२०८३ कार्तिक ११

च्याम्पियन्स लिगमा लिभरपुलको लगातार पाँचौ जित

यसअघिनै च्याम्पियन्स लिगको नकआउट चरणमा पुगिसकेको इंग्लिस क्लब लिभरपुलले लगातार पाँचौ जित निकालेको छ।


Advertisement


गए राति पोर्चुगिज क्लब एफसी पोर्टोलाई २-० गोल अन्तरमा हराउँदै लिभरपुलले च्याम्पियन लिगमा विजयी यात्रा कायमै राखेको हो।

लिभरपुलको जितमा थियागो अलकान्तारा र मोहम्मद सलाहले एक-एक गोल गरे। दुवै गोल दोस्रो हाफमा भएको थियो ।

पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको घरेलु टोलीले दोस्रो हाफमा २ गोल गरेको थियो।

खेलको ५२औं मिनेटमा अलकान्ताराले गोल गर्दै लिभरपुललाई सुरूआती अग्रता दिलाए। खेलको ७०औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुलको जित पक्का गरे।

जितपछि समूह ‘बी’ मा अपराजित रहेको लिभरपुलको ५ खेलबाट १५ अंक जोडेको छ। पराजित पोर्टो ५ अंक जोडेर दोस्रो स्थानमा छ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap