२०८१ बैशाख १३

रोहित शर्माको कप्तानीमा वेस्ट इन्डिजविरूद्धको एकदिवसीय र टी-ट्वान्टी सिरिजका लागि टिम घोषणा

आगामी फेब्रुअरी ६ बाट सुरू हुने वेस्ट इन्डिजविरुद्धको एकदिवसीय र टी-ट्वान्टी सिरिजका लागि भारतले टिम घोषणा गरेको छ ।


Advertisement


बीसीसीआईले बुधबार रोहित शर्माको कप्तानीमा सिरिजका लागि नयाँ टोली घोषणा गरेको हो।

टोलीमा चोटको कारण दक्षिण अफ्रीकाविरूद्धको सिरिज गुमाएका कप्तान रोहित शर्मा र बलर कुलदीप यादव फर्किएका छन्।

यस्तै दिपक होडा र रवि विश्नोई पहिलो पटक भारतको एकदिवसीय टोलीमा अटाएका छन्। सिरिजमा तिब्र गतिका बलर जसप्रित बुमराह र मोहम्मद शामीलाई आराम दिइएको छ।

घरेलु मैदान भारतले वेस्ट इन्डिजविरुद्ध ३ खेलको एकदिवसीय समान टी-ट्वान्टी सिरिज खेल्नेछ।

पहिलो एकदिवसीय आगामी फेब्रुअरी ६ मा अहमदावादमा हुनेछ। एकदिवसीयपछिस भारतले फेब्रुअरी १६ बाट टी-ट्वान्टी सिरिज कोलकत्तामा खेल्नेछ।

यसअघि भारतले दक्षिण अफ्रिका विरूद्धको ओडिआई सिरिज गुमाएको थियो।

Copy link
Powered by Social Snap