२०८३ कार्तिक १२

काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन पुस पहिलो साता

काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) को आयोजनामा कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप पुस ६ देखि ९ गतेसम्म त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने भएको छ।

च्याम्पियनसिपमा ८ वटा कर्पोरेट हाउसका टिमहरूले लिगकम नकअउटको आधारमा प्रतिस्पर्धा गर्नेछन्।


Advertisement


च्याम्पियनसिपमा नेपाल ब्याडमिन्टन संघ (एनबीए) को वरीयताको आधारमा देशकै उत्कृष्ट ८–८ महिला र पुरुष खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।

व्यक्तिगत/प्राविधिक कारण वरीयता प्राप्त खेलाडी अनुपस्थित रहेमा त्यसपछिका वरीयताको आधारमा उत्कृष्ट खेलाडीले प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन्।

च्याम्पियनसिपका प्रत्येक टिममा वरीयता प्राप्त महिला र पुरुष १–१ खेलाडी हुनेछन्। टिमका अन्य खेलाडी कर्पोरेट हाउसकै हुनुपर्नेछ। एक टिममा ६ देखि ८ जना खेलाडी हुनेछन्।

करिब ४९ लाख ४६ हजार रुपैयाँ लाग्ने काठमाडौं टिम च्याम्पियनसिपमा विजेता टिमका वरीयता प्राप्त खेलाडीले ७५ हजार, उपविजेताले ६० हजार, तेस्रोले ५५ हजार र चौथोले ४ हजार ५०० सय पाउनेछन्।

खेलाडीको आयस्रोत बृद्ध गर्ने उद्देष्यले वरीयता प्राप्त खेलाडीलाई दर्ता हुनेबित्तिकै २० हजार दिने व्यवस्था छ। प्रत्येक खेलमा म्याच फि २,५०० दिइनेछ। समूह चरणबाटै बाहिरिने खेलाडीले पनि ३५ हजारसम्म प्राप्त गर्न सक्नेछन्। 

कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप २०२१ कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण)
१. मेन्स सिंगल्स (एनबीएको वरीयतामा शीर्ष ८ खेलाडी)
२. वुमेन्स सिंगल्स (एनबीएको वरीयतामा शीर्ष ८ खेलाडी)
३. कर्पोरेट डबल्स (कर्पोरेट हाउसमा कम्तीमा २ वर्षयता कार्यरत)
४. मेन्स डबल्स (वरीयता प्राप्त खेलाडी र कर्पोरेट हाउसमा आबद्ध)
 ५. वुमेन्स डबल्स (वरीयता प्राप्त खेलाडी र कर्पोरेट हाउसमा आबद्ध

५ इभेन्ट्समध्ये ३ इभेन्ट्स जित्ने टिमले खेल जित्नेछ ।
 


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap