२०८३ कार्तिक १४

नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणको तयारी गरिरहेको नेपालले अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ।



Advertisement


अफगानिस्तानसँग दुई वटा मैत्रीपूर्ण खेल हुने पक्का भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

खेल कतारमा आगामी जेठ ११ र जेठ १५ मा हुनेछ।

नेपाली टिम अहिले नेपालमै बन्द प्रशिक्षणमा छ। एक महिना स्वदेशमा अभ्यास गरेपछि नेपाली टिम कतार जानेछ।

एसियन कप छनोटमा नेपाल कठिन समूहमा छ।  समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया छन्। समूहको शीर्ष टिम एसियन कपमा छनोट हुनेछ भने दोस्रो हुने टिमको पनि सम्भावना हुनेछ।

नेपाल सम्मिलित समूहका खेल कुवेतमा हुनेछन्। खेलहरू जेठ २५ मा सुरु भएर जेठ ३१ मा सकिनेछन्।

नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग २५ जेठमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ। यस्तै नेपालले २८ जेठमा कुवेत र ३१ जेठमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।

नेपाली टिम

किरण कुमार लिम्बु (गोलकिपर), दीप कार्की (गोलकिपर), विशाल श्रेष्ठ (गोलकिपर), अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्तिमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सुरजज्यू ठकुरी, तेज तमाङ, विशाल राई


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap