२०८१ बैशाख २३

सामाजिक

सप्तरीको  कञ्चनरुप नगरपालिका वडा नम्बर ८ मा आज दुई जनाको दुर्घटनामा मृत्यु

सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ मा आज दुई जनाको दुर्घटनामा मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
पूर्वपश्चिम राजमार्गअन्तर्गत  सप्तरीको  कञ्चनरुप नगरपालिका वडा नम्बर ८ मा आज  भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।  पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १० प ९१३१ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको थियो । Advertisement उक्त दुर्घटनामा परी साइकल चालक मोरङ, उर्लाबारी नगरपालिका निवासी ५५ वर्षीय केदार श्रेष्ठ र मोटरसाइकल चालक सप्तरी, सप्तकोशी नगरपालिका –७ निवासी मुकेश सिंहको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भुवनेश्वर साहले बताए ।  श्रेष्ठको विराटनगर र सिंहको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सप्तकोशी– ७ का २५ वर्षीय अनिलकुमार यादव घाइते भई स्थानीय अस्पतालमा उपचार गराइएको प्रहरीले जनाएको छ ।  साभार: रातोपाटी ...
पोखरामा मात्रै १०१ संक्रमित थपिए, गण्डकीमा थप चार जनाको निधन

पोखरामा मात्रै १०१ संक्रमित थपिए, गण्डकीमा थप चार जनाको निधन

देश, समाचार, सामाजिक, स्वास्थ्य
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६७ पुगेको छ । पछिल्लो विवरण अनुसार थप थप ४ जनाले ज्यान गुमाएसँगै गण्डकी प्रदेशमा  कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार पोखरा महानगरपालिका–५ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको गए राति ९ः१० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा  निधन भएको हो  । मृतकमा गत ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा अन्य दीर्घ रोगको समस्या पनि जनाइएको छ ।अहिले उनको शब व्यबस्थापनको तयारी भइरहेको छ । यस्तै, अर्का मृतक नवलपुरको गैंडाकोट–५ का रहेका छन् । ७३ वर्षीय कोरोना संक्रमित पुरुषको गए राति चितवन मेडिकल कलेज, चितवनमा उपचारका क्रममा निधन भएको हो । उनलाई गत ६ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो  । गत ५ गते उनलाई उपचारका लागि अस्पता...
नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु

नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको आज मृत्यु भएको छ । घोडाघोडी नगरपालिका– ५ सरैयाकी आठ वर्षीया अर्चना विष्ट र नौ वर्षीया अस्मिता ढुङ्ग्यालको कान्द्रा नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।  Advertisement जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुवै बालिका मृतावस्थामा भेटिएको जानकारी दिए ।  साभार: रातोपाटी ...
काठमाडौं उपत्यकामा १५३५ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा १५३५ जना कोरोना संक्रमित

देश, समाचार, सामाजिक, स्वास्थ्य
९ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५३५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १२२५, भक्तपुरमा १६३ र ललितपुरमा १४७ जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकामा नयाँ पुष्टि भएका १५३५ संक्रमितमध्ये ९०६ जना पुरुष र ६२९ जना महिला रहेका छन् । Advertisement काठमाडौं जिल्लामा हालसम्म ५६ हजार ३०२ जना संक्रमित भइसकेका छन् । तीमध्ये ३६ हजार २८३ जना निको भएका छन् भने १९३ जनाको मृत्यु भएको छ । हाल १९ हजार ८२६ सक्रिय संक्रमित रहेका छन् । काठमाडौंमा होम आइसोलेसनमा १० हजार ५०१ जना रहेका छन् । ललितपुर जिल्लामा हालसम्म ७८८३ जना संक्रमित भएका छन् । तीमध्ये ५३९९ जना निको भएका छन् भने ५४ जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या २४३० रहेको छ । ललितपुरमा २६४३ जना होम आइसोलेस...
दसैंको टीकाको साइत १० बजेर १५ मिनेटमा

दसैंको टीकाको साइत १० बजेर १५ मिनेटमा

देश, समाचार, सामाजिक
१६ असोज, काठमाडौं । यस वर्ष बिजयादशमीको टीका लगाउने साइत विहान सवा दश बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । असोज १७ गते शुक्रवार देवी विसर्जनको साइत बिहान ९ बजेर ५५ मिनेटमा रहेको छ भने टीका र प्रसाद ग्रहणका लागि बिहान १० बजेर १५ मिनेटको साइत उत्तम रहेको समितिका सभापति प्राध्यापक डा रामचन्द्र गौतमले बताए । शास्त्रीय मान्यताअनुसार सामान्य मानिसलाई टीका र प्रसाद ग्रहण गर्न साइत चाहिँदैन । Advertisement समितिका अनुसार घटस्थापनाको दिन जमरा राख्ने साइत असोज ९ गते बिहीबार बिहान १० बजेर ४५ मिनेटमा छ । यस वर्ष महानवमी र बिजया दशमी एकै दिन असोज १७ गते परेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । दशैंलाई नवरात्र भनिने गरे पनि यसपटक आठ रात्री मात्र परेको गौतमले बताए । सरकारी कार्यालयका झण्डा फेर्ने साइत असोज १० गते शुक्रबार बिहान ११ ब...
थप एक गैरआवासीय नेपालीको कोरोनाका कारण मृत्यु

थप एक गैरआवासीय नेपालीको कोरोनाका कारण मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
९ कात्तिक, काठमाडौं । विश्वव्यापी महामारी कोभिड–१९ संक्रमणबाट गत साता विदेशमा थप एक नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा एक नेपालीको कोरोना संक्रमणबाट निधन भएको हो । एनआरएनए, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार ४२ देशमा रहेका नेपालीमध्ये ४२ हजार ७५२ नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् । तीमध्ये ३९ हजार १७९ जना अर्थात् ९२ प्रतिशत न कोरोनामुक्त भएको समितिले जनाएको छ । Advertisement गत साता भारत, कतार र स्पेनमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ । हालसम्म १९ देशका २८४ नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको जानकारी एनआरएन, कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले दिए । यस्तै नेपालमा मात्र एक लाख ५५ हजार २३३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये एक लाख आ...
थरुहट तथा मधेशका युवा आन्दोलनको तयारीमा जुट्दै

थरुहट तथा मधेशका युवा आन्दोलनको तयारीमा जुट्दै

देश, समाचार, सामाजिक
काठमाडौं । थरुहट तथा मधेशका युवा विभिन्न मागसहित दसैँपछि आन्दोलनमा जाने तयारीमा जुटेका छन् । दशैंपछि एउटा भेला आयोजना गर्ने र सो भेलाबाट संघर्षका कार्यक्रम तय गर्ने उनीहरुको योजना छ । थरुहट आन्दोलनका अगुवा सुरेन्द्र चौधरीले दसैँपछि जनकपुर वा वीरगंजमा युवाहरुको वृहत भेला आयोजना गरी संघर्षका कार्यक्रम तय गरिने बताए । बैठकको तयारीमा जुट्न उनले जनता समाजवादी पार्टी नेपालका युवा नेताहरु डा. सुरेन्द्र झा, मनिष सुमन, अभियन्ताहरु विकास ठाकुर, आनन्द गुप्ता, सुनिल पटेल, कासिन्द्र यादव, अन्जु झा, पत्रकार अमरेन्द्र यादव, मधेश नागरिक समाजका अध्यक्ष गणेश मण्डल, मोनिका सिंह, प्रिती रमनलाई आग्रह गरेका छन् । Advertisement भेलामा सहभागी तराई मधेश राष्ट्रिय परिषद, जसपा, जनमत, काँग्रेस, नेकपा, थरुहट राष्ट्रिय मोर्चाका युवाहरुको नामावली पनि तयार गरिने उनले बताए । त...
रुपन्देही र कपिलवस्तुमा डुबेर ३ जना निधन

रुपन्देही र कपिलवस्तुमा डुबेर ३ जना निधन

देश, समाचार, सामाजिक, स्वास्थ्य
८ कात्तिक, बुटवल । रुपन्देही र कपिलवस्तुमा खोला र पोखरीमा डुबेर तीनजनाको मृत्यु भएको छ । कपिलवस्तुमा पोखरीमा डुबेर दुई जना र रुपन्देहीमा खोलामा डुबेर एक बालकको मृत्यु भएको हो । बुटवल उपमहानगरपालिका– ८ दीपनगरका १० वर्षका निश्चल तिवारीको पौडी खेल्ने क्रममा बुटवल–७ स्थित भनभने खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले बताए । बुटवलको कालिका मानवज्ञान माविमा कक्षा ४ मा अध्ययनरत उनी शुुक्रबार बुटवलबाट हराएका थिए । Advertisement यस्तै कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नं. ५ स्थित मतखनवा पोखरीमा कमलको फूल टिप्ने क्रममा स्थानीय ३२ वर्षीय अशोक कुमार पाठक र २६ बर्षीय करमहंस पाठकको मृत्यु भएको छ । शनिबार बिहान पूजाका लागि फूल टिप्न गएका उनीहरु पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपि...
कोरोना सङ्क्रमणबाट  इलाम र सुनसरीका एक–एक जनाको मृत्यु

कोरोना सङ्क्रमणबाट इलाम र सुनसरीका एक–एक जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
विराटनगरमा आज थप दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचाररत इलाम नगरपालिका–२ का ५९ वर्षीया महिला तथा सुनसरीको गढी गाउँपालिका– ९ का ३८ वर्षीय पुरुषको मृत्यु भएको हो । Advertisement श्वास प्रश्वासमा समस्या देखिएपछि यही कात्तिक ४ गते अस्पताल भर्ना भएकी ती महिलामा सोही दिन कोरोना पुष्टि भएको थियो । त्यस्तै निमोनिया रोगबाट पीडित भएपछि यही कात्तिक ४ गते अस्पताल भर्ना भएका ती पुरुषमा पनि सोही दिन कोरोना पुष्टि भएको थियो । दुबै जनाको उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए । साभार: रातोपाटी ...
थप २२२५ जनामा कोरोना संक्रमण

थप २२२५ जनामा कोरोना संक्रमण

देश, समाचार, सामाजिक, स्वास्थ्य
८ कात्तिक, काठमाडौं । शनिबार थप २२२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गर्दा २२२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । Advertisement योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई २८४६ जना डिस्चार्ज भएका छन् । काठमाडौं जिल्लामा ८३२, ललितपुरमा १७६ र भक्तपुरमा १०२ गरी शनिबार काठमाडौं उपत्यकामा १११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । Credit: OnlineKhabar ...