२०८३ आश्विन १६

खेलकुद

खेलकुद परिषद्‌का नवनियुक्त सदस्यसचिव घिसिङ भन्छन्- राष्ट्रिय टोलीको सुधार गर्नुपर्छ

खेलकुद परिषद्‌का नवनियुक्त सदस्यसचिव घिसिङ भन्छन्- राष्ट्रिय टोलीको सुधार गर्नुपर्छ

खेलकुद
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्यसचिव टंकलाल घिसिङले मंगलबार पदवहाली गरेका  छन्। त्रिपुरेश्वरस्थित राखेप कार्यकक्षमा पदवहाली गर्ने क्रममा सदस्य–सचिव घिसिङले खेलाडीको विमा सम्बन्धमा कार्यविधि बनाएर प्रकृया अगाडि बढाउने तथा करिब २ वर्षदेखि बन्दा रहेको राष्ट्रिय टिम तयारीको प्रशिक्षण तत्काल सुरु गर्ने सम्बन्धी टिप्पणी सदर गरेका थिए। घिसिङलाई सोमबारको मन्त्री परिषद् बैठकले राखेपको सदस्य–सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो। Advertisement त्यसअघि मंगलबारै सदस्य–सचिव घिसिङले पद तथा गोपनीयताको शपथ पनि ग्रहण गरे। राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नवनियुक्त सदस्य–सचिव घिसिङलाई नियुक्ती पत्र प्रदान गर्नुका साथै शपथ ग्रहण गराएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले काम काज सहि र सरल ढंगले अगा...
मेसीले जिते सातौं पटक बालोन डी-ओर अवार्ड, रोनाल्डो छैठौं स्थानमा

मेसीले जिते सातौं पटक बालोन डी-ओर अवार्ड, रोनाल्डो छैठौं स्थानमा

खेलकुद
पीएसजीका अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीले सातौं पटक बालोन डी-ओर अवार्ड जितेका छन्।  बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीलाई पछि पार्दै सन् मंगलबार बिहान उनले सन् २०२१ को बालोन डी-ओर अवार्ड हात पारेका हुन्। https://twitter.com/PSG_inside/status/1465443918393364484?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1465443918393364484%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.setopati.com%2F पहिलोपटक अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताएका मेसी यसै वर्ष बार्सिलोनाबाट पिएसजी पुगेका हुन्।  यस्तै लेवान्डोस्कीले गएको वर्ष च्याम्पियन्स लिग उपाधि जितेका थिए। तर क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका लेवान्डोस्की र जोर्गिन्होलाई पछि पार्दै मेसीले उपाधि हात पारेका हुन्। लेवान्डोस्की दोस्रो र जोर्गिन्हो तेस्रो स्थानमा रहे । मेसीले यसअघि सन् २...
टंकलाल घिसिङ राष्ट्रिय खेलकुद परिषद्‌को सदस्यसचिव नियुक्त

टंकलाल घिसिङ राष्ट्रिय खेलकुद परिषद्‌को सदस्यसचिव नियुक्त

खेलकुद
राष्ट्रिय खेलकुद परिषद्‌को सदस्यसचिवमा टंकलाल घिसिङ नियुक्त भएका छन्। Advertisement सोमबार बसेको मन्त्रिपरिषद्‌को बैठकले घिसिङलाई सदस्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि आइतबार युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको छनोट समितिले घिसिङसहित अच्युतम लामिछाने र ममता श्रेष्ठलाई सदस्यसचिव नियुक्त गर्न सिफारिस गरेको थियो। माओवादी केन्द्रको बागमति प्रदेश कमिटीका सदस्य समेत रहेका घिसिङ नेपाल रग्बी संघका अध्यक्ष हुन्। रामेछापका घिसिङ एसियाली रग्बिको कार्यकारी बोर्ड सदस्य तथा एसिया रग्बीको‘अडिट एन्ड रिस्क कमिटी’को प्रमुख हुन्। उनलाई सदस्यसचिव नियुक्त गर्न माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेका थिए। सोमबारको मन्त्रिपरिषद् बैठकअघि प्रचण्डले घिसिङलाई नियुक्त गर्न प्रधानमन्त्रीलाई भनेका थिए। ...
पिएसजीको उत्कृष्ट पुनरागमन जित, शीर्ष स्थानमा १२ अंकको अग्रता

