२०८३ कार्तिक १३

पूर्वखेलाडी पेमाले स्थापना गरिन् खेलाडी सम्मानका लागि अक्षयकोष

पूर्वफुटबल खेलाडी पेमा डोल्मा लामाले महिला फुटबल खेलाडीहरुको सम्मानका लागि अक्षय कोषको स्थापना गरेकी छिन्।


Advertisement


हाल एन्फा सदस्य, एन्फा महिला समितिकी सदस्य एवं महिला फुटबल संघकी महासचिव समेत रहेकी पेम्बाले आफूले विभिन्न प्रतियोगिताका दौरान प्राप्त भत्ता तथा अन्य रकममा थप गरि ३ लाख बराबरको अक्षय कोष स्थापना गरेकी हुन्।

उनले यस रकमबाट वार्षिक रुपमा ब्याज बापत प्राप्त रकम हरेक वर्ष महिला दिवश (मार्च ८) का दिन एक जना पुराना वा नयाँ महिला खेलाडीहरुलाई पुरस्कृत गर्ने जनाएकी छिन्।

यसका लागि उनले एक छनोट समिति निर्माण गर्ने र उक्त समितिको सिफारिसमा पुरस्कृत गर्ने समेत जनाएकी छिन्।

यसरी सम्मान गर्नुको मुख्य उद्देश्य पुराना महिला खेलाडीहरुले फुटबल विकासमापुर्‍याएको योगदानको कदर र नयाँ खेलाडीहरुलाई फुटबल खेल प्रति हौसला प्रदान गर्दै प्रोत्साहित गर्नु रहेको बताइन्।

उनले आउँदा दिनमा यस अक्षय कोषमा रकम थप गर्दै जाने समेत जानकारी गराइन्। दुई दशक देखि फुटबलमा सक्रिय उनी सहायक रेफ्री र रेफ्रि इन्स्ट्रक्टर समेत रहिसकेकी छिन्।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap