२०८२ मंसिर २२

खेलकुद

चेन्नईमाथि पञ्जाबको जित

चेन्नईमाथि पञ्जाबको जित

खेलकुद
काठमाडौं । शिखर धवनले अविजित ८८ रन बनाएपछि पञ्जाब किंग्सले सोमबार राति इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सलाई ११ रनले हराएको छ ।  Advertisement मुम्बईको वाङ्खडे रंगशालामा टस हारेर ब्याटिङका निम्त्याइको पञ्जाबले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १८७ रन बनाएको थियो । १८८ रनको लक्ष्य पछ्याएको चेन्नईले ६ विकेट गुमाएर १७६ रनमात्र बनाउन सक्यो ।  आठ खेलमा पञ्जाबको यो चौथो जित हो । पञ्जाब छैटौं स्थानमा छ । चेन्नईको भने यो छैटौं हार हो । चार अंक जोडेको चेन्नई पुछारबाट दोस्रो स्थानमा छ ।  धवनले ५९ बलमा ९ चौका र २ छक्कासहित ८८ रन बनाए । भानुका राजापाक्क्षेले ४२ रन बनाए । धवन र राजापाक्क्षेले दोस्रो विकेटका लागि ११० रनको साझेदारी गरेका थिए । लियाम लिभिङस्टोनले १९ र कप्तान मयांक अग्रवालले १८ रन बनाए । चेन्नईका ड्वानी ब्राभोले दुई र महीश...
सौगात र पुरन सेमिफाइनलमा

सौगात र पुरन सेमिफाइनलमा

खेलकुद
गण्डकी प्रदेशका सौगात कुमाल र एपीएफका पुरन राई गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ५७ केजीमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन्। Advertisement वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको क्वाटरफाइनलमा सौगातले मधेश प्रदेशका अमन अली तथा पुरनले लुम्बिनी प्रदेशका निशम घर्ती मगरलाई पराजित गरे। पुरुष ५२ केजीमा मधेसका मदनकृष्ण डंगोलले सुदूरपश्चिम प्रदेशका सन्दिप नाथ तथा एपीएफका प्रदीप महर्जनले बाग्मती प्रदेशका रोहित महर्जनलाई हराउदै सेमिफाइनलमा पुगे। पुरुष ६३ केजीमा नेपाल आर्मीका पुरन सुनुवारले बाग्मतीका मौसम राना मगर तथा लुम्बिनीका अनिल पुन मगरले सुदूरपश्चिमका महेन्द्र चन्दलाई पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे। बसन्तपुर डबलीमा जारी प्रतियोगिताको पुरुष ६९ केजीमा आर्मीका दानबहादुर दर्लामीले लुम्बिनीका व...
एपिएफलाई हराउँदै आर्मीले जित्यो राष्ट्रिय कबड्डीको उपाधि

एपिएफलाई हराउँदै आर्मीले जित्यो राष्ट्रिय कबड्डीको उपाधि

खेलकुद
मुख्यमन्त्री राष्ट्रिय पुरूष कबड्डी प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । Advertisement बुधबार भएको फाइनलमा अर्को विभागीय टिम नेपाल एपिएफ क्लबलाई हराउँदै आर्मीले उपाधि जितेको हो। उपाधि भिडन्तमा आर्मीले एपिएफलाई ४०–१६ ले हरायो। कैलाली जिल्ला कबड्डी संघको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले नगद एक लाख ५० हजार पुरस्कार पाएको छ। उपविजेता एफिएफले नगद ८० हजारमा चित्त बुझाएको छ। सेमिफाइनल पुगेका दुई टोली सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशले ४०/४० हजार रुपैयाँ प्राप्त गरेका छन् । सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रबर्द्धक रहेको प्रतियोगिताका विजयी खेलाडीहरुलाई दुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोविन्द बोहोरा, प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दिपकबहादुर सिंह र कैलाली जिल्ला कबड्डी संघका अध्यक्ष कम...
एसियाली खेलकुदमा पब्जीसहित ६ इस्पोर्ट्समा खेलाडी पठाउन नेपालले गर्दैछ तयारी

एसियाली खेलकुदमा पब्जीसहित ६ इस्पोर्ट्समा खेलाडी पठाउन नेपालले गर्दैछ तयारी

खेलकुद
चीनको हाङझाउमा आगामी भदौ २५ देखि असोज ९ सम्म हुने १९ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा  ३७ खेलमा प्रतिस्पर्धा हुँदैछ। Advertisement एसियाली देशहरूका लागि ओलम्पिकपछिको प्रतिष्ठित प्रतियोगिता एसियाडमा नेपालले अहिलेसम्म कुन-कुन खेलमा प्रतिस्पर्धा गर्ने टुंगो लागिसकेको छैन। अन्य खेलको कुनै तयारी नभए पनि नेपालले यसपटकदेखि थप गरिएको इस्पोर्ट्सका लागि छनोट सुरू गरिसकेको छ। एसियाडमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको इस्पोर्ट्सलाई इन्डोनेसियामा सन् २०१८ मा भएको एसियाडमा प्रदर्शनी खेलको रूपमा राखिएको थियो। यसपटक भने यसलाई आधिकारीक खेलको मान्यता दिइएको छ। ओलम्पिक काउन्सिल अफ एसिया (ओएसी) ले इस्पोर्ट्सलाई माइन्ड स्पोर्ट्स विधामा राखेको छ। माइन्ड स्पोर्ट्समा इस्पोर्ट्सहित चेससहितका खेल छन्। कम्प्युटर/मोबाइलको सहायताले भर्चुअलरूपमा खेलिने इस...
गणेशमान सिंह बक्सिङ आजबाट

गणेशमान सिंह बक्सिङ आजबाट

खेलकुद
काठमाडौं । गणेशमान सिंहको स्मृतिमा आयोजना गरिन लागिएको गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता मंगलबारदेखि काठमाडौंमा सुरु हुने भएको छ ।  Advertisement वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली गरी १० टिमले प्रतिस्पर्धा गर्नेछ । काठमाडौंको बसन्तपुर डबलीमा शनिबारसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक राजीव श्रेष्ठले बताए ।  ‘‘सम्पूर्ण तयारी पूरा भइसकेको छ । सातै प्रदेशका खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापक काठमाडौं आइसकेका छन्,’’ श्रेष्ठले भने । प्रतियोगितामा पुरुषतर्फ ४८, ५७, ६३, ६९, ७५, ८१, ९१ किलो गरी सातवटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी महिलातर्फ ४८, ५४—५७, ६०, ६४—६९, ६९—७५ किलो गरी पाँचवटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रति...
आइपिएलः चहल र बटलरको उत्कृष्ट प्रदर्शनमा राजस्थानको रोमान्चक जित

आइपिएलः चहल र बटलरको उत्कृष्ट प्रदर्शनमा राजस्थानको रोमान्चक जित

खेलकुद
युजभेन्द्र चहलको ह्याट्रिक र जस बटलरको शतकमा भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्समाथि ७ रनको रोमान्चक जित हात निकालेको छ। Advertisement २ सय १८ रनको विशाल लक्ष्य पछ्याएको कोलकाता १९.४ ओभरमा अलआउट हुँदै २ सय १० रन मात्र बनाउन सक्यो। कोलकाताका लागि कप्तान श्रेयस ऐरले सर्वाधिक ८५ रन बनाए। चहलको बलमा एलबिडब्लुको धरापमा पर्नुअघि उनले ५१ बल खेल्दै ७ चौका र ४ छक्का प्रहार गरेका थिए। यस्तै ओपनर आरोन फिन्चले २८ बलमा ९ चौका र २ छक्कासहित ५८ रन जोडेका थिए। दोस्रो विकेटका लागि फिन्च र श्रेयस ऐरले ९ ओभरमा १ सय ७ रनको साझेदारी गरे। उमेश यादवले २१ र नितिश रानाले १८ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। कोलकातालाई जितको लागि अन्तिम ६ बलमा ११ रन चाहिँएको थियो। क्रिजमा थिए- ८ बलमा २१ रन बनाएक...
बार्सिलोना, रेलिगेशन जोनको कार्डिजसँग स्तब्ध

बार्सिलोना, रेलिगेशन जोनको कार्डिजसँग स्तब्ध

खेलकुद
उपाधि होडमा रहेको बार्सलोना स्पेनिस ला लिगा फुटबलमा रेलिगेशन जोनको कार्डिजसँग स्तब्ध भएको छ। Advertisement गएराति भएको खेलमा कार्डिजले बार्सिलोनालाई १–० गोल अन्तरमा हराएको हो। घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफको सुरूमै गोल खाएको थियो। खेलको ४८ औं मिनेटमा लुकास पेरेजले गोल गर्दै कार्डिजलाई सुरूआती अग्रता दिलाए।  खेलमा ७५ प्रतिशत बल पोजिशन राखे पनि बार्सिलोनाले गोल गर्न नसकेपछि खेलमा फर्कन सकेन। १-० को अग्रता अन्तिमसम्म राख्न सफल कार्डिज रेलिगेशन जोनबाट बाहिर निस्कदा शीर्ष स्थानको सिटीसँग अंक दूरी छोट्याउने बार्सिलोनाको मौका गुमेको छ। ला लागिमा बार्सिलोना  ६० अंकसहित दोस्रो स्थानमा रहँदा शीर्ष स्थानमा रहेको रियल मड्रिडको ७५ अंक छ। यस्तै तेस्रो र चौथो स्थानमा रहेका सेभिल्ला र एथ्लेटिको म्या...
तेक्वान्दोको विश्व पुम्से च्याम्पियनसिपमा नेपालका पाँच खेलाडी भिड्ने

तेक्वान्दोको विश्व पुम्से च्याम्पियनसिपमा नेपालका पाँच खेलाडी भिड्ने

खेलकुद
यही अप्रिल २१ देखि २४ तारिखसम्म दक्षिण कोरियाको गोयाङ सहरमा आयोजना हुने विश्व पुम्से च्याम्पियनसिपमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। च्याम्पियनसिपमा पुरुष ५० वर्षमुनिको समूहमा रोशन खान, ४० वर्षमुनि समूहमा कमल श्रेष्ठ, ३० वर्षमुनिको समूहमा प्रेमबहादुर लिम्बू र पार्वती गुरुङ तथा जुनियरको १७ वर्षमुनिको समूहमा अब्बास अन्सारीले प्रतिस्पर्धा गर्ने छन्। च्याम्पियनसिपमा सहभागी हुन लागेका कमल र पार्वती १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुन्। च्याम्पियनसिपमा स्वर्ण जितेमा एक लाख ५० हजार, रजत पदक जितेमा एक लाख र कांस्य पदक जितेमा ५० हजार नगद पुरस्कार प्रदान गरिने बताइएको छ। च्याम्पियनसिपमा नेपाली निर्णायक नोर्बु लामाले निर्णायकको भूमिका निर्वाह गर्दैछन्।  तेक्वान्दोका सहायक प्रशिक्षक नोर्बुले पुम्से विधामा निर्णायकको भूमिका ...
चेन्नईको पाँचौ हार, शीर्ष स्थानमा गुजरातको अग्रता

चेन्नईको पाँचौ हार, शीर्ष स्थानमा गुजरातको अग्रता

खेलकुद
आइपिएल २०२२ मा चेन्नई सुपरकिंग्स पाँचौ खेलमा पराजित भएको छ। Advertisement आइतबार राति भएको खेलमा चेन्नईलाई गुजरात टाइटन्सले ३ विकेटले पराजित गर्‍यो। चेन्नईले दिएको १७० रनको लक्ष्य गुजरातले १ बल खेल्न बाँकी छदा ३ विकेटको क्षतिमा पार गर्‍यो। उसका लागि डेभिड मिल्लरले नटआउट ९४ रन जोडे। उनले ५१ बलमा ८ चौका र ६ छक्का हिर्काए। कप्तान रासिद खानले २१ बलमा ४० रनको योगदान दिए। बलिङमा चेन्नईका ड्वायन ब्राभोले ३ विकेट लिएका थिए। त्यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले ५ विकेटको क्षतिमा १६९ रन जोड्यो। चेन्नईका लागि ऋतुराज गायकवाड ७३ रन जोडे भने आम्बाती रायदुले ४६ रन तथा कप्तान रविन्द्र जडेजाले १२ बलमा नटआउट २२ रन जोडे। बलिङमा गुजरातका अल्जारी जोसेफले २ विकेट लिए। जितसँगै अंक तालिकाकी शीर्ष स्थानमा रहेको गुजरातले ६ खेलबाट १० अंक जोडेको ...
नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

खेलकुद
एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणको तयारी गरिरहेको नेपालले अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ। Advertisement अफगानिस्तानसँग दुई वटा मैत्रीपूर्ण खेल हुने पक्का भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। खेल कतारमा आगामी जेठ ११ र जेठ १५ मा हुनेछ। नेपाली टिम अहिले नेपालमै बन्द प्रशिक्षणमा छ। एक महिना स्वदेशमा अभ्यास गरेपछि नेपाली टिम कतार जानेछ। एसियन कप छनोटमा नेपाल कठिन समूहमा छ।  समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया छन्। समूहको शीर्ष टिम एसियन कपमा छनोट हुनेछ भने दोस्रो हुने टिमको पनि सम्भावना हुनेछ। नेपाल सम्मिलित समूहका खेल कुवेतमा हुनेछन्। खेलहरू जेठ २५ मा सुरु भएर जेठ ३१ मा सकिनेछन्। नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग २५ जेठमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ। यस्तै नेपालले २८ ज...