पिएसजीको उत्कृष्ट पुनरागमन जित, शीर्ष स्थानमा १२ अंकको अग्रता

खेलकुद
फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले १२ अंकको अग्रता बनाएको छ। Advertisement लिग अन्तर्गत आइतबार राति अवे मैदानमा भएको खेलमा पिएसजीले सेन्ट–एतिएनीलाई ३–१ ले हराउँदै १५ खेलबाट १३औं जित निकालेको हो। लिगमा १ खेल हार व्यहोरेको पिएसजीले ४० जोड्दा दोस्रो स्थानमा रहेको रेनेशले २८ अंक जोडेको छ। गएराति खेलको २३ औं मिनेटमा बोएन्गाको गोलबाट घरेलु टोलीले सुरूआती अग्रता लिएको थियो। तर ४५ औं मिनेटमा कोलोड्जिएक्जाक सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको थियो । त्यसको प्रत्यक्ष फाइदा पिएसजीले उठायो। मार्क्वीनहोसले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।  खेलको ७९ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै २-१ को अग्रता दिलाए। त्यसपछि खेलको अन्त्यमा दोस्रो ह...
निर्णायक खेलमा पराजित हुँदा नेपाल टी-२० विश्वकपको विश्व छनोटमा पुग्न असफल

निर्णायक खेलमा पराजित हुँदा नेपाल टी-२० विश्वकपको विश्व छनोटमा पुग्न असफल

खेलकुद
निर्णायक खेलमा युएईसँग पराजित हुँदा नेपाल आइसिसी टी-२० विश्वकपको विश्व छनोट प्रतियोगितामा पुग्न असफल भएको छ। टी-२० विश्वकपअन्तर्गत एसिया छनोटको आफ्नो अन्तिम खेलमा नेपाल आइतबार घरेलु टिम युएईसँग ४८ रनले पराजित भएको हो। युएईलाई हराएको अवस्थामा मात्र नेपाल पहिलो पटक विश्व छनोटमा पुग्ने थियो। जुन नेपाली महिला क्रिकेटको लागि ऐतिहासिक उपलब्धि हुन्थ्यो। Advertisement नेपाललाई पराजित गरेसँगै युएई भने एसिया छनोटबाट विश्व छनोटमा पुगेको छ। एसिया छनोटबाट एक टिम मात्र विश्वकपमा छनोट हुने प्रावधानअनुसार युएईले खेलेका पाँच खेलमा नै जित निकाल्यो।  हङकङ र युएईसँग पराजित नेपालले भुटान,  कुवेत र मलेसियालाई हरायो। आइतबार दुबईमा भएको खेलमा घरेलु टिम युएईले दिएको १२८ रनको लक्ष्य पछ्याएको नेपाल २ बल खेल्न बाँकी छदा ७९ रनमै अलआउट भयो। नेपालकी ओप...
नेपाली महिला क्रिकेट टिमलाई इतिहास रच्ने अवसर

नेपाली महिला क्रिकेट टिमलाई इतिहास रच्ने अवसर

खेलकुद
मलेसियाविरुद्ध जित हात पारेपछि सेल्फी खिँच्दै नेपाली महिला टिम। नेपाली राष्ट्रिय महिला टिमले आइतबार महत्वपूर्ण खेलमा प्रतिस्पर्धा गर्दैछ। आइसिसी महिला टी-२० विश्वकपअन्तर्गत दुबईमा भइरहेको एसिया छनोटमा नेपालले घरेलु टिम युएईसँग खेल्दैछ। Advertisement दुबईमा सवा ११ बजे सुरु हुने खेलमा जित हात पार्न सके नेपालले पहिलो पटक विश्व छनोट खेल्ने अवसर पाउनेछ। जारी प्रतियोगितामा आइतबार अन्तिम खेलहरू हुँदैछन्। अन्तिम दिन नेपाल र युएई, भुटान र मलेसिया तथा कुवेत र हङकङबीच खेल हुनेछ। खेलपछि विश्व छनोटमा पुग्ने एक टिमको टुंगो लाग्नेछ। अंक तालिकाको शीर्ष स्थानमा रहेको युएई र नेपालको विश्व छनोटमा पुग्ने सम्भावना छ। युएई यसअघि खेलेका चारै खेलमा जित हात पार्दै ८ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा छ। दोस्रो स्थानको नेपालको ६ अंक छ। नेपालले पहिलो खेलमा हङकङसँ...
हाल्यान्डले बनाए अर्को रेकर्ड

हाल्यान्डले बनाए अर्को रेकर्ड

खेलकुद
नर्वेका फरवार्ड इर्लिङ हाल्यान्डले एकपछि अर्को रेकर्ड बनाइरहेका छन्। Advertisement बोरुसिया डर्टमन्डका फरवार्ड हाल्यान्ड शनिबार राति जर्मन बुन्डेस लिगामा ५० गोल पूरा गर्ने कान्छा खेलाडी बने। शनिबार वुल्फ्सवर्गलाई डर्टमन्डले ३-१ गोलले हराउँदा हाल्यान्डले तेस्रो गोल गरेका थिए। हाल्यान्डले बुन्डेस लिगामा २१ वर्ष १२९ दिन उमेरमा ५० गोल पूरा गरेका हुन्। हाल्यान्डले पछिल्ला सात खेलमा १० गोल गरिसकेका छन्। यसअघि अक्टोबरमा घाइते भएका कारण उनले केही खेल गुमाएका थिए। अंक तालिकाको दोस्रो स्थानको डर्टमन्डको १३ खेलबाट ३० अंक भएको छ। शीर्ष स्थानको वायर्न म्युनिखको ३१ अंक छ।  ...
एसियन यू-१४ र्‍याङकिङ टेनिस प्रतियोगिता सर्किट-२ : स्वर्णमा नेपालको ‘क्लिन स्विप’

