२०८१ बैशाख ८

जोमसोममा जेठ पहिलो साता अन्तर्राष्ट्रिय हाई अल्टिच्यूट ट्राइ एड्भेञ्चर

मुस्ताङको जोमसोममा ‘प्रधानसेनापति प्रथम अन्तर्राष्ट्रिय हाई अल्टिच्यूट ट्राइ एड्भेञ्चर कम्पिटिसन’ हुने भएको छ । आगामी जेठ ७ गते हुने प्रतियोगितामा स्वदेशका १५ र विदेशी १० टिमको सहभागिता रहने छ। 


Advertisement


प्रतियोगिताका बारेमा जानकारी दिन नेपाली सेना, सैनिक शारीरिक तालिम तथा खेलकूद  केन्द्रद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा दौड, साइक्लिनिङ र आरोहण विधा समावेश गरिएको जानकारी दिइयो।

पुरुष र महिला विधाका लागि बेग्ला–बेग्लै आयोजना हुने प्रतियोगितामा सहभागी टिमले १०० मिटर आरोहण, ४.७५ दौड र १५.३५ साइक्लिनिङ दूरी पूरा गर्नुपर्ने छ । अन्तर्राष्ट्रिय प्रतियोगीकारुपमा भारत, पाकिस्तान, श्रीलङ्का, बेलायत,  बङ्गलादेश, अमेरिका, माल्दिभ्स, दक्षिण कोरिया, चीन र इजरायलका सैनिक टोलीले भाग लिने सेनानी राजीव चन्दले जानकारी दिए।

प्रतियोगितमा पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमश ः रु तीन लाख, दुई लाख र एक लाख नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ। महिलातर्फ पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमश ः रु एक लाख, ७५ हजार र ५० हजार नगद र प्रमाणपत्र प्राप्त गर्ने छन्। 

प्रतियोगिता दुई हजार ७०० मिटरदेखि तीन हजार २०० मिटर उचाईसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा भाग लिन चाहने टिमका लागि यही चैत १९ र २० गते दर्ताका लागि समय तोकिएको छ। एड्भेञ्चर स्पोर्टस् उच्चस्तरको जोखिम समावेश रहेको खेल हो । सेनाले एड्भेञ्चर स्पोर्टस् अन्तर्गत वार्षिक दुई अन्तर्राष्ट्रियस्तरको एड्भेञ्चर दौड आयोजना  गर्दैआएको छ। 

नेपालमा सहासिक खेलकूदका माध्यमबाट पर्यटन प्रवद्र्धनमा योगदान पुर्‍याउने र नेपाली खेलाडीको सहासिक खेलमा क्षमता अभिवृद्धि गर्ने हेतुले प्रतियोगिता आयोजना गरिएको पत्रकार सम्मेलनमा महासेनानी मुनाल बस्नेतले जानकारी दिए। सेनाले यसअघि विसं २०७४ र २० ७५ मा राष्ट्रियस्तरमा एड्भेञ्चर स्पोर्टस् सञ्चालन गरेको थियो।

Copy link
Powered by Social Snap