२०८३ आश्विन १५

सातदोबाटोलाई हराउँदै हिमालयन शेर्पा पाँचौ स्थानमा उक्लियो

सातदोबाटो युथ क्लवलाई हराउँदै हिमालयन शेर्पा क्लव राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलको पाँचौ स्थानमा उक्लिएको छ।


Advertisement


सोमबार दशरथ रंगशालमा भएको खेलमा हिमालयन शेर्पा क्लवले सातदोवाटो युथ क्लवमाथि १-० गोलअन्तरको कठिन जित निकालेको हो।

‍शेर्पाका कप्तान विश्वास श्रेष्ठले पहिलो हाफको अन्त्यतिर पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो। 

खेलको ४४ औं मिनेटमा पिटर सेगुनले त्रिदेव गुरूङलाई डि बक्सभित्र फल गरेपछि शेर्पाले पेनाल्टी पाएको थियो। उक्त अवसरलाई कप्तान श्रेष्ठले खेर फालेनन्।

खेलको अन्तिम समयमा विदेशी खेलाडी मार्टिन नाङ्गाले पेनाल्टीमा गोल गर्न नसक्दा सातदोबाटोले बराबरीको मौका गुमायो।

यो जितसँगै सात खेलबाट ११ अंक जोडेको शेर्पा लिगको पाँचौं स्थानमा उक्लिएको छ। 

समान खेलबाट ८ अंक जोडेको सातदोबाटो आठौं स्थानमा झरेको छ। 
 

Copy link