२०८३ बैशाख २६

सामाजिक

मोटरसाइकलले ठोकिएर हरिणको मृत्यु

मोटरसाइकलले ठोकिएर हरिणको मृत्यु

देश, समाचार, सामाजिक
२१ पुस, जनकपुरधाम । बारामा कारको ठक्करबाट बाघको मृत्यु भएको एक हप्ता नबित्दै सर्लाहीमा मोटरसाइकलको ठक्करबाट हरिणको मृत्यु भएको छ । बाग्मती नगरपालिका ३ स्थित नयाँरोड–बरहथवा सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प.४००९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा हरिणको घटनास्थलमै मृत्यु भएको हो । Advertisement हरिणलाई सोमबार राति ठक्कर दिएपछि मोटरसाइकल पल्टिँदा त्यसका चालक सप्तरीको कन्चनरुप नगरपालिका–११ बस्ने २२ वर्षीय सुनिल थापा सामान्य र पछाडि सवार सर्लाहीको हरिपुर नगरपालिका–१ बस्ने २५ वर्षीय शिव कुमार महतोको टाउको र वायाँ कुममा चोट लागेको छ । दुबैको हनुमन्ते अस्पताल बरहथवामा उपचार भइरहेको सर्लाहीका प्रहरी प्रजक्ता मदन कुँवरले जानकारी दिए । इलाका वन कार्यालय मुर्तीयाको टोलीलाई मोटरसाइकल र मृतक हरिण जिम्मा लगाइ पठाइएको कुँवरले बत...
कोरोना संक्रमित वृद्धको मृत्यु : बाँकेमा

कोरोना संक्रमित वृद्धको मृत्यु : बाँकेमा

देश, समाचार, सामाजिक, स्वास्थ्य
२० पुस, काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट एकजना वृद्धको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको क्रममा बाँकेको बैजनाथ गाउँपालिका-२ का ७६ वर्षीय वृद्धको सोमबार साँझ ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि भेरी अस्पतालमा १५ पुसमा उनको पीसीआर परीक्षण गरिएकोमा त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो । Advertisement क्यान्सरका समेत बिरामी रहेका उनी पुस १८ गते अस्पतालमा भर्ना भएका थिए । रोगको प्रकृति अनुसार उनको उपचार गरिएपनि बचाउन नसकिएको अस्पतालले जनाएको छ । Credit: OnlineKhabar ...
अटोमेटिक पेस्तोलसहित २ भारतीय पक्राउ

अटोमेटिक पेस्तोलसहित २ भारतीय पक्राउ

देश, समाचार, सामाजिक
१८ पुस, काठमाडौं । अटोमेटिक पेस्तोलसहित दुईजना भारतीय नागरिक महोत्तरीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको सितामढी बासबिट्टी बस्ने १९ वर्षीय मुकेशकुमार मण्डल र १५ वर्षीय राजकुमार दास छन् । Advertisement महोत्तरीको मनरा सिसवा नगरपालिका-१० मरुवाहीमा मादक पदार्थ सेवन गरी स्थानीयसँग विवाद गरेर भाग्ने क्रममा दुवै जनालाई हतियारसहित नियन्त्रणमा लिएको महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले बताए । उनीहरुको साथबाट १ थान लोडेड सेमि अटोमेटिक पेस्तोल र १ थान स्प्रिङ चक्कु बरामद भएको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सापकोटाले बताए । साभार: रातोपाटी ...
५ हजार नमुना परीक्षण : ४२६ जनामा संक्रमण पुष्टि

५ हजार नमुना परीक्षण : ४२६ जनामा संक्रमण पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
१८ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा ४२६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार २२५ नमुना परीक्षण गर्दा १५३ महिला र २७३ पुरुषमा संक्रमण पुष्टि भएको छ । Advertisement यससँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ । उनीहरुमध्ये २ लाख ५३ हजार १०७ जना संक्रमणमुक्त भएका छन् भने १८६४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल ६ हजार ४८ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २८९० जना होम आइसोलेसनमा छन् भने २३४ जनाको आईसीयू र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । Credit: OnlineKhabar ...
सुकुम्बासीले न्यायो सिरक पाउँदा खुशियाली

सुकुम्बासीले न्यायो सिरक पाउँदा खुशियाली

देश, समाचार, सामाजिक
झापा गाउँपालिका–१ मिलनबस्तीमा सुकुम्बासी टोल छ । जहाँ सन्थाल समुदायको बसोवास रहेको छ । उनीहरुसँग पेट भर्नका लागि त भर्खर अन्न घरमा थन्क्याएका छन् तर जाडोमा ओढ्ने सिरक नहुँदा आगो तापेर रात बिताउँछन् । यसरी नै वर्षौं बिताएका उनीहरु शुक्रबार भने निक्कै खुशी देखिन्थे । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लायन्स क्लब सुरुङ्गाको सहयोगमा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना र जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइराला सुकुम्बासी बस्तीमा न्यायो सिरक लिएर पुगेका थिए । उनीहरुले गाउँपालिकाका अध्यक्ष जयनारायण साहलाई साक्षी राखेर क्लवले ल्याएको फाइबरका ८२ थान सिरक सन्थाल परिवारलाई वितरण गरेका छन् ।  Advertisement “रातभर पराल र दाउराको आगो तापेर रात बिताउँथे, आजदेखि सिरक ओढेर सुत्छु”, झापा गाउँपालिका–१ सुकुम्बासी बस्तीकी ७० वर्षीया...
रेलवेको सुरक्षार्थमा सशस्त्र प्रहरी

रेलवेको सुरक्षार्थमा सशस्त्र प्रहरी

देश, समाचार, सामाजिक
१७ पुस, काठमाडौं । जनकपुर–जयनगर रेलवे सञ्चालनमा नआउँदै लिकका फलाम चोरी हुन थालेपछि सरकारले सशस्त्र प्रहरीलाई सुरक्षार्थ खटाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रेलवे सुरक्षाको जिम्मा सशस्त्रलाई दिने निर्णय गरेको हो । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले विकासको महत्वपूर्ण पूर्वाधार सञ्चालनमा नआउँदै रेलवे लिकका फलाम चोरी हुन थालेको खबर आएकाले सुरक्षाको जिम्मा सशस्त्रलाई दिइएको बताए । उनले भने, ‘केही अघि रेलवेको क्लीप चोरी भएको भन्ने विषय सार्वजनिक भयो, त्यसैले यसको सुरक्षा नियमित पुलिसिङबाट मात्र सम्भव नहुने भएकाले सशस्त्रलाई जिम्मा दिइएको हो ।’ Advertisement सशस्त्र प्रहरी बलका प्रवक्ता राजु अर्याल भने हालसम्म मन्त्रिपरिषदको निर्णय आफूहरु कहाँ आइनसकेकाले कसरी परिचालित हुने भन्ने विषय टुंगो लागि नसकेको बताउँछन् । यद्यपि, ...
सडेको अवस्थामा शव फेला

सडेको अवस्थामा शव फेला

देश, समाचार, सामाजिक
कैलालीको गोदावरी नगरपालिका–४ स्थित सेती सामुदायक वनभित्र पर्ने चिसापानी खोलामा बेवारिसे अवस्थामा शव फेला परेको छ । शव फेला परेको सूचनाका आधारमा प्रहरी टोली पुगेर शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।  Advertisement उनका अनुसार मृतकको शव सडेको अवस्थामा फेला परेको र नजिकै सेतो रङको गन्जी र हरियो रङको हाफसर्ट फेला परेको हो । शवको प्रकृति हेर्दा तल्लो शरीरमा निलो रङको जिन्स पाइन्ट लगाएको, उचाइ  अन्दाजी पाँच फिट पाँच इन्च, उमेर अन्दाजी २५/३० वर्षको जस्तो देखिने, दायाँ हातको पाखुरामा नाग (सर्प) र शिवलिङ्गको ट्याटु भएको बताइएको छ । साभार: रातोपाटी ...
फरार दुई प्रतिवादी पक्राउ

फरार दुई प्रतिवादी पक्राउ

देश, समाचार, सामाजिक
अदालतबाट दोषी ठहर भई फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–४ का २५ वर्षीय मोहनसिंह रावत र सोही नगरपालिका–३ का ३८ वर्षीय रमेश दमाईंलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो । Advertisement चोरी मुद्दामा कञ्चनपुर जिल्ला अदालतबाट दोषी ठहर भई एक वर्ष कैद र रु १० हजार जरिवाना फैसला भएका रावतलाई घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी अदालतमा पेश गरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।  उनका अनुसार लागुऔषध मुद्दामा अदालतबाट एक महिना कैद र रु एक हजार जरिवाना फैसला भएका फरार रहेका दमाईंलाई पक्राउ गरी कारागार चलान गरिएको छ । अवैध काठसहित अटोरिक्सा चालक पक्राउ भीमदत्त नगरपालिका–१८ बाट प्रहरीले म१ह ४८९ नम्बरको अटोरिक्सामा अवैध काठ ओसारपस...
विद्युत् चोरीमा संलग्न ४२ लाई कारवाही

विद्युत् चोरीमा संलग्न ४२ लाई कारवाही

देश, समाचार, सामाजिक
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चोरीमा संलग्न ४२ जनालाई कारवाही गरेको छ । विद्युत् चोरी नियन्त्रण अभियानलाई तीव्रता दिँदै हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा विद्युतीय सामग्री पनि ठूलो सङ्ख्यामा जफत गरेको छ । Advertisement प्राधिकरणका कर्मचारी तथा प्रहरीको सहयोगमा गाउँगाउँमा पुगेर टिभी, फ्रिज, पङ्खा, पानी तान्ने मोटर, तार, कटरलगायतका १४० थान विद्युतीय उपकरणसमेत नियन्त्रणमा लिएको विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जनाएको छ  । कोरोनाको महामारीमा नेपाल सरकारले गरेको लकडाउनदेखि हालसम्मको अवधिमा विद्युत् चोरीमा संलग्न ४२ जनालाई पक्रउ गरी कारवाही गरिएको वितरण केन्द्रका प्रमुख आमोद यादवले जानकारी दिनुभयो । उनीहरुबाट रु तीन लाख दुई हजार ५४९ राजस्व असुलीसमेत गरिएको छ । प्राधिकरणका इञ्जिनीयर विमलप्रसाद साहका...
५११० मा गरिएको परीक्षणमा ५११ जनामा संक्रमण पुष्टि

५११० मा गरिएको परीक्षणमा ५११ जनामा संक्रमण पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
१५ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५११० जनामा गरिएको परीक्षणमा ३०७ पुरुष र २०४ महिला गरी ५११ जनामा संक्रमण पुष्टि भएको हो ।  योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ । Advertisement पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६०० रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५१ हजार ९१२ रहेको छ । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १८४७ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा २२५, ललितपुरमा ४९ र भक्तपुरमा ३८ जनामा कोरोना भाइरस संक्रमण भएको छ । त्यस्तै कास्कीमा ५०, रुपन्देहीमा १९, चितवनमा १६ र पाल्पामा १० जनामा संक्रमण दे...