२०८३ कार्तिक १३

ए डिभिजन लिग : आर्मी र पुलिसको बराबरी

सहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले बराबरी खेलेका छन्।


Advertisement


सोमबार दशरथ रंगशालामा भएको खेलमा आर्मी र पुलिसले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको थियो। खेलमा पुलिसले पहिले अग्रता लियो।

खेलको ५१ मिनेटमा सन्तोष हेमरामले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए। फ्रिकिक बलमा उनले हेडमार्फत गोल गरेका थिए।

आर्मीले ६१ मिनेटमा बराबरी गोल फर्काउन सफल भयो।

आर्मीका लागि विवेक बस्नेतले बराबरी गोल गरे। उनले डिबक्स बाहिरबाट हानेको प्रहारलाई पुलिसका गोलकिपरले रोक्ने कुनै मौका नै पाएनन्।

खेलमा आर्मीका सेसेहाङ आङदेम्बे प्लेयर अफ दि म्याच घोषित भए।
 


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap