२०८१ बैशाख ८

सुदीप र आकाशको राष्ट्रिय टोलीमा डेब्यु

काठमाडौं । सातदोबाटो युथ क्लबका मिडफिल्डर सुदीप गुरुङ र आकाश बुढामगरले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् ।


Advertisement


शनिबार नेपाल र मोरिससबीचको मैत्रीपूर्ण फुटबल खेलमा सुदीप ८५औँ मिनेटमा सुरजज्यू ठकुरीको स्थानमा मैदानमा छिरेका थिए । सातदोबाटो युथबाट जारी लिगमा उत्कृष्ट प्रदर्शन गरेका सुदीप पहिलोपटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेका थिए । पहिलोपटक नै उनी राष्ट्रिय टोलीमा डेब्यु गर्न सफल भए ।

एन्फा एकेडेमीका आकाश थापामगरले पनि पहिलोपटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाएका थिए । पहिलोपटक नवप्रवेशी सातदोबाटो युथ क्लबबाट शीर्ष डिभिजनको लिग खेलेका आकाश प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको नजरमा परेका हुन् ।

नेपालको यू–१५, यू–१८, यू–१९ टोलीबाट खेलिसकेका आकाशले एन्फा एकेडेमीपछि यू–१८ ललित स्मृति भने एपीएफ क्लबबाट खेलेका थिए । मध्यभागमा बल होल्ड गर्दै काउन्टर अट्याकमा विपक्षीलाई दबाब बनाउन माहिर आकाशले जारी लिगमा नौ खेलमा दुईपटक परिवर्तन हुँदा ६९२ मिनेट खेलेका छन् ।

आकाश नेपाली फुटबलको शीर्ष लिगमा पहिलोपटक स्थान बनाएको टोलीबाट राष्ट्रिय टोलीसम्मको यात्रा गर्ने सीमितमध्ये एक खेलाडी समेत हुन् ।

Copy link
Powered by Social Snap