२०८१ बैशाख ८

सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ मा आज दुई जनाको दुर्घटनामा मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत  सप्तरीको  कञ्चनरुप नगरपालिका वडा नम्बर ८ मा आज  भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

 पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १० प ९१३१ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको थियो ।


Advertisement


उक्त दुर्घटनामा परी साइकल चालक मोरङ, उर्लाबारी नगरपालिका निवासी ५५ वर्षीय केदार श्रेष्ठ र मोटरसाइकल चालक सप्तरी, सप्तकोशी नगरपालिका –७ निवासी मुकेश सिंहको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भुवनेश्वर साहले बताए । 

श्रेष्ठको विराटनगर र सिंहको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सप्तकोशी– ७ का २५ वर्षीय अनिलकुमार यादव घाइते भई स्थानीय अस्पतालमा उपचार गराइएको प्रहरीले जनाएको छ । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap