२०८२ पुष १

खेलकुद

हाल्यान्डले बनाए अर्को रेकर्ड

हाल्यान्डले बनाए अर्को रेकर्ड

खेलकुद
नर्वेका फरवार्ड इर्लिङ हाल्यान्डले एकपछि अर्को रेकर्ड बनाइरहेका छन्। Advertisement बोरुसिया डर्टमन्डका फरवार्ड हाल्यान्ड शनिबार राति जर्मन बुन्डेस लिगामा ५० गोल पूरा गर्ने कान्छा खेलाडी बने। शनिबार वुल्फ्सवर्गलाई डर्टमन्डले ३-१ गोलले हराउँदा हाल्यान्डले तेस्रो गोल गरेका थिए। हाल्यान्डले बुन्डेस लिगामा २१ वर्ष १२९ दिन उमेरमा ५० गोल पूरा गरेका हुन्। हाल्यान्डले पछिल्ला सात खेलमा १० गोल गरिसकेका छन्। यसअघि अक्टोबरमा घाइते भएका कारण उनले केही खेल गुमाएका थिए। अंक तालिकाको दोस्रो स्थानको डर्टमन्डको १३ खेलबाट ३० अंक भएको छ। शीर्ष स्थानको वायर्न म्युनिखको ३१ अंक छ।  ...
एसियन यू-१४ र्‍याङकिङ टेनिस प्रतियोगिता सर्किट-२ : स्वर्णमा नेपालको ‘क्लिन स्विप’

एसियन यू-१४ र्‍याङकिङ टेनिस प्रतियोगिता सर्किट-२ : स्वर्णमा नेपालको ‘क्लिन स्विप’

खेलकुद
एसियन यू-१४  र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को चारै स्पर्धामा नेपालले स्वर्णमा ‘क्लिन स्विप’ गरेको छ। बिहीबार सिंगल्स फाइनलको ब्वाइज  र गर्ल्स दुवैमा नेपाली खेलाडीले शीर्ष स्थान हात पार्दै स्वर्णमा नेपालले ‘क्लिन स्विप’ गरेको हो। बुधबार ब्वाइज  र गर्ल्स डबल्समा नेपाली जोडीले शीर्ष स्थानमाथि कब्जा जमाएका थिए। Advertisement नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्स फाइनलमा नेपालका सक्षमविक्रम शाहले नेपालका दर्शिल श्रेष्ठलाई ६–१ र ६–० को सोझो सेटमा सहजै पराजित गरे । पाकिस्तानका अमिर मुहम्मद खान मजारी र भारतका सिद्धार्थ जिबु संयुक्त रुपमा तेश्रो भए। सातदोबाटोस्थित टेनिस कम्प्लेम्समा भएको गल्र्स सिंगल्स फाइनलमा नेपालकी सुनिरा थापाले नेपालकै प्रशंसा मोक्तानलाई ६–४ र ७–६ (३) को सेटमा हराइन्। नेपालकी आद्या ...
च्याम्पियन्स लिगमा लिभरपुलको लगातार पाँचौ जित

च्याम्पियन्स लिगमा लिभरपुलको लगातार पाँचौ जित

खेलकुद
यसअघिनै च्याम्पियन्स लिगको नकआउट चरणमा पुगिसकेको इंग्लिस क्लब लिभरपुलले लगातार पाँचौ जित निकालेको छ। Advertisement गए राति पोर्चुगिज क्लब एफसी पोर्टोलाई २-० गोल अन्तरमा हराउँदै लिभरपुलले च्याम्पियन लिगमा विजयी यात्रा कायमै राखेको हो। लिभरपुलको जितमा थियागो अलकान्तारा र मोहम्मद सलाहले एक-एक गोल गरे। दुवै गोल दोस्रो हाफमा भएको थियो । पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको घरेलु टोलीले दोस्रो हाफमा २ गोल गरेको थियो। खेलको ५२औं मिनेटमा अलकान्ताराले गोल गर्दै लिभरपुललाई सुरूआती अग्रता दिलाए। खेलको ७०औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुलको जित पक्का गरे। जितपछि समूह ‘बी’ मा अपराजित रहेको लिभरपुलको ५ खेलबाट १५ अंक जोडेको छ। पराजित पोर्टो ५ अंक जोडेर दोस्रो स्थानमा छ। ...
काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन पुस पहिलो साता

काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन पुस पहिलो साता

खेलकुद
काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) को आयोजनामा कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप पुस ६ देखि ९ गतेसम्म त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने भएको छ। च्याम्पियनसिपमा ८ वटा कर्पोरेट हाउसका टिमहरूले लिगकम नकअउटको आधारमा प्रतिस्पर्धा गर्नेछन्। Advertisement च्याम्पियनसिपमा नेपाल ब्याडमिन्टन संघ (एनबीए) को वरीयताको आधारमा देशकै उत्कृष्ट ८–८ महिला र पुरुष खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। व्यक्तिगत/प्राविधिक कारण वरीयता प्राप्त खेलाडी अनुपस्थित रहेमा त्यसपछिका वरीयताको आधारमा उत्कृष्ट खेलाडीले प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन्। च्याम्पियनसिपका प्रत्येक टिममा वरीयता प्राप्त महिला र पुरुष १–१ खेलाडी हुनेछन्। टिमका अन्य खेलाडी कर्पोरेट हाउसकै हुनुपर्नेछ। एक टिममा ६ देखि ८ जना खेलाडी हुनेछन्। करिब ४९ लाख ४६ हजार रुपैयाँ लाग्ने काठमाडौं टिम च्याम्...
लुम्बिनीमाथि कर्णालीको सानदार जित

लुम्बिनीमाथि कर्णालीको सानदार जित

खेलकुद
वाई-वाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णालीले सानदार जित हात पारेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा कर्णालीले लुम्बिनीलाई १४० रनको फराकिलो अन्तरले पराजित गरेको हो। कर्णालीले दिएको २३३ रनको लक्ष्य पछ्याएको लुम्बिनी २३.५ ओभरमा ९२ रनमा अलआटउ भयो। Advertisement लुम्बिनीका लागि ओपनर आकाश त्रिपाठीले १५ रन जोडे। प्रज्वल थापाले २८ रन र दुर्गेश गुप्ताले २० रन जोडे। अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।  बलिङमा कर्णालीका प्रकाश जैसीले ५ विकेट लिए। युनिस सिंहले ३ विकेट र अनुज चुनाराले २ विकेट हात पारे। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरको कर्णालीले ८ विकेट क्षतिमा २३२ रन जोड्यो। कर्णालीका लागि सुवास ऐरले ७६ रनको योगदान दिए। उनले ९० बलमा ९ चौका र ३ छक्का हिर्काए।  कप्तान निश्चल रावलले ४४ रन जोडे। उनले ९९...
चिनियाँ टेनिस स्टार पेङको किन भइरहेको छ विश्वभर चर्चा?

चिनियाँ टेनिस स्टार पेङको किन भइरहेको छ विश्वभर चर्चा?

खेलकुद
चिनियाँ टेनिस स्टार पेङ सुआई पछिल्लो समय अन्तर्राष्ट्रिय मिडिया तथा खेलकुदबृत्तमा चर्चामा छिन्। उनले लगाएको आरोपले खेल जगतमा हलचल ल्याइदिएको छ भने चीनको राजनीतिको विषयमा पनि प्रश्न उठाइएका छन्।  सुआई चीनकी महिला टेनिस खेलाडी हुन् जो महिला डबल्सको वरीयतामा शीर्ष स्थानमा पुग्न सफल भएकी थिइन्। महिला टेनिस संघ (डब्लूटिए) को फेब्रुअरी २०१४ को डबल्स वरीयतामा उनी नम्बर एकमा थिइन्। त्यसअघि उनले विम्बल्डन टेनिसमा महिला डबल्स स्पर्धामा ताइवानी पार्टनर से सू-वेसँग मिलेर स्वर्ण जितेकी थिइन्।  Advertisement ३५ वर्षीय सुआईले डबल्समा स्पर्धामा २३ भन्दा बढी उपाधि जितेकी थिइन्। उनी सन् २०११ मा सिंग्लसतर्फ १४औं वरीयतासम्म पुगेकी थिइन्। यो चिनियाँ टेनिस खेलाडीको उच्च वरीयता हो।  उनले पछिल्लो पटक २०२० मा कतारमा डब्लूटिएको प्रतियोगिता खेलेकी थिइन्।&nbs...
लुम्बिनीका हुसेनले लिए एकै खेलमा ७ विकेट

लुम्बिनीका हुसेनले लिए एकै खेलमा ७ विकेट

खेलकुद
आजदेखि सुरू वाई-वाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले सानदार जित निकालेको छ। मंगलबार मुलपानीमा भएको आफ्नो पहिलो खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको हो। Advertisement टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी १४.२ ओभरमा २३ रनमै अलआउट भएको थियो। गण्डकीका लागि कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। जसमा सात ब्याटसम्यान शून्यमै पेभिलियन फर्के। उसका लागि अर्जुन कुमालले ६ रन र विष्णु पाण्डेले ५ रन जोडे। गण्डकीलाई सस्तैमा अलआउट गर्ने क्रममा लुम्बिनीका मोहमद हुसेनले ७ विकेट लिए। उनले ७ ओभरमा १ मेडन राख्दा १४ रन खर्चिए। हुसेनले चार ब्याट्सम्यानलाई बोल्ड गर्दा तीन जनालाई क्याच गराएका थिए। तीव्र गतिका बलर हुसेनले पाँच ब्याट्सम्यानलाई शून्यमै सिकार बनाएका थिए।  दुर्गेश गुप्ता र वासिर अहमेदले...
प्रधानसेनापति राष्ट्रिय टेनिस मंसिर अन्तिम साता

प्रधानसेनापति राष्ट्रिय टेनिस मंसिर अन्तिम साता

खेलकुद
नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको आयोजनामा प्रथम प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता मंसिर २७ गतेदेखि हुने भएको छ। Advertisement प्रतियोगितामा खुलातर्फ ४, भेट्रानतर्फ ७ र इन्टर–गोभरमेन्टलतर्फ १ गरी जम्मा १२ स्पर्धामा खेल खेलाइने आयोजक केन्द्रका केन्द्रपति एवं महासेनानी मुनल बस्नेतले भद्रकालीस्थित सैनिक मुख्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। बाह्रै स्पर्धामा नगद पुरस्कार राखिएको छ। कुल नगद पुरस्कार राशी ७ लाख २९ हजार रुपैयाँ रहेको छ। खुल्लातर्फ  पुरुष/महिला सिंगल्स र डबल्समा प्रतिस्पर्धा हुने छ। यो विधाको कुल पुरस्कार राशी ३ लाख ७० हजार रुपैयाँ छ। पुरुष÷महिला सिंगल्स विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेश्रोले १५/१५ हजार नगद पुरस्कार पाउने छन्। पुरुष/महिला डबल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमश...
ए डिभिजन लिग : आर्मी र पुलिसको बराबरी

ए डिभिजन लिग : आर्मी र पुलिसको बराबरी

खेलकुद
सहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले बराबरी खेलेका छन्। Advertisement सोमबार दशरथ रंगशालामा भएको खेलमा आर्मी र पुलिसले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको थियो। खेलमा पुलिसले पहिले अग्रता लियो। खेलको ५१ मिनेटमा सन्तोष हेमरामले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए। फ्रिकिक बलमा उनले हेडमार्फत गोल गरेका थिए। आर्मीले ६१ मिनेटमा बराबरी गोल फर्काउन सफल भयो। आर्मीका लागि विवेक बस्नेतले बराबरी गोल गरे। उनले डिबक्स बाहिरबाट हानेको प्रहारलाई पुलिसका गोलकिपरले रोक्ने कुनै मौका नै पाएनन्। खेलमा आर्मीका सेसेहाङ आङदेम्बे प्लेयर अफ दि म्याच घोषित भए।  ...
म्यानचेस्टर युनाइटेडका प्रशिक्षक सोल्सर बर्खास्त

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक सोल्सर बर्खास्त

खेलकुद
इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले प्रशिक्षक ओला गुनर सोल्सरलाई बर्खास्त गरेको छ। प्रिमियर लिगअन्तर्गत वाटफोर्डसँग ४-१ गोलले पराजित भएको २४ घन्टा बित्न नपाउँदै सोल्सर बर्खास्तगीमा परेका हुन्। Advertisement युनाइटेडले प्रिमियर लिगका पछिल्ला सात मध्ये एक खेलमा मात्र जित हात पारेको छ। युनाइटेड लिगको अंक तालिकामा सातौं स्थानमा छ भने शीर्ष स्थानको चेल्सीभन्दा १२ अंकले पछि छ। सोल्सरलाई बर्खास्त गरेसँगै युनाइटेडले पहिलो टिमका प्रशिक्षक माइकल क्यारिकलाई अस्थायी प्रशिक्षकको जिम्मेवारी दिएको छ। युनाइटेडले यहि मंगलबार च्याम्पियन्स लिगमा स्पेनिस क्लब भिल्लारियलसँग खेल्दैछ। भिल्लारियलसँग खेलेपछि युनाइटेडले प्रिमियर लिगमा चेल्सी र आर्सनलसँग खेल्नेछ। सोल्सारले सन् २०१८ को डिसेम्बरमा क्लबको प्रशिक्षकको जिम्मेवारी पाएका थिए। तत्कालिन...