२०८३ कार्तिक १४

म्यानचेस्टर सिटीलाई हराउँदै लिभरपुल फाइनलमा

इंग्लिस प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीलाई पराजित गर्दै लिभरपुल एफए कपको फाइनलमा पुगेको छ।


Advertisement


शनिबार भएको पहिलो सेमिफाइनलमा लिभरपुलले ३-२ को जित निकाल्यो। लिभरपुलले पहिलो हाफमै तीन गोल गरेको थियो।

खेलको नवौं मिनेटमा इब्राहिमा कोनाटेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए।

 त्यसपछिका दुई गोल साडियो मानेले गरे। उनले १७ मिनेट र ४५ मिनेटमा गोल गर्दै सिटीमाथि लिभरपुल पहिलो  हाफमा हाबी भयो।

सिटीका लागि ग्रेलिसले ४७ मिनेटमा गोल फर्काए। दोस्रो हाफको इन्जुरी टाइममा बेर्नान्डो सिल्भाले सिटीका लागि दोस्रो गोल गरे। तर त्यतिबेलासम्म सिटीलाई खेलमा फर्कन ढिला भइसकेको थियो।

लिभरपुल १५औं पटक एफए कपको फाइनल पुग्न सफल भएको हो।

कपको दोस्रो सेमिफाइनलमा भोलि चेल्सी र क्रिस्टल प्यालेसबीच खेल हुनेछ। खेलको विजेताले उपाधिका लागि लिभरपुलसँग १४ मेमा प्रतिस्पर्धा गर्नेछ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap