२०८१ बैशाख ११

सन्दीपले लिए २ विकेट

नेपालका लेग स्पिनर सन्दीप लामिछानेले बुधबार अस्ट्रेलियाको बिग ब्यास लिगमा दुई विकेट लिएका छन्।  

बुधबार एडिलेड स्ट्राइकर्सविरूद्धको खेलमा होबार्ट हरिकेन्सका बलर सन्दीपले दुई विकेट लिएका हुन्। उनले ४ ओभर बलिङ गर्दा २२ रन खर्चिए। ८ बल डट फ्याँकेका सन्दीपले १ चौका मात्र दिए।


Advertisement


सन्दीपले एडिलेडका हेनरी हन्टलाई १८ रन र माट रेनशलाई १९ रनमा आउट गरे।

खेलमा सन्दीप आबद्ध हरिकेन्स ७ विकेट पराजित भयो। पहिले ब्याटिङ गरेको हरिकेन्सले १ बल बाँकी छदा  १२६ रनमा आउट भए। 

१२७ रनको लक्ष्य एडिलेडले १५.१ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो।

जारी लिगमा हरिकेन्स ९ खेलबाट १७ अंक जोड्दै चौथो स्थानमा छ। एडिलेडले १४ अंक जोडेर छेटौं स्थानमा छ।

सन्दीपले जारी लिगमा हरिकेन्सबाट सबै ९ खेल खेल्दा ८ विकेट लिएका छन्। 

Copy link
Powered by Social Snap