२०८१ बैशाख १३

इरान लगातार तेस्रो पल्ट विश्वकपमा छनोट

तेहरान — इरान आगामी नोभेम्बरमा कतारमा हुने विश्वकप फुटबलका लागि छनोट हुने पहिलो एसियाली देश भएको छ । मेहदी तारेमीको निर्णायक गोलमा इरानले बिहीबार इराकलाई १–० ले हराएको हो । ड्राग स्कोकिचको टिमका लागि उनले दोस्रो हाफको तेस्रो मिनेटमा गोल गरे ।


Advertisement


यसअघि प्रशिक्षकसँगको विवादका कारण उनलाई टिमबाट हटाइएको थियो । तर स्कोकिचले इराकविरुद्धको खेलका लागि उनलाई टिममा फिर्ता बोलाएका थिए । आजदी स्टेडियममा प्राप्त यस जितपछि इरान एसियाली छनोटको समूह ए को शीर्ष स्थानमा रह्यो ।

इरान विश्वकपमा छनोट भएको यो लगातार तेस्रो पल्ट हो । यसअघि उसले ब्राजिल र रुसमा भएको विश्वकपमा पनि खेलेको थियो । समग्रमा भने इरान विश्वकपमा छनोट भएको यो छैटौं पल्ट हो ।

यही एसियाली छनोटबाट दक्षिण कोरिया पनि विश्वकप छनोटको नजिक पुगेको छ । उसले बिहीबारकै खेलमा लेबनानलाई १–० ले पराजित गरेको थियो ।

Copy link
Powered by Social Snap