२०८० चैत्र १४

टंकलाल घिसिङ राष्ट्रिय खेलकुद परिषद्‌को सदस्यसचिव नियुक्त

राष्ट्रिय खेलकुद परिषद्‌को सदस्यसचिवमा टंकलाल घिसिङ नियुक्त भएका छन्।


Advertisement


सोमबार बसेको मन्त्रिपरिषद्‌को बैठकले घिसिङलाई सदस्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि आइतबार युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको छनोट समितिले घिसिङसहित अच्युतम लामिछाने र ममता श्रेष्ठलाई सदस्यसचिव नियुक्त गर्न सिफारिस गरेको थियो।

माओवादी केन्द्रको बागमति प्रदेश कमिटीका सदस्य समेत रहेका घिसिङ नेपाल रग्बी संघका अध्यक्ष हुन्।

रामेछापका घिसिङ एसियाली रग्बिको कार्यकारी बोर्ड सदस्य तथा एसिया रग्बीको‘अडिट एन्ड रिस्क कमिटी’को प्रमुख हुन्।

उनलाई सदस्यसचिव नियुक्त गर्न माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेका थिए।

सोमबारको मन्त्रिपरिषद् बैठकअघि प्रचण्डले घिसिङलाई नियुक्त गर्न प्रधानमन्त्रीलाई भनेका थिए।

यसअघिका सदस्यसचिव रमेशकुमार सिलवाललाई सरकारले बर्खास्त गरेको थियो। तत्कालिन प्रधानमन्त्री केपी ओलीका निकट सिलवाललाई सोधिएको स्पष्टीकरण चित्त नबुझेको भन्दै सरकारले बर्खास्त गरेको थियो।

Copy link
Powered by Social Snap