२०८१ जेष्ठ ५

सामाजिक

काठमाडौंको एक मन्दिर, जहाँ सम्बन्धविच्छेदको टुंगो लगाउन निर्जला व्रत बसिन्छ

काठमाडौंको एक मन्दिर, जहाँ सम्बन्धविच्छेदको टुंगो लगाउन निर्जला व्रत बसिन्छ

देश, समाचार, सामाजिक
८ कात्तिक, काठमाडौं । मन्दिर जाने र भगवानको उपासना राम्रो र शुभ कामका लागि गरिन्छ । तर, काठमाडौंको एउटा मन्दिर जहाँ सम्बन्धविच्छेदको छिनोफानो गर्ने मेला लाग्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । एउटा कठोर जात्रा सम्पन्न गरेपछि श्रीमान् वा श्रीमतीले चाहेमा नयाँ सम्बन्ध गाँस्नेदेखि पुरानो सम्बन्धको बिट मार्नेसम्मको माहोल एउटै जुटाउने जात्रा काठमाडौंमा हरेक वर्ष मनाउने गरिन्छ । कसैसँग सम्बन्धविच्छेद वा नयाँ सम्बन्धको गाँठो कस्नेदेखि रोगव्याधी अन्त्य हुनेसम्मको विश्वास लिएर मेला भर्न आउँछन् भक्तजन । यस्तै रोचक जात्रालाई इतिहासदेखि नै अभिछिन्न बोकेर बसेको चोभारको डाँडोमा रहेको आनन्दादि लोकेश्वर मन्दिर । भित्तैभरि थामा, पित्तल र चरेसका थालैथालले ढाकेको, एउटा तले शैलीको मन्दिर, त्यसको ठीकअघि शिखर शैलीको मन्दिर र चारैतिर सत्तलहरूले ढाकेको मन्दिर परिसर यतिबेला कात्तिक जात्राका ...
युवतीमाथि सामूहिक बलात्कारको प्रयास : कपिलवस्तुमा

युवतीमाथि सामूहिक बलात्कारको प्रयास : कपिलवस्तुमा

देश, समाचार, सामाजिक
कपिलबस्तुमा एक बालिकामाथि सामूहिक बलात्कारको असफल प्रयास भएको छ । स्थानीयले दिएको जानकारी अनुसार कपिलबस्तुको शुद्धोधन गाँउ पालिका वडा नं. ६ स्थित एक गाँउमा शुक्रवार साँझ साढे ६ बजे बाख्रा चराउन गएकी १९ वर्षीया युवतीमाथि दुई युवाहरुद्वारा सामूहिक बलात्कारको असफल प्रयास भएको हो । निज युवती गाँउ नजिकै सीमानामा बाख्रा चराइरहेको बेला एकान्तको मौका छोपी सोही ठाँउ बस्ने २१ वर्षीय रोजन मुसलमान र भारतीय नागरिक निजको फुपुको छोरा २० वर्षीय कल्लु मुसलमानले दुपट्टाले मुख छोपी सामूहिक बलात्कार गरेका थिए । प्रतिकारको क्रममा उनी गम्भीर घाइते भएको वडा अध्यक्ष बिजयबहादुर यादवले जानकारी गराए । Advertisement आरोपितहरुलाई गाउँलेहरुको सहयोगमा प्रहरी नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान कार्य अगाडी बढाइएको कपिलवस्तु प्रहरी प्रवक्ता डीएसपी धर्मबहादुर भण्डारीले जानकारी ग...
जडिबुटी राख्ने भण्डार बन्दै अतिसंवेदनशील सिमकोट विमानस्थल

जडिबुटी राख्ने भण्डार बन्दै अतिसंवेदनशील सिमकोट विमानस्थल

देश, समाचार, सामाजिक, स्वास्थ्य
अतिसंवेदनशील हुम्लाको सिमकोट विमानस्थल क्षेत्रमा व्यापारीको जडिबुटी राख्ने भण्डार बनेको छ । सर्वसाधारणले विमानस्थलको निश्चित क्षेत्रबाहेक अन्यत्र जान पाउँदैनन् तर  व्यापारीको जडिबुटी ओसारपसार र भण्डारण गर्ने काम चलिरहेको छ । सिमकोट विमानस्थलको मूल प्रवेशद्वारदेखि संवेदनशील क्षेत्रसम्म व्यापारीले जडिबुटी थुपार्दा फोहोर देखिएको छ ।   विमानस्थलको खाली क्षेत्रमा जडिबुटी जिल्ला बाहिर निकासी गर्नका लागि सजिलो हुने जनाउँदै  विमानस्थलमा थुपारिएको छ । प्रत्येक दिन बिहान ७ देखि १० बजेसम्म हवाइजहाजले उडान भर्ने भएका कारण विमानस्थल क्षेत्रमा घोडा र खच्चर जान नपाए पनि त्यसपछि विमानस्थलभित्र सजिलै प्रवेश गर्ने गरेका छन् ।  जहाजको उडान १० बजे सकिएलगत्तै व्यापारीले प्रवेशद्वारको ढोका क्षेत्रभित्रको खाली ठाउँमा प्लाष्टिकमा जडिबुटी सुकाउने गरेका छन् ।  यसबाट आवतजावत गर्नसमेत अप्ठ्यारो भएक...
प्रधानमन्त्रीको प्रतिरक्षात्मक अभिव्यक्ति, उल्टियो उपचार सम्बन्धी निर्णय

प्रधानमन्त्रीको प्रतिरक्षात्मक अभिव्यक्ति, उल्टियो उपचार सम्बन्धी निर्णय

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्दै प्रतिरक्षात्मक अभिव्यक्ति दिएका छन् । यसअघि सरकारले कोरोना लागेको बिरामी आफैले आफ्नो उपचार गर्नु भनेको थियो । तर प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै भने ‘सरकारले सके आफै बाँच नसके जे सुकै गर भनेर राज्यले भनेको छैन, सरकारले सबैको उपचार गर्ने छ ।’ सरकारले कोरोना संक्रमितको उपचारमा सबैको समान पहुँच स्थापित गराउने बताए । उपचार गर्न नसक्नेलाई सरकारले उपचार गर्ने प्रतिबद्धता समेत जनाए । उनले कोरोना संक्रमतिलाई घरेलु औषधी प्रयोग बढाउन समेत आग्रह गरेका छन् । Advertisement कोरोनाको कारण अहिले चाहेर पनि घर फर्कन नसक्ने अवस्था रहेको स्मरण गराए ।प्रम ओलीले जेष्ठ नागरिक र बालबालिमाका संक्रमण बढी हुने भएकोले सचेत बन्न सबैलाई आग्रह गरेका छन् । काठमाडौं संक्रमणको केन्द्...
कोरोना सङ्क्रमणबाट कर्मचारीको मृत्यु

कोरोना सङ्क्रमणबाट कर्मचारीको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
कोरोना सङ्क्रमणका कारण दाङमा आज एक  कर्मचारीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा  भूमिसुधार तथा मालपोत कार्यालय, घोराहीमा कार्यरत तुलसीपुर उपमहानगरपालिका १७ दूधरास निवासी ५३ वर्षीय नायब सुब्बा हीराबहादुर डाँगी  छन् । Advertisement उनलाई यही कात्तिक ४ गते  सङ्क्रमण देखिएको र आज श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि कोरोना विशेष  अस्पताल बेलझुण्डी लगिएको थियो । साभार: रातोपाटी ...
करेन्ट लागेर  एक सैनिक जवानको मृत्यु

करेन्ट लागेर एक सैनिक जवानको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
तेह्रथुमको आठराई गाउँपालिकामा करेन्ट लागेर एक सैनिक जवानको मृत्यु भएको छ । नेपाली सेनाको सिरहास्थित शेर गणमा कार्यरत तेह्रथुमको आठराई गाउँपालिका–५ होडाका २६ वर्षीय राजन बराइलीको हिजो साँझ करेन्ट लागेर ज्यान गएको हो । आफ्नै घरअगाडि रहेको बिजुलीको ट्रान्समिटरबाट आफूखुशी कालो तार जोड्ने क्रममा करेन्ट लागेर बराइली जमिनमा पछारिएका थिए । Advertisement गम्भीर घाइते भएका उनलाई उपचारका लागि पाँचथरको फिदिमस्थित जिल्ला अस्पताल ल्याउने क्रममा साँझ पौने ८ बजेट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । सैनिक जवान बराइली दशैँ विदा मनाउन केही दिनअघि घर आएको खुलेको छ ।  ...
चितवनमा कोरोना संक्रमित महिलाको निधन

चितवनमा कोरोना संक्रमित महिलाको निधन

देश, समाचार, सामाजिक, स्वास्थ्य
चितवनमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ शुक्लगण्डकी नगरपालिका घर भई हाल मकवानपुर हेटौँडा–५ बस्ने ३३ वर्षीया महिला रहेको छ । भरतपुर अस्पतालमा उपचाररत उनको आज बिहान ६ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।  Advertisement अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गत असोज ३० गते कोरोना सङ्क्रमणसहित खोकी र श्वासप्रश्वासमा समस्याबाट पीडित भई अस्पतालमा भर्ना भएकी उनलाई सोही दिन कोरोना पुष्टि भएको थियो ।  उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अस्पतालको कोभिड सघन उपचार कक्ष (आइसीयू)मा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । ...
कोरोना संक्रमणबाट धादिङमा ३ जनाको मृत्यु

कोरोना संक्रमणबाट धादिङमा ३ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
धादिङ । कोभिड –१९ को संक्रमणका कारण दुई दिनका अवधिमा धादिङका तीन जनाले ज्यान गुमाएका छन् । नेपाल बार एशोसिएशन धादिङका संस्थापक अध्यक्ष अधिवक्ता गोबिन्दबहादुर श्रेष्ठको संक्रमणबाट मृत्यु भएको छ । त्रियासी वर्षीय श्रेष्ठको उपचारका लागि अल्का अस्पताल लगिएकामा मृत्यु भएको धादिङ बार एशोसिएशनका अध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिए । दुई दिनअघि अस्पताल लगिएकामा भर्ना गर्नसमेत समस्या भएको थियो । निमोनिया र दमको समस्या भोगिरहनुभएका श्रेष्ठका दुई छोरा र चार छोरी  छन् । श्रेष्ठ धादिङ बार एशोसिएशनको २०४६ सालमा स्थापना हुँदा अध्यक्ष रहेका थिए । Advertisement यसैगरी कोरोना भाइरसको संक्रमणबाट ज्वालामुखी गाउँपालिका वडा नं ७ का मोहन लोहनीको आज मृत्यु भएको छ । उनको काठमाडौँ मेडिकल कलेज (केएमसी) मा उपचारका क्रममा मृत्यु भएको हो । लामो समयदेखि युवा राजनीतिमा संल...
बारामा चल्यो गोली , एकजना घाइते

बारामा चल्यो गोली , एकजना घाइते

देश, समाचार, सामाजिक, स्वास्थ्य
बारा । बारामा गोली चलेको छ । भारतसँग सीमा जोडिएको बंकुर नाकामा भारतबाट नेपाल आएका एकजना व्यक्तिलाई प्रहरीले सोधपुुछ गर्दा पेस्तोल देखाएर प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि प्रहरीले गोली चलाएको हो । जवाफी कारवाहीमा प्रहरीको गोली लागेर व्रिजकिशोर कुसवाह घाइते भएका छन् । उनको पाखुरामा गोली लागेको छ ।  Advertisement जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घटनापछि कुशवाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी नेपाली वा भारतीय नागरिक के हुन् भन्ने खुली नसकेको प्रहरीको भनाइ छ । ...
सङ्क्रमित बिरामीको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न आयोद्वारा  आग्रह गरियो

सङ्क्रमित बिरामीको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न आयोद्वारा आग्रह गरियो

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले कोभिड–१९ को जटिल परिस्थितिमा सङ्क्रमित बिरामीको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न र मृत्यु भएकाको शव व्यवस्थापन गरी नागरिकको संविधान प्रदत्त स्वास्थ्यसम्बन्धी हकको सुनिश्चितता गर्न सरकारलाई आग्रह गरेको छ । आयोगमा सचिव वेदप्रसाद भट्टराइले आज जारी गरेको प्रेस विज्ञप्तिमा सरकारले सरकारी अस्पतालले ‘कोरोना सङ्क्रमण भई उपचारत बिरामीले यही कात्तिक २ गतेदेखि लागू हुने गरी सम्पूर्ण खर्च बिरामी स्वयंले व्यहोर्नुपर्ने’ भनी सूचना प्रकाशित गरेकोप्रति ध्यानाकर्षण जनाउँदै सो आग्रह गरेको छ । विश्वव्यापीरुपमा फैलिरहेको कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या पछिल्लो समय दिन प्रतिदिन तीव्र गतिमा बढ्दै गइरहेको अवस्थामा सरकारले अबदेखि कोभिडका बिरामीको उपचार खर्च नब्योहोर्ने, सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनसमेत नगर्ने र सम्बन्धित व्यक्ति...