२०८१ बैशाख १३

दक्षिण अफ्रिका पहिलो पारीमा २०२ रनमै समेटियो भारत

दक्षिण अफ्रिकाविरूद्ध दोस्रो टेष्टको पहिलो पारीमा भारत २०२ रनमै समेटिएको छ। 


Advertisement


जोहान्सवर्गमा टस जितेर पहिले ब्याटिङ गरेको भारत पहिलो दिनको खेल नसकिँदै ६३.१ ओभरमा अलआउट भयो।

उसका लागि कप्तान केएल राहुलले सर्वाधिक अर्धशतकीय पारी खेले। उनले १३३ बलमा ९ चौकासहित ५० रन जोडे।

नियमित कप्तान विराट कोहलीको अनुपस्थितिमा दोस्रो टेष्टमा राहुलले कप्तानी गरिरहेका हुन्। त्यस्तै, रविचन्द्रन आश्विनले ४४, मयङ्क अग्रवालले २६, हनुमा बिहारीले २० र ऋषभ पन्तले १७ रनको योगदान दिए। जसप्रित बुमराहले अविजित पारी खेले । उनले ११ बलमा एक छक्का र दुई चौकासहित अविजित १४ रन जोडे। 

भारतका लागि अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

भारतलाई सस्तैमा रोक्न अफ्रिकाका मार्को जेनसनले चार विकेट लिए। यस्तै कागिसो रबाडा र दाउने ओलिभियरले समान तीन-तीन विकेट हात पारे।

यसैबीच सोमबार नै पहिलो दिनको सुरूआत गरेको घरेलु टोलीले १ विकेट गुमाएर ३५ रन जोडेको छ। उसका लागि कप्तान डिन इल्गर ११ रन बनाएर आउट भए। क्रिजमा मार्करम र किगन पिटरसन छन्।

तीन खेलको सिरिजमा भारतले १-० को अग्रता बनाएको छ। पहिलो खेलमा उसले घरेलु टोली दक्षिण अफ्रिकालाई ११३ रनले हराएको थियो । भारत लगातार दोस्रो खेल जित्दै एक म्याच अगावै सिरिज जित्न चाहन्छ। दक्षिण अफ्रिका भने सिरिजमा जीवित रहन दोस्रो खेल जित्नैपर्ने दबाबमा छ।

Copy link
Powered by Social Snap