


नर्वेका फरवार्ड इर्लिङ हाल्यान्डले एकपछि अर्को रेकर्ड बनाइरहेका छन्।
Advertisement



बोरुसिया डर्टमन्डका फरवार्ड हाल्यान्ड शनिबार राति जर्मन बुन्डेस लिगामा ५० गोल पूरा गर्ने कान्छा खेलाडी बने।
शनिबार वुल्फ्सवर्गलाई डर्टमन्डले ३-१ गोलले हराउँदा हाल्यान्डले तेस्रो गोल गरेका थिए।
हाल्यान्डले बुन्डेस लिगामा २१ वर्ष १२९ दिन उमेरमा ५० गोल पूरा गरेका हुन्।

हाल्यान्डले पछिल्ला सात खेलमा १० गोल गरिसकेका छन्।
यसअघि अक्टोबरमा घाइते भएका कारण उनले केही खेल गुमाएका थिए।
अंक तालिकाको दोस्रो स्थानको डर्टमन्डको १३ खेलबाट ३० अंक भएको छ। शीर्ष स्थानको वायर्न म्युनिखको ३१ अंक छ।





