२०८० चैत्र १५

नेपालले बंगलादेशको कराते च्याम्पियनसिपमा जित्यो चार स्वर्ण

बंगलादेशमा सम्पन्न बि–जी कराते च्यामिपयनसिप २०२१ मा नेपाल सितेरियो करातेले ४ स्वर्ण पदक हात पार्न सफल भएको छ।


Advertisement


मुजिबको सयौं जन्मोत्सवको अवसरमा बंगलादेश गोजुरियो कराते महासंघको सहयोग तथा बंगालदेश बशप संघको आयोजनामा भएको प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीमा डिजेन डोल्मा लामा रहेकी छिन्। लामाले कुमिते र कातामा गरि २ स्वर्ण प्राप्त गरेकी हुन्।

यस्तै पासाङ्ग तामाङ्गले ७० केजी तौलको कातामा स्वर्ण हात पारेको टिम ब्यवस्थापक रामकुमार श्रेष्ठले जानकारी गराए। श्रेष्ठका अनुसार स्वर्ण प्राप्त गर्ने अन्यमा ग्याल्मो सोमिका लामा पनि रहेकी छिन्। उनले ३५ केजी तौलको कुमिते तर्फ स्वर्ण प्राप्त गरेकी छिन्।

नेपाली टोलीले २ रजत र ५ कास्य पदक पनि जोडेको छ। पासाङ्ग तामाङ्ग  ७० केजी  र राजदेव बमजन ६५ केजी रहेका छन्। दुवैले कुमितेतर्फ रजत प्राप्त गरेका हुन्।

कास्य पदक प्राप्त गर्नेमा रविन्द्र कुँवरले खुल्ला तर्फ, युरोडिस रोक्का ६० केजी, उमेश भण्डारी ५५ केजी, रविना ४५ केजी तथा उमङ्ग बुढाथोकी १४ बर्ष मुनि उमेर समूह रहेका छन्।

च्याम्पियनसिपमा छत्रबहादुर आले मगर, रामचन्द्र गुरुङ्ग, नारायण श्रेष्ठ, प्रकाश तामाङ्ग लामा, मिङ्गमा तामाङ्ग र गणेशलाल श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए।

बंगलादेश गएको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोईराला र राखेपका सदस्य पुरेन्द्र विक्रम लाखेले बिदाई गरेका थिए ।

Copy link
Powered by Social Snap