एसियन यू-१४ र्‍याङकिङ टेनिस प्रतियोगिता सर्किट-२ : स्वर्णमा नेपालको ‘क्लिन स्विप’

खेलकुद
एसियन यू-१४  र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को चारै स्पर्धामा नेपालले स्वर्णमा ‘क्लिन स्विप’ गरेको छ। बिहीबार सिंगल्स फाइनलको ब्वाइज  र गर्ल्स दुवैमा नेपाली खेलाडीले शीर्ष स्थान हात पार्दै स्वर्णमा नेपालले ‘क्लिन स्विप’ गरेको हो। बुधबार ब्वाइज  र गर्ल्स डबल्समा नेपाली जोडीले शीर्ष स्थानमाथि कब्जा जमाएका थिए। Advertisement नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्स फाइनलमा नेपालका सक्षमविक्रम शाहले नेपालका दर्शिल श्रेष्ठलाई ६–१ र ६–० को सोझो सेटमा सहजै पराजित गरे । पाकिस्तानका अमिर मुहम्मद खान मजारी र भारतका सिद्धार्थ जिबु संयुक्त रुपमा तेश्रो भए। सातदोबाटोस्थित टेनिस कम्प्लेम्समा भएको गल्र्स सिंगल्स फाइनलमा नेपालकी सुनिरा थापाले नेपालकै प्रशंसा मोक्तानलाई ६–४ र ७–६ (३) को सेटमा हराइन्। नेपालकी आद्या ...
च्याम्पियन्स लिगमा लिभरपुलको लगातार पाँचौ जित

च्याम्पियन्स लिगमा लिभरपुलको लगातार पाँचौ जित

खेलकुद
यसअघिनै च्याम्पियन्स लिगको नकआउट चरणमा पुगिसकेको इंग्लिस क्लब लिभरपुलले लगातार पाँचौ जित निकालेको छ। Advertisement गए राति पोर्चुगिज क्लब एफसी पोर्टोलाई २-० गोल अन्तरमा हराउँदै लिभरपुलले च्याम्पियन लिगमा विजयी यात्रा कायमै राखेको हो। लिभरपुलको जितमा थियागो अलकान्तारा र मोहम्मद सलाहले एक-एक गोल गरे। दुवै गोल दोस्रो हाफमा भएको थियो । पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको घरेलु टोलीले दोस्रो हाफमा २ गोल गरेको थियो। खेलको ५२औं मिनेटमा अलकान्ताराले गोल गर्दै लिभरपुललाई सुरूआती अग्रता दिलाए। खेलको ७०औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुलको जित पक्का गरे। जितपछि समूह ‘बी’ मा अपराजित रहेको लिभरपुलको ५ खेलबाट १५ अंक जोडेको छ। पराजित पोर्टो ५ अंक जोडेर दोस्रो स्थानमा छ। ...
काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन पुस पहिलो साता

काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन पुस पहिलो साता

खेलकुद
काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) को आयोजनामा कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप पुस ६ देखि ९ गतेसम्म त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने भएको छ। च्याम्पियनसिपमा ८ वटा कर्पोरेट हाउसका टिमहरूले लिगकम नकअउटको आधारमा प्रतिस्पर्धा गर्नेछन्। Advertisement च्याम्पियनसिपमा नेपाल ब्याडमिन्टन संघ (एनबीए) को वरीयताको आधारमा देशकै उत्कृष्ट ८–८ महिला र पुरुष खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। व्यक्तिगत/प्राविधिक कारण वरीयता प्राप्त खेलाडी अनुपस्थित रहेमा त्यसपछिका वरीयताको आधारमा उत्कृष्ट खेलाडीले प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन्। च्याम्पियनसिपका प्रत्येक टिममा वरीयता प्राप्त महिला र पुरुष १–१ खेलाडी हुनेछन्। टिमका अन्य खेलाडी कर्पोरेट हाउसकै हुनुपर्नेछ। एक टिममा ६ देखि ८ जना खेलाडी हुनेछन्। करिब ४९ लाख ४६ हजार रुपैयाँ लाग्ने काठमाडौं टिम च्याम्...