२०७९ असार १६
Advertisement

Advertisement

गणेशमान सिंह बक्सिङ आजबाट

काठमाडौं । गणेशमान सिंहको स्मृतिमा आयोजना गरिन लागिएको गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता मंगलबारदेखि काठमाडौंमा सुरु हुने भएको छ । 


Advertisement


वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली गरी १० टिमले प्रतिस्पर्धा गर्नेछ । काठमाडौंको बसन्तपुर डबलीमा शनिबारसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक राजीव श्रेष्ठले बताए । 

‘‘सम्पूर्ण तयारी पूरा भइसकेको छ । सातै प्रदेशका खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापक काठमाडौं आइसकेका छन्,’’ श्रेष्ठले भने ।

प्रतियोगितामा पुरुषतर्फ ४८, ५७, ६३, ६९, ७५, ८१, ९१ किलो गरी सातवटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी महिलातर्फ ४८, ५४—५७, ६०, ६४—६९, ६९—७५ किलो गरी पाँचवटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा प्रदेश १ बाट सात पुरुष र चार महिला, मधेस प्रदेशबाट सात पुरुष र पाँच महिला, वाग्मती प्रदेशबाट सात पुरुष र तीन महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यसैगरी गण्डकी प्रदेशबाट सात पुरुष र तीन महिला, लुम्बिनी प्रदेशबाट ६ पुरुष र चार महिला, कर्णाली प्रदेशबाट ६ पुरुष र चार महिलाले प्रतिस्पर्धा गर्नेछन् । विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट सात पुरुष र पाँच महिला, सशस्त्र प्रहरी बल (एपीएफ)बाट सात पुरुष र पाँच महिला तथा नेपाल पुलिस क्लबाट चार पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा ६५ पुरुष र ३७ महिला गरी १०२ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताका हरेक तौल समूहका विजेताले २५ हजार नगद पुरस्कार जित्नेछन् । यसैगरी दोस्रो हुनेले १५ हजार र तेस्रो हुने दुई खेलाडीले जनही सात हजार ५०० रुपैयाँ नगद पुरस्कार जित्नेछन् । यसैगरी उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र उत्कृष्ट महिला खेलाडीलाई स्कुटर प्रदान गरिने प्रतियोगिता संयोजक श्रेष्ठले बताए ।

Copy link
Powered by Social Snap