


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष वीरबहादुर खड्काले अध्यक्ष कर्माछिरिङ शेर्पा र महासचिव इन्द्रमान तुलाधरको बयान लिने भएका छन् ।
Advertisement



उपाध्यक्ष खड्काले हवाई टिकट ‘इडिट’ गरी रकम हिनामिना गरेको भन्दै वित्तLय निर्देशक निरञ्जन शाह, लेखा अधिकृत सञ्जिव पाण्डेसँग अध्यक्ष शेर्पा र महासचिव तुलाधरको बयान लिन लागेका हुन् ।

“माघ १८ गते मैले अध्यक्ष शेर्पा लगायतका पदाधिकारीलाई बयानका लागि एन्फा मुख्यालयमा बोलाएको छु,” उपाध्यक्ष खड्काले भने, “बयान लिइसकेपछि अब बस्ने कार्यसमितिको बैठकमा प्रतिवेदन पेस गर्नेछु ।”
गत पुस २२ गते सम्पन्न एन्फा कार्यसमिति बैठकले पेस्की फर्छ्यौटको विषयमा छानबिन गर्न खड्काको संयोजकत्वमा समिति गठन गरेको थियो ।


