२०८३ कार्तिक १२

विश्वकप लिग-२: नेपालले पपुवा न्युगिनीलाई हरायो

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको छ। नेपालले मंगलबार दुबईमा भएको खेलमा पपुवा न्युगिनीलाई  ७ विकेटले पराजित गरेको हो।


Advertisement


पपुवा न्युगिनीले दिएको १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो।

नेपालका लागि दुई ब्याट्सम्यानले अर्धशतक प्रहार गरे। ओपनर कुशल भुर्तेलले ५० रन जोडे। उनले ६४ बलम ४ चौका र १ छक्का प्रहार गरे। 

आरिफ शेख पनि एकदिवसीय खेलमा पहिलो अर्धशतक पूरा गर्न सफल भए। उनले नटआउट ५९ रन जोड्ने क्रममा १०२ बल खेलेर ४ चौका हिर्काए।

त्यसअघि आसिफ शेख २ रनमा आउट भएका थिए। कुशल आउट भएकै ओभरमा दीपेन्द्रसिंह ऐरी शून्यमा आउट भएका थिए।

यस्तै रोहित पौडेलले पनि नटआउट ४४ रन जोडे। उनले ४८ बलमा ५ चौका प्रहार गरे।

त्यसअघि दुबई अन्तर्राष्ट्रिय रंगशालामा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले ८ विकेटको क्षतिमा १७३ रन जोड्यो।

पपुवा न्युगिनीका ओपनर टोनी उरा ६ रनमा आउट हुँदा उनका ओपनिङ पार्टनर लेगा सिएकाले २० रन जोडे।

कप्तान असद भालाले सबैभन्दा बढी ४५ रनको योगदान गरे। आरिफ शेखको बलमा विकेटकिपर विनोद भन्डारीबाट क्याच हुनुअघि उनले ९६ बलमा ३ चौका हिर्काए।

चार्ल्स अमिनी १३ रन, रेली हेकुरी १ रन, सेसे बाउ १९ रन, नोर्मान भानुआ १८ रन र सिमोन अताइ २ रनमा आउट भए। चाड सोपरले नटआउट २२ रन र काबुआ मोरिआले नटआउट १७ रन जोडे।

बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले २-२ विकेट लिए। सन्दीपले १० ओभरमा २९ रन दिए भने सोमपालले १० ओभरमै ३७ रन खर्चिए।

करण केसी, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले १-१ विकेट हात पारे।

युएईमा भएको त्रिकोणात्मक सिरिजमा चार मध्ये नेपालले दुई खेलमा जित र दुई खेलमा हार बेहोर्‍यो। नेपालले पहिलो खेलमा पपुवा न्युगिनीमाथि २ विकेटको जित निकालेको थियो।

त्यसपछिका दुवै खेलमा नेपाललाई युएईले पराजित गर्‍यो। खराब ब्याटिङ गर्दा नेपाल पहिलो खेलमा ४८ रन र दोस्रो खेलमा ९९ रनले पराजित भएको थियो।

लिग-२ को अंक तालिकामा ‌ओमान शीर्ष स्थानमा छ। ओमानको २८ खेलबाट ३६ अंक छ। युएई अंक तालिकामा दोस्रो स्थानमा छ। उसले १८ खेलबाट २२ अंक जोडेको छ। तेस्रो स्थानको स्कटल्यान्डको १२ खेलबाट १६ अंक  छ।

चौथो स्थानको नामिबियाको १४ खेलबाट १४ अंक र पाँचौ स्थानको अमेरिकाको १६ खेलबाट १४ अंक छ। छैटौं स्थानको नेपालले १२ खेलबाट १२ अंक जोड्दा पुछारको पपुवा न्युगिनीले १६ खेलबाट २ अंक जोडेको छ।

त्रिकोणात्मक सिरिज खेल तालिका
नेपाल भर्सेस पपुवा न्युगिनी – चैत २ – शारजाह-  नेपाल २ विकेटले विजयी
नेपाल भर्सेस युएई –  चैत ४- दुबई  – नेपाल ४८ रनले पराजित
नेपाल भर्सेस युएई – चैत ७ – दुबई- नेपाल ९९ रनले पराजित 
नेपाल भर्सेस पपुवा न्युगिनी – चैत ८ – दुबई‍- नेपाल ७ विकेटले विजयी


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap