२०८३ असार १४

खेलकुद

‘प्रशिक्षकले क्याम्प छाडेर जा भनेपछि बाध्य भयौं’

‘प्रशिक्षकले क्याम्प छाडेर जा भनेपछि बाध्य भयौं’

खेलकुद
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले बन्द प्रशिक्षण छाडेर जान भनेपछि आफूहरू बन्द प्रशिक्षण छाड्न बाध्य भएको राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट बिद्रोह गरेका खेलाडीले बताएका छन् । Advertisement बिद्रोह गरेका खेलाडीहरुले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रशिक्षक अलमुताईरीले पटक पटक क्याम्प छाडेर जान भनेपछि आफूहरू बाध्य भएर प्रशीक्षण छाडेको बताएका हुन्। पटक पटक विवादमा पर्दै आएका अलमुताइरीसँग खेलाडीको विवाद भने पहिलो पटक सार्वजनिक भएको हो। एएफसी एसियन कप छनोट २०२३ को छनोट चरणको तयारीमा रहेको फुटबल टोलीका ९ सिनियर खेलाडीले प्रशिक्षक अलमुताइरीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै मंगलबार प्रशिक्षण क्याम्प छाडेका थिए। राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङको अनुपस्थितिमा टोलीको नेतृत्व सम्हालिरहेका मिडफिल्डर रोहित चन्दलाई क्याम्प छोड्न भनेपछि असन्...
च्याम्पियन्स लिग : भिल्लारियलविरूद्धको पहिलो लेगमा लिभरपुल विजयी

च्याम्पियन्स लिग : भिल्लारियलविरूद्धको पहिलो लेगमा लिभरपुल विजयी

खेलकुद
युरोपियन च्याम्पियनस लिगअन्तर्गत सेमिफाइनलको पहिलो खेलमा लिभरपुल विजयी भएको छ। Advertisement इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब भिल्लारियललाई २-० गोलले पराजित गरेको हो। लिभरपुलको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। ५३ मिनेटमा इस्टुपिनानले आत्मघाती गोल गरेपछि  लिरभपुलले अग्रता लिन सफल भयो। लिभरपुलका जोर्डन हर्नान्डेजको क्रस रोक्ने क्रममा इस्तुपिनानले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए। ५५ मिनेटमा साडियो मानेले लिभरपुलको अग्रता दोब्बर पारेका थिए। उनले सलाहको पासमा गोल गरेका थिए। यसअघि अर्को सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले रियल म्याड्रिडलाई ४-३ गोलले हराएको थियो। दुवै सेमिफाइनलको दोस्रो लेग आगामी साता हुनेछ। ...
नवौं राष्ट्रिय खेलकुद : गण्डकीका सबै जिल्लामा खेल हुने

नवौं राष्ट्रिय खेलकुद : गण्डकीका सबै जिल्लामा खेल हुने

खेलकुद
सरकारले आगामी जेठ २२ देखि २८ गतेसम्म नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको छ। अघिल्लो वर्ष हुनुपर्ने प्रतियोगिता कोरोनाका कारण स्थगन भएपछि जेठ अन्तिम साता गण्डकी प्रदेशमा गर्ने निर्णय गरेपछि प्रतियोगिताको तयारी थालिएको छ।  गण्डकीमा हुने प्रतियोगितामा पुराना ३५ सहित रग्बी र ठेलो खेल थप गर्ने प्रस्ताव गरिएको छ। आयोजक प्रदेशले यहाँको मौलिक दोहोरी तथा लोक नृत्यलाई पनि प्रतियोगितामा थप गर्न प्रस्ताव गरेको छ। प्रतियोगिताका अधिकांश खेल पोखरामा सञ्चालन हुने भए पनि प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक खेल सञ्चालन गरिने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ। Advertisement ‘सबै जिल्लामा कम्तीमा एउटा खेल सञ्चालन गर्ने गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा प्रस्ताव पठाएका छौं’, समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले भने...
सुपरस्टार फेरि ‘फ्लप’, २० वर्षीय युवा ब्याट्सम्यानको सानदार प्रदर्शन

सुपरस्टार फेरि ‘फ्लप’, २० वर्षीय युवा ब्याट्सम्यानको सानदार प्रदर्शन

खेलकुद
आइपिएल-२०२२ मा मंगलबार राति भएको राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीचको खेल प्रतिस्पर्धात्मक हुने विश्वास गरिएको थियो। एकातर्फ राजस्थान रोयल्सका जोस बटलरले थिए। जसले यो सिजन अहिलेसम्म तीन शतक प्रहार गरेका छन्, बटलरसँगै कप्तान सन्जु सामसन र शिमरोन हेटमायर जस्ता उत्कृष्ट ब्याट्सम्यान राजस्थानका आसा थिए। अर्कोतर्फ बैंगलोरमा विराट कोहली, फाप डु प्लेसिस, ग्लेन म्याक्सवेल र दिनेश कार्तिक जस्ता प्रतिभावान ब्याट्सम्यान थिए। तर खेलमा दुवै टोलीका सुपरस्टार खेलाडी असफल भए। २० वर्षीय युवा ब्याट्सम्यान रियान परागले राजस्थानका स्टार खेलाडीको असफलताको पूरा फाइदा उठाए। Advertisement पहिले ब्याटिङ गरेको राजस्थानले ८ विकेटको क्षतिमा १४४ रनको सामान्य योगफल खडा गरेको थियो। जवाफी ब्याटिङ गरेको बैंग्लोर ३ खेल खेल्न बाँकी छदा ११५ रनमै अलआउट हुँदा २९ रनले पर...
विश्व महिला बक्सिङमा नेपालका चार खेलाडी भिड्ने

विश्व महिला बक्सिङमा नेपालका चार खेलाडी भिड्ने

खेलकुद
विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालका चार खेलाडी भिड्ने भएका छन्। विश्व बक्सिङमा सहभागी हुने खेलाडीलाई नेपाल बक्सिङ संघले बन्द प्रशिक्षणका लागि बोलाएको छ। Advertisement अन्तर्राष्ट्रिय बक्सिङ्ग संघ विश्व महिला बक्सिङ च्याम्पियनसिप -२०२२  मे ६ देखि २१ सम्म टर्कीकाे इस्तानबुल शहरमा हुँदैछ। १२ औं संस्करणको च्याम्पियनसिपमा नेपालका लागि ४८ केजी ताैल समूहमा सुष्मा तामाङ, ५२ केजी ताैल समूहमा १३ औं साग स्वर्णधारी मिनु गुरुङ, ५७ केजी ताैल समूहमा चन्द्रकला थापा र ६० केजी ताैल समुहमा १३ औं साग स्वर्ण रजत पदक विजेता पुनम रावलले प्रतिस्पर्धा गर्नेछन्। सहभागी ४ जना खेलाडी थाइल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ्ग च्याम्पियनसिप खेलेर आएका खेलाडी हुन्। जस मध्ये पुनम रावलले कास्य पदक जितेकी थिइन्। रावलले जितेकाे पदक १२ वर्ष पछि...
खेलाडीलाई आर्थिक सहयोग

खेलाडीलाई आर्थिक सहयोग

खेलकुद
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)अन्तर्गत रहेको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले मंगलबार स्वास्थ्योपचार गराइरहेका विभिन्न पाँच खेलका ६ खेलाडीलाई आर्थिक सहयोग प्रदान गरेको छ । ६ खेलाडीलाई गरी कुल पाँच लाख ५६ हजार ८४३ रुपैयाँ सहयोग गरिएको हो । Advertisement नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक जिताएका एथलेटिक्सका जितबहादुर केसी र कराँतेका विष्णु नेपालीलाई समान एक लाख २५ हजार रुपैयाँ प्रदान गरियो । भलिबलकी रिया कुँवरलाई ६३ हजार ९२९, आईटीएफ तेक्वान्दोका दीपक गौतमलाई ८७ हजार ९१४, कराँतेकी कोपिला विष्टलाई ७५ हजार र ब्याडमिन्टनकी सीमा राजवंशीलाई ८० हजार रुपैयाँ सहयोग गरिएको हो । जितबहादुरको हातमा चोट लागेको थियो । विष्णुलाई पक्षघात भएको थियो भने रिया, सीमा र कोपिलाको घुँडामा चोट लागेको थियो । दीपकलाई काँघको समस्या छ । कोषका अध्यक्ष तथा राखे...
चेन्नईमाथि पञ्जाबको जित

चेन्नईमाथि पञ्जाबको जित

खेलकुद
काठमाडौं । शिखर धवनले अविजित ८८ रन बनाएपछि पञ्जाब किंग्सले सोमबार राति इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सलाई ११ रनले हराएको छ ।  Advertisement मुम्बईको वाङ्खडे रंगशालामा टस हारेर ब्याटिङका निम्त्याइको पञ्जाबले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १८७ रन बनाएको थियो । १८८ रनको लक्ष्य पछ्याएको चेन्नईले ६ विकेट गुमाएर १७६ रनमात्र बनाउन सक्यो ।  आठ खेलमा पञ्जाबको यो चौथो जित हो । पञ्जाब छैटौं स्थानमा छ । चेन्नईको भने यो छैटौं हार हो । चार अंक जोडेको चेन्नई पुछारबाट दोस्रो स्थानमा छ ।  धवनले ५९ बलमा ९ चौका र २ छक्कासहित ८८ रन बनाए । भानुका राजापाक्क्षेले ४२ रन बनाए । धवन र राजापाक्क्षेले दोस्रो विकेटका लागि ११० रनको साझेदारी गरेका थिए । लियाम लिभिङस्टोनले १९ र कप्तान मयांक अग्रवालले १८ रन बनाए । चेन्नईका ड्वानी ब्राभोले दुई र महीश...
सौगात र पुरन सेमिफाइनलमा

सौगात र पुरन सेमिफाइनलमा

खेलकुद
गण्डकी प्रदेशका सौगात कुमाल र एपीएफका पुरन राई गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ५७ केजीमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन्। Advertisement वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको क्वाटरफाइनलमा सौगातले मधेश प्रदेशका अमन अली तथा पुरनले लुम्बिनी प्रदेशका निशम घर्ती मगरलाई पराजित गरे। पुरुष ५२ केजीमा मधेसका मदनकृष्ण डंगोलले सुदूरपश्चिम प्रदेशका सन्दिप नाथ तथा एपीएफका प्रदीप महर्जनले बाग्मती प्रदेशका रोहित महर्जनलाई हराउदै सेमिफाइनलमा पुगे। पुरुष ६३ केजीमा नेपाल आर्मीका पुरन सुनुवारले बाग्मतीका मौसम राना मगर तथा लुम्बिनीका अनिल पुन मगरले सुदूरपश्चिमका महेन्द्र चन्दलाई पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे। बसन्तपुर डबलीमा जारी प्रतियोगिताको पुरुष ६९ केजीमा आर्मीका दानबहादुर दर्लामीले लुम्बिनीका व...
एपिएफलाई हराउँदै आर्मीले जित्यो राष्ट्रिय कबड्डीको उपाधि

एपिएफलाई हराउँदै आर्मीले जित्यो राष्ट्रिय कबड्डीको उपाधि

खेलकुद
मुख्यमन्त्री राष्ट्रिय पुरूष कबड्डी प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । Advertisement बुधबार भएको फाइनलमा अर्को विभागीय टिम नेपाल एपिएफ क्लबलाई हराउँदै आर्मीले उपाधि जितेको हो। उपाधि भिडन्तमा आर्मीले एपिएफलाई ४०–१६ ले हरायो। कैलाली जिल्ला कबड्डी संघको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले नगद एक लाख ५० हजार पुरस्कार पाएको छ। उपविजेता एफिएफले नगद ८० हजारमा चित्त बुझाएको छ। सेमिफाइनल पुगेका दुई टोली सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशले ४०/४० हजार रुपैयाँ प्राप्त गरेका छन् । सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रबर्द्धक रहेको प्रतियोगिताका विजयी खेलाडीहरुलाई दुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोविन्द बोहोरा, प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दिपकबहादुर सिंह र कैलाली जिल्ला कबड्डी संघका अध्यक्ष कम...
एसियाली खेलकुदमा पब्जीसहित ६ इस्पोर्ट्समा खेलाडी पठाउन नेपालले गर्दैछ तयारी

एसियाली खेलकुदमा पब्जीसहित ६ इस्पोर्ट्समा खेलाडी पठाउन नेपालले गर्दैछ तयारी

खेलकुद
चीनको हाङझाउमा आगामी भदौ २५ देखि असोज ९ सम्म हुने १९ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा  ३७ खेलमा प्रतिस्पर्धा हुँदैछ। Advertisement एसियाली देशहरूका लागि ओलम्पिकपछिको प्रतिष्ठित प्रतियोगिता एसियाडमा नेपालले अहिलेसम्म कुन-कुन खेलमा प्रतिस्पर्धा गर्ने टुंगो लागिसकेको छैन। अन्य खेलको कुनै तयारी नभए पनि नेपालले यसपटकदेखि थप गरिएको इस्पोर्ट्सका लागि छनोट सुरू गरिसकेको छ। एसियाडमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको इस्पोर्ट्सलाई इन्डोनेसियामा सन् २०१८ मा भएको एसियाडमा प्रदर्शनी खेलको रूपमा राखिएको थियो। यसपटक भने यसलाई आधिकारीक खेलको मान्यता दिइएको छ। ओलम्पिक काउन्सिल अफ एसिया (ओएसी) ले इस्पोर्ट्सलाई माइन्ड स्पोर्ट्स विधामा राखेको छ। माइन्ड स्पोर्ट्समा इस्पोर्ट्सहित चेससहितका खेल छन्। कम्प्युटर/मोबाइलको सहायताले भर्चुअलरूपमा खेलिने इस...