२०८३ कार्तिक १३

१० खेलाडीमा समेटिएको फ्रान्कफुर्टसँग बार्सिलोना बराबरीमा रोकियो

बार्सिलोना युरोपा लिग अन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा बराबरीमा रोकिएको छ। जर्मनीको फ्रान्कफुर्ट बार्सिलोनाले १० खेलाडीमा समेटिएको घरेलु टोली फ्रान्कफुर्टसँग १–१ गोलको बराबरी खेलेको हो।


Advertisement


घरेलु टोलीका लागि अन्सगर नाफले गोल गर्दा बार्सिलोनाका फेरान टोरेसले बराबरी गोल फर्काएका थिए।

पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफमा दुबै टोलीले १-१ गोल गरेका थिए। खेलको ४८औं मिनेटमा अन्सगर नाफको गोल गर्दै घरेलु टोलीलाई सुरूआती अग्रता दिलाएका थिए।

एक गोलले पछि परेको बार्सिलोनाले ६६औं मिनेटमा बराबरी गोल फर्कायो। उसका लागि फेरान टोरेसले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

अन्तिम १२ मिनेट घरेलु टोली १० खेलाडीमा समेटियो। तर पनि पाहुना टोली बार्सिलोनाले त्यसको फाइदा उठाउन सकेन। पेड्रीमाथि फउल गरेपछि टुटा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए। त्यसपछि खेलमा थप गोल नहुँदा १-१ गोलको बराबरीमा टुंगियो ।

यो बराबरीसँगै दुवै टोलीको सेमिफाइनल पुग्ने सम्भावना उत्तिकै छ। तर बार्सिलोनालाई अवे गोलको फाइदा हुन सक्नेछ। दोस्रो लेगमा यही नतिजा कायम रहे बार्सिलोना अवे गोलको आधारमा अघि बढ्नेछ ।

दोस्रो लेग आगामी अप्रिल १४ मा बार्सिलोनाको घरेलु मैदान नोउक्याम्पमा हुनेछ। 


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap