२०८३ कार्तिक १३

राजविराजले जित्यो प्रथम टी-२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि

विराटनगर महानगरपालिकाको आयोजना तथा होराइजन क्रिकेट क्लबको संयोजनमा विराटनगरमा भएको प्रथम टी-२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश-२ को सप्तरी राजविराजले जितेको छ।


Advertisement


विराटनगर-१९ मा रहेको झापा वैजनाथपुरको खेल मैदानमा शनिबार भएको फाइनल खेलमा प्रदेश-२ को जनकपुर उपमहानगरपालिकालाई १० रनले पराजित गर्दै उपाधि राजविराजले मेयर कपको उपाधि जितेको हो।

उपाधि जितेको राजविराजले नगद १ लाख १ हजार तथा ट्रफी हात पारेको छ भने उपविजेता जनकपुरले ५१ हजार र ट्रफीमा चित्त बुझाएको छ।

टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ९७ रनको सामान्य स्कोर खडा गरेको थियो। राजविराजका लागि विवेक यादवले २१ बनाउँदा मेहबुब आलमले १४ रन, अभिहेक कार्कीले १३ रन र अमित यादवले ११ रन बनाए।

जनकपुरका सुमन रायले ४ ओभरमा ए रन दिएर ३ विकेट लिँदा सुजित मण्डल र रुपेश यादवले २-२ विकेट तथा विशाल सुस्लिङले १ विकेट लिए।

९८ रनको सामान्य रनको लक्ष पाएको जनकपुर पूरै २० ओभर खेल्दै ८७ रनमा सीमित भयो। जनकपुरका लागि विशाल सुस्लिङले ३३ रन जोड्दा विक्रान्त यादवले अविजित १९ रन तथा अकवर अली र रन्जित यादवले ११-११ रनको योगदान दिए।

राजविराजका विकास दासले ३ विकेट लिँदा विवेक यादवले २ विकेट र मेहबुब आलमले १ विकेट लिए। फाइनल खेलको म्यान अफ द फाइनल राजविराजका अलराण्डर खेलाडी विवेक यादव घोषित भए।

त्यस्तै, म्यान अफ द सिरिज जनकपुरका हरिशंकर साह घोषित भए। उनले नगद ११ हजार पुरस्कार पाए।

उत्कृष्ट ब्याटर राजविराजका विकाश दास र राजविराजकै अनिल यादव भए।

विजयी तथा अन्य खेलाडीलाई विरानगर महानगरपालिकाका प्रमुख भीम पराजुली, राखेपका पूर्वसदस्य सचिव सुधीर अर्याल, होराइजन क्रिकेट क्लबका अध्यक्ष सुनिल पौडेल, नेपालका पूर्वअन्तर्राष्टिय खेलाडी पारस लुनियालगायतले पुरस्कार प्रदान गरेका थिए।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap