२०८३ कार्तिक १४

बार्सिलोना, रेलिगेशन जोनको कार्डिजसँग स्तब्ध

उपाधि होडमा रहेको बार्सलोना स्पेनिस ला लिगा फुटबलमा रेलिगेशन जोनको कार्डिजसँग स्तब्ध भएको छ।


Advertisement


गएराति भएको खेलमा कार्डिजले बार्सिलोनालाई १–० गोल अन्तरमा हराएको हो।

घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफको सुरूमै गोल खाएको थियो।

खेलको ४८ औं मिनेटमा लुकास पेरेजले गोल गर्दै कार्डिजलाई सुरूआती अग्रता दिलाए। 

खेलमा ७५ प्रतिशत बल पोजिशन राखे पनि बार्सिलोनाले गोल गर्न नसकेपछि खेलमा फर्कन सकेन।

१-० को अग्रता अन्तिमसम्म राख्न सफल कार्डिज रेलिगेशन जोनबाट बाहिर निस्कदा शीर्ष स्थानको सिटीसँग अंक दूरी छोट्याउने बार्सिलोनाको मौका गुमेको छ।

ला लागिमा बार्सिलोना  ६० अंकसहित दोस्रो स्थानमा रहँदा शीर्ष स्थानमा रहेको रियल मड्रिडको ७५ अंक छ। यस्तै तेस्रो र चौथो स्थानमा रहेका सेभिल्ला र एथ्लेटिको म्याड्रिडको पनि समान ६०-६० अंक छ। यद्यपी बार्सलोनाले १ खेल कम खेलेको छ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap