२०८१ बैशाख १५

लाम्पार्ड एभर्टनको प्रशिक्षक

काठमाडौं । इङ्ल्यान्डका पूर्व मिडफिल्डर फ्रांक लाम्पार्ड इङलिस प्रीमियर लिगको क्लब एभर्टनको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । 


Advertisement


एभर्टनले लाम्पार्डलाई साढे दुई वर्षका लागि अनुबन्ध गरेको बीबीसीले जनाएको छ । ४३ वर्षीय लाम्पार्डले एभर्टनमा राफेल बेनिटेजलाई प्रतिस्थापन गरेका हुन् । एभर्टनले जनवरीको सुरुमा बेनेटेजलाई बर्खास्त गरेको थियो । बेनिटेजको प्रशिक्षणमा एभर्टनले १३ खेलमा एक खेलमात्र जितेको थियो ।

लाम्पार्ड एक वर्षअघि चेल्सीबाट बर्खास्तमा भएपछि क्लबविहीन बनेका थिए । लाम्पार्ड बर्खास्त भए पछि थोमस टुचेलले चेल्सीको प्रशिक्षण सम्हालेका थिए । 

“एभर्टन जस्तो क्लबको प्रशिक्षण सम्हाल्न पाउँनु मेरो लागि गर्वको कुरा हो,” लाम्पार्डले भने, “यहाँ काम सुरु गर्न म आतुर छु ।”

एभर्टनले लाम्पार्डको प्रशिक्षणमा एफए कपमा ब्रेन्टफोर्डविरूद्ध घरेलु मैदान गुडिसन पार्कमा खेल्नेछ ।

Copy link
Powered by Social Snap