२०८३ कार्तिक १३

प्रधानसेनापति राष्ट्रिय टेनिस मंसिर अन्तिम साता

नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको आयोजनामा प्रथम प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता मंसिर २७ गतेदेखि हुने भएको छ।


Advertisement


प्रतियोगितामा खुलातर्फ ४, भेट्रानतर्फ ७ र इन्टर–गोभरमेन्टलतर्फ १ गरी जम्मा १२ स्पर्धामा खेल खेलाइने आयोजक केन्द्रका केन्द्रपति एवं महासेनानी मुनल बस्नेतले भद्रकालीस्थित सैनिक मुख्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। बाह्रै स्पर्धामा नगद पुरस्कार राखिएको छ। कुल नगद पुरस्कार राशी ७ लाख २९ हजार रुपैयाँ रहेको छ।

खुल्लातर्फ  पुरुष/महिला सिंगल्स र डबल्समा प्रतिस्पर्धा हुने छ। यो विधाको कुल पुरस्कार राशी ३ लाख ७० हजार रुपैयाँ छ। पुरुष÷महिला सिंगल्स विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेश्रोले १५/१५ हजार नगद पुरस्कार पाउने छन्। पुरुष/महिला डबल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ४० हजार, २० हजार र १०÷१० हजारका दरले नगद पुरस्कार जित्नेछन्।

भेट्रानमा ३५ वर्षमाथि, ४५ वर्षमाथि र ५५ वर्षमाथि सिंगल्स/डबल्समा खेल हुने छ। ६५ वर्षमाथि सिंगल्स स्पर्धा मात्र राखिएको छ। भेट्रानको जम्मा पुरस्कार राशी ३ लाख ७ हजार रुपैयाँ रहेको छ। त्यस्तै एक स्पर्धा पुरुष डबल्समा खेल हुने इन्टर गोभरमेन्टल विधाको जम्मा नगद पुरस्कार राशी ५२ हजार रुपैयाँ छ।

महासेनानी बस्नेतले कुनैपनि स्पर्धामा कम्तिमा ८ टिमको सहभागिता हुन पर्ने बताउदै सो भन्दा कम भएको खण्डमा पुरस्कार राशी घटाउन वा स्पर्धानै स्थगित गर्न सकिने बताए। एक खेलाडीले बढीमा २ स्पर्धामा मात्र भाग लिन पाउने प्रावधान राखिएको छ भने खेलाडीले क्लबको प्रतिनिधित्व गर्नु पर्ने छ।

पुस ५ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु भद्रकालीस्थित आर्मी अफिसर्स क्लब तथा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा खेलाइने छ। प्रतियोगिता टेनिस संघको प्राविधिक सहयोगमा हुने लागेको हो।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap