२०८१ बैशाख ११

दक्षिण अफ्रिका भारतविरुद्ध बलियो अवस्थामा

भारतविरूद्धको दोस्रो टेस्टमा घरेलु टोली दक्षिण अफ्रिका जित नजिक पुगेको छ।

२ सय ४० रनको मध्यम विजयी लक्ष्य पछ्याएको अफ्रिका तेस्रो दिनको समाप्तिमा ४० ओभरमा ११८–२ को बलियो अवस्थामा छ। दक्षिण अफ्रिकालाई अब जितको लागि १ सय २२ रन आवश्यक छ।


Advertisement


दक्षिण अफ्रिका कप्तान डिन एल्गर ४६ रनमा अविजित रहँदा रास्सी भान डर डुसेस ११ रन बनाएर खेलिरहेका छन्।

यसअघि ओपनर एडेन मारक्रमले ३१ रन बनाएर आउट भए भने किगन पिटरसनले २८ रन जोडे।

भारतका लागि तीव्र गतिका बलर शार्दुल ठाकुर र रविचन्द्रन आश्विनले १-१ विकेट लिए।

त्यसअघि तेस्रो दिन नै भारत दोस्रो इनिङमा २ सय ६६ रनमा अल आउट भयो। भारतका लागि अजिक्या रहाणेले सर्वाधिक ५८ रन बनाए। चेतेश्वर पुजाराले ५३ रन जोडेका थिए। तेस्रो विकेटका लागि रहाणे र पुजाराले १ सय ११ रनको शतकीय साझेदारी गर्दै राम्रो योगफलको सम्भावना देखाएपनि त्यसपछिका ब्याटर चल्न नसक्दा भारत मध्यम योगफलमा समेटियो।

हनुमा विहारी ४० रनमा अविजित रहँदा शार्दुल ठाकुर २८, मयंक अग्रवाल २३, रविचन्द्रन आश्विन १६ र कप्तान लोकेश राहुल ८ रनमा आउट भए। 

दक्षिण अफ्रिका तीव्र गतिका बलर कागिसो रबाडा र लुन्गी एनगिडी र मार्को ज्यानसनले समान ३–३ विकेट लिए। 

दक्षिण अफ्रिका पहिलो इनिङमा २ सय २९ रनमा अल आउट भएको थियो। समग्रमा भारतले २७ रनको अग्रता लिएको थियो।

दक्षिण अफ्रिका किगन पिटरसनले सर्वाधिक ६२ रन बनाएका थिए। टेम्बा बभुमाले ५१ रन बनाउँदा अन्य खेलाडी सस्तैमा आउट भए।

कप्तान डिएन एल्गरले २८ रन बनाउँदा मार्को ज्यानसन, केशव महाराज र विकेटकिपर काइल भेरेनेले समान २१–२१ रन बनाए।

घरेलु टोलीलाई सस्तैमा रोक्न भारतका तीव्र गतिका बलर शार्दुल ठाकुरले सर्वाधिक ७ विकेट लिए। उनले १७.५ ओभरमा ३ मेडन राख्दै ६१ रन खर्चिए। दक्षिण अफ्रिकाविरुद्ध कुनै पनि भारतीय बलरले एक इनिङमा गरेको यो नै उत्कृष्ट प्रदर्शन हो। 

यस्तै मोहम्मद शामीले २ र जस्प्रित बुमराहले १ विकेट लिएका थिए।

पहिलो पारीमा भारतीय टिम २०२ रनमा अलआउट भएको थियो। उसका लागि कप्तान केएल राहुलले मात्र अर्धशतकीय पारी खेल्न सकेका थिए। उनले १३३ बलमा ९ चौकासहित सर्वाधिक ५० रन बनाएका थिए।

विराट कोहलीको अनुपस्थितिमा दोस्रो टेष्टमा राहुलले कप्तानी गरिरहेका हुन्। त्यस्तै, रविचन्द्रन आश्विनले ४४, मयंक अग्रवालले २६, हनुमा बिहारीले २० र ऋषभ पन्तले १७ रनको योगदान दिएका थिए। जसप्रित बुमराहले ११ बलमा एक छक्का र दुई चौकासहित अविजित १४ रन बनाए ।

बलिङमा मार्को जेनसनले चार, कागिसो रबाडा र दाउने ओलिभियरले समान तीन-तीन विकेट लिएका थिए।

तीन खेलको सिरिजमा भारतले १-० को अग्रता बनाएको छ । पहिलो खेलमा उसले घरेलु टोली दक्षिण अफ्रिकालाई ११३ रनले हराएको थियो । भारत लगातार दोस्रो खेल जित्दै एक म्याच अगावै सिरिज जित्न चाहन्छ । दक्षिण अफ्रिका भने सिरिजमा जीवित रहन दोस्रो खेल जित्नैपर्ने दबाबमा छ ।

Copy link
Powered by Social Snap