२०८१ बैशाख १४

प्रधानमन्त्री कप टी-२० फर्म्याटमा,आर्मी र पुलिस एउटै समूहमा

आगामी फेब्रुअरीमा ओमानमा हुने आइसिसी टी-२० विश्वकप छनोटको तयारीका लागि प्रधानमन्त्री कपलाई टी-२० फर्म्याटमा खेलाइने भएको छ।


Advertisement


यसअघि एकदिवसीय फर्म्याटमा हुँदै आएको प्रतियोगिता यसपटक भने टी-२० फर्म्याटमा हुने भएको हो। यसका लागि राष्ट्रिय खेलकुद परिषद्ले अनुमति दिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

क्यानका अनुसार विश्वकप छनोटको तयारीका लागि प्रधानमन्त्री कपलाई टी-२० फर्म्याटमा झारिएको हो। 

प्रतियोगितमा १० टिमबीच प्रतिस्पर्धा हुँदैछ। 

समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश १ परेका छन्। 

यस्तै समूह ‘बी’ मा नेपाल एपिएफ क्लब, प्रदेश २,  बागमति प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। 

खेलहरू त्रिवि मैदान कीर्तिपुर र मूलपानी मैदानमा हुनेछन्। 

आगामी सोमबारदेखि हुने प्रतियोगिताको पहिलो दिन नै त्रिवि र मुलपानीमा दुई दुई गरी चार खेल हुनेछन्।

९ दिन चल्ने प्रतियोगिताको समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन्। फाइनल माघ ५ गते हुनेछ।

खेल तालिका

Copy link
Powered by Social Snap