२०८१ बैशाख १४

पिएसजीको उत्कृष्ट पुनरागमन जित, शीर्ष स्थानमा १२ अंकको अग्रता

फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले १२ अंकको अग्रता बनाएको छ।


Advertisement


लिग अन्तर्गत आइतबार राति अवे मैदानमा भएको खेलमा पिएसजीले सेन्ट–एतिएनीलाई ३–१ ले हराउँदै १५ खेलबाट १३औं जित निकालेको हो।

लिगमा १ खेल हार व्यहोरेको पिएसजीले ४० जोड्दा दोस्रो स्थानमा रहेको रेनेशले २८ अंक जोडेको छ।

गएराति खेलको २३ औं मिनेटमा बोएन्गाको गोलबाट घरेलु टोलीले सुरूआती अग्रता लिएको थियो। तर ४५ औं मिनेटमा कोलोड्जिएक्जाक सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको थियो । त्यसको प्रत्यक्ष फाइदा पिएसजीले उठायो।

मार्क्वीनहोसले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। 

खेलको ७९ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै २-१ को अग्रता दिलाए। त्यसपछि खेलको अन्त्यमा दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा मार्क्वीनहोसले गोल गर्दै पिएसजीलाई सानदार पुनरागमन जित दिलाए।

Copy link
Powered by Social Snap