२०८१ बैशाख १७

आइपिएलः चहल र बटलरको उत्कृष्ट प्रदर्शनमा राजस्थानको रोमान्चक जित

युजभेन्द्र चहलको ह्याट्रिक र जस बटलरको शतकमा भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्समाथि ७ रनको रोमान्चक जित हात निकालेको छ।


Advertisement



२ सय १८ रनको विशाल लक्ष्य पछ्याएको कोलकाता १९.४ ओभरमा अलआउट हुँदै २ सय १० रन मात्र बनाउन सक्यो।

कोलकाताका लागि कप्तान श्रेयस ऐरले सर्वाधिक ८५ रन बनाए। चहलको बलमा एलबिडब्लुको धरापमा पर्नुअघि उनले ५१ बल खेल्दै ७ चौका र ४ छक्का प्रहार गरेका थिए। यस्तै ओपनर आरोन फिन्चले २८ बलमा ९ चौका र २ छक्कासहित ५८ रन जोडेका थिए।

दोस्रो विकेटका लागि फिन्च र श्रेयस ऐरले ९ ओभरमा १ सय ७ रनको साझेदारी गरे।

उमेश यादवले २१ र नितिश रानाले १८ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

कोलकातालाई जितको लागि अन्तिम ६ बलमा ११ रन चाहिँएको थियो। क्रिजमा थिए- ८ बलमा २१ रन बनाएका उमेश यादव र ६ बलमा ६ रन बनाएका शेल्डोन ज्याक्सन। ज्याक्सनले ओवेद म्याककोयको पहिलो बलमा दुई रन लिए। दोस्रो बलमा आउट भए।  तेस्रो बलमा बरूण चक्रवर्तीले एक रन दिँदै स्ट्राइक उमेशलाई दिए। तर चौथो बलमा उमेश बोल्ड आउट भएपछि राजस्थानले रोमान्चक जित हात पारेको थियो। 

१८ बलमा कोलकातालाई ३८ रन चाहिँएको थियो । १८ औं ओभरमा उमेश यादवले टे«न्ट बोल्टलाई एक चौका र २ छक्कासहित २० रन जोडेपछि खेल थप रोचक बनेको थियो ।

राजस्थानको जिसतमा स्पिनर युजभेन्द्र चहलले ह्याट्रिकसहित ५ विकेट लिए। 

४ ओभरमा ४० रन खर्चेर ५ विकेट लिए । चहलको १६ औं ओभरको चौथो बलमा श्रेयस ऐर एलबीडब्लू आउट भए। लगत्तै अर्को बलमा शिवम माभी क्याच आउट भए र अन्तिम बलमा चहलले प्याट कमिन्सलाई कट विहान्ड गर्दै आफ्नो ह्याट्रिक पूरा गरेका थिए।

त्यसअघि सोही ओभरको पहिलो बलमा वेंकटेश ऐर स्टम्पिङ आउट भएका थिए। 

यस्तै डेब्यू खेल खेलेका आवेद म्याकोयले २ तथा रविचन्द्रन आश्विन र प्रसिद्ध कृष्णले १-१ विकेट लिएका थिए।

त्यसअघि ब्रेबोन क्रिकेट स्टेडियम मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय १७ रन बनायो। राजस्थानका लागि जस बटलरले सतकीय इनिङ्स खेले। 

जारी सिजनमा दोस्रो सतक बनाएका बटलरले ६१ बल खेलेका उनले ९ चौका र ५ छक्का सहित १ सय ३ रन बनाए।  बटलरले यस अघियसै सिजनमा मुम्बईविरुद्ध ६८ बलमा ११ चौका र ५ छक्कासहित १ सय रनको शतकीय इनिङ खेलेका थिए। 

यस्तै सन्जु शामसनले ३८, शिम्रन हेटमायरले २६ र देवदत्त पाडिक्कलले २४ रन बनाए।

ओपनर बटलर र पाडिक्कलले पहिलो विकेटका लागि ९७ रनको साझेदारी गरेका थिए।

कोलकाताका सुनिल नारायणले सर्वाधिक २ विकेट लिए। प्याट कमिन्स, शिवम माभी र आन्द्रे रसेलले समान १-१ विकेट लिए।

यो जितसहित राजस्थान दोस्रो स्थानमा उक्लिएको छ। ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंकका साथ राजस्थान दोस्रो स्थानमा उक्लिएको हो।

समान खेलमा ५ मा जित र १ मा हार सहित सर्वाधिक १० अंकका साथ गुजरात शीर्षस्थानमा छ।  यस्तै लखनऊ ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंक भए पनि नेटरनरेटमा पछि पर्दै तेस्रो स्थानमा झरेको छ। 

बेंगलोर ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंक भए पनि चौथो स्थानमा छ। हैदराबादको पनि समान ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंक भए पनि नेटरनरेटको कारण पाँचौं स्थानमा छ ।

यस्तै कोलकाता नाइट राइडर्स ७ खेलमा ३ मा जित र ४ मा हारसहित ६ अंक जोडेर छैठौं स्थानमा छ। समान अंकसहित पन्जाब सातौं स्थानमा छ।

यस्तै ५ खेलमा २ मा जित र ३ मा हार सहित ४ अंक जोडेको दिल्ली आठौं स्थानमा छ। ६ खेलमा १ मा जित र ५ मा हार सहित चेन्नई नवौं स्थानमा छ। सबै ६ खेलमा परजित मुम्बई अंकबिहीन छ।

आजको खेलमा लखनउ सुपरजाइन्ट र रोयल च्यालेन्जर्स बैंलोर खेल्दैछन्।

Copy link
Powered by Social Snap