलमा ६१ रनले विजयी भएको थियो। Advertisement पहिलो अन्तर्राष्ट्रिय टी-२० सिरिज जितेको नेपाली महिला टिमले पहिलो सिरिज क्लिनस्विप गर्दै अर्को इतिहास रचेको छ।  बिहीबार दोहामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३ विकेटको क्षतिमा १६४ रन जोड्यो। नेपालका लागि सीता रानामगरले नटआउट ८२ रन जोडिन्। नेपालका लागि टी-२० मा सर्वाधिक रन बनाउने कीर्तिमान बनाएकी सीताले ७२ बलमा ७ चौका हिर्काइन्। ओपनर काजल श्रेष्ठ ७ रनमा आउट हुँदा ज्योती पाण्डेले २४ रन र डोली भट्टले १२ रनको य...
दक्षिण अमेरिकाबाट विश्वकपमा छनोट हुने अर्जेन्टिना दोस्रो टिम

दक्षिण अमेरिकाबाट विश्वकपमा छनोट हुने अर्जेन्टिना दोस्रो टिम

खेलकुद
अर्जेन्टिना फिफा विश्वकप २०२२ का लागि छनोट भएको छ। अर्जेन्टिना दक्षिण अमेरिकाबाट विश्वकपमा छनोट हुने दोस्रो टिम बन्यो। यसअघि ब्राजिलले यो क्षेत्रबाट विश्वकपमा स्थान पक्का गरिसकेको छ। Advertisement बुधबार विहान ब्राजिल र अर्जेन्टिनाबीच विश्वकप छनोटको खेलमा प्रतिस्पर्धा भएकोमा खेल गोलरहित बराबरीमा सकिएको थियो। यो खेलको नतिजापछि अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेको भने होइन। दक्षिण अमेरिका छनोटका अन्य खेलमा इक्वेइडर, पेरू र बोलिभियाले जित निकालेपछि अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेको थियो। https://twitter.com/FIFAWorldCup/status/1460802787596386308?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1460802787596386308%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.setopati.com%2F दक्षिण अमेरिकाबाट चार टिम विश्वकप सिधा छन...
उरूग्वे बोलिभियासँग स्तब्ध, विश्वकपमा छनोट हुने सम्भावना कमजोर

उरूग्वे बोलिभियासँग स्तब्ध, विश्वकपमा छनोट हुने सम्भावना कमजोर

खेलकुद
विश्वकप छनोटको बलियो दाबेदार उरूग्वे बोलिभियासँग ३-० गोल अन्तरमा पराजित भएको छ। आगामी वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपका लागि भएको दक्षिण अमेरिकी छनोटमा १० खेलाडीमा सिमित बोलिभियाले उरूग्वेमाथि सहज जित निकालेको हो। Advertisement बोलिभियालाई जिताउन जुवान कार्लोसले दुई गोल गर्दा मार्सेलो मोरेनोले एक गोल थपे । खेलको ३० औं मिनेटमा कार्लोसले गोल गर्दै बोलिभियालाई सुरूवाती अग्रता दिलाएका थिए। पहिलो हाफको अन्तिम मिनेटमा मोरेनोले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे। दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेको उरूग्वेले यद्यपी गोल गर्न भने सकेन। खेलको ७४ औं मिनेट कार्मेलोले रातो कार्ड पाएपछि बोलिभिया १० खेलाडीमा समेटिएको थियो। यसको प्रत्यक्ष फाइदा उरूग्वेले लिन सकेन। खेलको ७९ औं मिनेटमा कार्लोसले व्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल...
राष्ट्रिय खेलकुद परिषद्‌को निमित्त सदस्य सचिवमा विष्णुकुमार ढकाल

राष्ट्रिय खेलकुद परिषद्‌को निमित्त सदस्य सचिवमा विष्णुकुमार ढकाल

खेलकुद
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निमित्त सदस्य सचिवमा विष्णुकुमार ढकाल नियुक्त भएका छन्। Advertisement युवा तथा खेलकुद मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट ढकाललाई निमित्त सदस्य सचिवको जिम्मेवारी तोकिएको मन्त्रालयका निमित्त सचिव डा. कमलप्रसाद पोखरेलले जानकारी दिए।  युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा कात्तिक १६ गते (मंगलबार) बसेको मन्त्रिस्तरीय बैठकले खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा १२ बमोजिम मन्त्रालयका सहसचिव ढकाललाई राखेपको निमित्त सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको पोखरेलले बताए। उनलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त सदस्यसचिवको जिम्मेवारी दिइएको हो।  यसअघि सरकारले रमेशकुमार सिलवाललाई सदस्यसचिवबाट बर्खास्त गरेपछि सदस्यसचिव पद खाली छ।  ...