एकै खेलमा तीन कीर्तिमान बनाएका करण भन्छन्- भविष्यमा अझै ४-५ ह्याट्रिक गर्न प्रयास गर्छु
नेपाल राष्ट्रिय क्रिकेट टिमका तीव्र गतिका बलर करण केसीका लागि बिहीबार विशेष दिन बन्यो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा पपुवा न्युगिनी (पिएनजी) विरूद्धको टी-२० खेलमा करणले ह्याट्रिक लिएर कीर्तिमान बनाए।
नेपालको ५०औं टी-२० अन्तर्राष्ट्रिय खेलमा करणले आफ्नो करिअरको पनि ५०औं टी-२० अन्तर्राष्ट्रिय विकेट लिन सफल भए।
टी-२० अन्तर्राष्ट्रियमा ह्याट्रिक लिने पहिलो नेपाली बलर बनेका करणको बलिङ टी-२० अन्तर्राष्ट्रियमा नेपालका लागि उत्कृष्ट बलिङ समेत हो।
Advertisement
नेपाल ३७ रनले विजयी भएको खेलमा करणले ह्याट्रिकसहित पाँच विकेट लिँदा २१ रन दिए।
करणले २०औं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा पिएनजीको लगातार विकेट लिएर ह्याट्रिक गरेका थिए। उनले पिएनजीका चाड सोपरलाई अन्तिम ओभरको दोस्रो बलमा २ रन, अताइलाई तेस्रो बलमा श...









