२०८३ असार १२

सामाजिक

दुर्घटनामा सहचालकको मृत्यु: सल्यान

दुर्घटनामा सहचालकको मृत्यु: सल्यान

देश, समाचार, सामाजिक
सल्यानको सल्लीबजारबाट कुशे गाउँपालिका –६  जाँदै गरेको भे १ त ८३१४ ट्रयाक्टर दुर्घटना हुँदा सह चालकको मृत्यु भएको छ । छेडागाड नगरपालिका –१० धारामा दुर्घटना हुँदा कुशे ६ का २४ वर्षका सहचालक रामबहादुर सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।  Advertisement डिजेल बोकेर गएको ट्रयाक्टर आज बिहान दुर्घटनामा परेको थियो । जाजरकोटमा पेट्रोलियम पर्दाथको डिपो नहुँदा सल्लीवजारबाट तेल ढुवानी गरिदैँ आएको छ ।   साभार: रातोपाटी ...
२४ घण्टामा देशभर ३५१७ कोरोना संक्रमित थपिए

२४ घण्टामा देशभर ३५१७ कोरोना संक्रमित थपिए

देश, समाचार, सामाजिक, स्वास्थ्य
पछिल्लो २४ घण्टामा देशभर ३५१७ कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर संक्रमितको कुल संख्या १ लाख ६८ हजार २३५ पुगेको छ भने निको हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको छ ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको संख्या ४ हजार ९६ रहेको छ। यस्तै थप १६ जनाको मृत्यु हुँदा कुल मृतकको संख्या ९२० पुगेको मन्त्रालयले शुक्रबार जनाएको छ ।  Advertisement मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित ३८ हजार ३५७ जना रहेका छन्, जुन संक्रमितमध्ये २२.८ प्रतिशत हो । यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  साभार: रातोपाटी ...
कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु : पोखरा

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु : पोखरा

देश, समाचार, सामाजिक, स्वास्थ्य
पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप दुई जनाको निधन भएको छ । मृतक दुई जनामध्ये एक जनाको अस्पतालमा र अर्काको होम आइसोलेशनमा बसिरहेको अवस्थामा शुक्रबार मृत्यु भएको जनाइएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान अन्तर्गतको कोरोना अस्पतालमा स्याङ्जाका संक्रमितको निधन भएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. अर्जुन आचार्यका अनुसार मृतक वालिङ नगरपालिका–५ का ७० वर्षीय पुरुष हुन् । उनमा कात्तिक ९ गते कोरोना पुष्टि भएको थियो । उपचारको क्रममा शुक्रबार बिहान ८ बजेर ३५ मिनेटमा उनको मृत्यु भएको निर्देशक आचार्यले जानकारी दिए । Advertisement मृतकमा कोभिडसँगै अन्य दीर्घ रोगसमेत रहेको उनको भनाइ छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना उपचार कक्षमा ज्यान गुमाउने उनी २२ औं संक्रमित हुन् । यस्तै, पोखरा–१५ का ८१ वर्षीय संक्रमित पुरुषको पनि शुक्रबार न...
कोरोना विशेष अस्पतलमा थप एकजनाको मृत्यु : बुटवल

कोरोना विशेष अस्पतलमा थप एकजनाको मृत्यु : बुटवल

देश, समाचार, सामाजिक, स्वास्थ्य
बुटवल ।  बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा आज बिहान थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–८ का ५५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्तालमा उपचार गर्दा गर्दे मृत्यु भएको अस्पतालमा सूचना अधिकारी डा. विष्णु गौतमले रातोपाटीलाई बताए । Advertisement कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका उनको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गर्दागर्दे बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । संक्रमित पुरुष उच्च रक्तचाप, मधुमेह र फोक्सोको दीर्घरोगीसमेत रहेका थिए । साभार: रातोपाटी ...
दसैँमा आपराधिक घटना न्यून

दसैँमा आपराधिक घटना न्यून

देश, समाचार, सामाजिक
यसपाली मुलुकमा दसैँको मुख्य दिनमा ठूला दुर्घटनाहरु भएनन् भने आपराधिक घटनामा समेत कमी आएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार कोभिड–१९ को महामारीका कारण सवारी साधनका साथै मानिसको आवागमन कम हुँदा आपराधिक घटना तथा दुर्घटना कम भएको हो । प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायत यसपटकको दसैँँको मुख्य पाँच दिनको विवरण हेर्दा ठूलो तथा गाह्रो अवस्था सिर्जना हुने घटना नभएको बताउँछन् । सम्भावित जोखिम क्षेत्र पहिचान गरी आवश्यक मात्रामा प्रहरी र कुकुर तथा ड्रोनसमेतको प्रयोग गरिएकाले पनि त्यस्ता घटना रोक्न सफल भएको उनको दावी छ । दशैंँको मुख्य दिन कात्तिक ७ देखि ११ गतेसम्मको प्राप्त विवरण अनुसार यसपाली करणीसम्बन्धि ४ वटा घटना दर्ता भएको छ । कर्तव्य ज्यानका ११, चोरीका १६ घटना दर्ता भएको कडायतले बताए । यस्तै यो अवधिमा ३३४ सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनाका कारण ४३ को मृत्य...
सिराहाका कोरोना संक्रमितको जनकपुरमा मृत्यु

सिराहाका कोरोना संक्रमितको जनकपुरमा मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
१३ कात्तिक, जनकपुरधाम । सिराहामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको सुखीपुर नगरपालिका वडा नम्बर ८ निवासी ७० वर्षीय पुरूषको कोरोना संक्रमण पुष्टि भएर मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख कृष्णदेव यादवका अनुसार ती पुरुषको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा बिहीबार मृत्यु भएको हो । Advertisement एक्कासी ज्वरो र रुघाखोकी लागेर श्वास लिन कठिनाई भएपछि पुरूषलाई गत कात्तिक ३ गते उपचारका लागि प्रादेशिक अस्पताल ल्याइएको थियो । उनको सोही दिन स्वाब लिएर संकलन गर्दा ४ गते रिपोर्ट पोजेटिभ आएको थियो । पोजेटिभ आएका पुरूषलाई आइसोलेसनमा राखेर उपचार गरिरहँदा बिहीबार मृत्यु भएको यादवले बताए । उनका अनुसार पुरूष दमका रोगी समेत थिए । योसँगै सिरहामा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १७ पुगेक...
३६ वर्षीया महिलाको कोरोनाबाट  मृत्यु : पोखरा

३६ वर्षीया महिलाको कोरोनाबाट मृत्यु : पोखरा

देश, समाचार, सामाजिक, स्वास्थ्य
१३ कात्तिक, काठमाडौं । पोखरामा एकजना कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गतको कोभिड–१९ अस्पतालमा उपचाररत पोखरा महानगरपालिका–१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो । Advertisement आईसीयूमा उपचाररत ती महिलाको गएराति ११ बजे मृत्यु भएको अस्पतालका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए । उनमा यही कात्तिक ५ गते संक्रमण देखिएपछि अस्पतालमा भर्ना भएकी थिइन् । कोरोना संक्रमित भइ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु हुने उनी २० औं व्यक्ति हुन् । Credit: OnlineKhabar ...
तिहारका लागि ल्याइएको पटाका नागढुंगामा बरामद; मात्रा “ठूलो” रहेको प्रहरीको भनाइ

तिहारका लागि ल्याइएको पटाका नागढुंगामा बरामद; मात्रा “ठूलो” रहेको प्रहरीको भनाइ

देश, समाचार, सामाजिक
१२ कात्तिक, काठमाडौं । प्रहरीले नागढुंगा चेकपोइन्टबाट ठूलो परिणाममा विष्फोटक पदार्थ पटाका बरामद गरेको छ । चेकजाँचका क्रममा बसमा लुकाएर ल्याउँदै गरेको अवस्थामा २ लाख ६६ हजार वटा पटाका प्रहरीले बरामद गरेको हो । महानगरीय प्रहरी प्रभाग, नागढुंगाले महेन्ऽगनरबाट काठमाडौँ आइरहेको ना ७ ख ४५५ नम्बरको बस चेकजाँचको क्रममा सिटमुनि लुकाएर ल्याउँदै गरेको अवस्थामा १० बोरा पटाका बरामद गरेको हो । बसमा २ लाख ६६ हजार थान पटका फेला परेको महानगरीय प्रहरी वृत्त, थानकोटका डीएसपी घनश्याम श्रेष्ठले बताए । उनका अनुसार अनुसन्धानका क्रममा तत्काल बस चालक कञ्चनपुरका ३० वषर्ीय नविन जोशीलाई पक्राउ गरिएको थियो । Advertisement उक्त पटका तिहार पर्वलाई लक्षित गरी काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्न महेन्ऽनगरबाट ल्याइएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको श्रेष्ठले बताए । बर...
खुट्टा छिनालिएको घटना अनुसन्धान गर्न ३३ युवक पक्राउ

खुट्टा छिनालिएको घटना अनुसन्धान गर्न ३३ युवक पक्राउ

देश, समाचार, सामाजिक
दाङको तुलसीपुर उपमहानगरपालिकामा कमारा बिकमाथि भएको सांघातिक हमलाबारे अनुसन्धान गर्न प्रहरीले ३३ जना युवालाई पक्राउ गरेको छ । उपमहानगरको वडा नम्बर ११ स्थित नवलपुर निवासी ४५ वर्षीय विकमाथि तुलसीपुर– १० गोलौरीमा अपरिचित समूहले सांघातिक हमला गरेको थियो । उनको एउटा खुट्टा छिनालिएको अवस्थामा फेला परेपछि प्रहरीले उद्धार गरि अस्पताल पु¥याएको थियो । विकको दुबै हातमा पनि धारिलो हतियारले काटेको गहिरो घाउ लागेको छ । सोही घटना अनुसन्धान गर्नको लागि गोलौरी आसपासका ३३ जना युवाहरुलाई पक्राउ गरि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले बताए । Advertisement ‘पक्राउ परेकाहरुमाथि सोधपुछ र अनुसन्धान जारी छ,’ डिएसपी सिंहले भने, ‘रातको समयमा सोही गाउँका युवाहरुका बीचमा पनि आपसमा झडप भएको खुल्न आएको छ ।’ घाइते बिकको रा...
काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम, देशभर चिसो बढ्यो

काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम, देशभर चिसो बढ्यो

देश, समाचार, सामाजिक
१२ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरको मौसम चिसिदै गएको छ । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ११.४ डिग्री मापन गरिएको छ । मौसमविदका अनुसार अब देशभर चिसो बढ्दै जाने छ । मौसमविद शान्ति कँडेलले अनलाइनखबरसँग भनिन्, ‘तापक्रम घट्ने क्रममा छ । अब चिसो क्रमशः बढ्दै जान्छ ।’ अब पहाडी जिल्लाहरुमा हुस्सु पनि बढ्दै जानसक्ने उनले बताइन् । मौसम दुई तरिकाले चिसो हुन्छ । एउटा अधिकतम तापक्रम घटेर र अर्को न्यूनतम तापक्रम घटेर । डम्म बादल लाग्यो भने बादलले ब्ल्यांकेटको काम गर्छ र अधिकतम तापक्रम घट्छ । बादल लागेन भने न्यूनतम तापक्रम घट्छ र चिसो हुन्छ । अहिले चिसो भएको न्यूनतम तापक्रम घटेर हो । Advertisement दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढेको महसुस भएको छ ।  आज बिहान पौने ९ बजेको मापनमा काठमाडौंको न्यूनतम ताप...