२०८२ पुष ८

सामाजिक

संसद विघटनको विरोधमा रौतहटमा प्रदर्शन

संसद विघटनको विरोधमा रौतहटमा प्रदर्शन

देश, राजनीति, समाचार, सामाजिक
१४ पुस, रौतहट । संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले रौतहटको सदरमुकाम गौरमा मंगलबार प्रदर्शन गरेको छ । नेकपाका केन्द्रीय नेता मातृका प्रसाद यादवको नेतृत्वमा रौतहट सदरमुकाम गौरको राइसमिलमा भेला भएका नेता कार्यकर्ताले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध चर्का नाराबाजी गर्दै गौरमा प्रदर्शन गरेका हुन् । Advertisement प्रदर्शनपछि वीपी चोकमा विरोध सभालाई सम्बोधन गर्दै नेता यादवले प्रधानमन्त्री ओली प्रतिगमनकारीका मुखिया एवं सरदार रहेको बताए । ओली कुनैपनि हालतमा कम्युनिस्ट नभएको र कम्युनिस्टको खोल ओढेर कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने खेलमा लागेको नेता यादवले आरोप लगाए । ओलीको नेतृत्वमा देश सुम्पिनु नै सबैभन्दा ठूलो भूल भएको बताउँदै उनले अहिलेको सरकार संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पर्ने षड्यन्त्रमा लागेकाले संसद प...
उखु को भुक्तानी नपाई हृदयघात बाट मृत्यु

उखु को भुक्तानी नपाई हृदयघात बाट मृत्यु

देश, राजनीति, समाचार, सामाजिक
उखु बेचेको बक्यौता उठाउन आन्दोलनका लागि काठमाडौं आएका सर्लाही रामनगरका किसान नारायणभगत यादवको मृत्यु भएको छ ।  आन्दोलनरत उखु किसानहरूका संरक्षक राकेश मिश्रका अनुसार मंगलबार बिहान उपचारका क्रममा उनको मृत्यु भएको हो । उनले सर्लाहीको अन्नपूर्ण सुगर मिलबाट १५ लाख रुपैयाँभन्दा बढी बक्यौता लिन बाँकी थियो । यसपटक पैसा हातमा परेपछि मात्र आन्दोलन फिर्ता गर्ने मनसाय लिएर किसानहरू काठमाडौंकेन्द्रित आन्दोलनका लागि आएका थिए । तर, २१ दिनभित्र सबै रकम भुक्तानी गर्ने सम्झाैता गरी किसानले आन्दोलन स्थगित गरेको सुने पनि यादव चिन्तित थिए । उनले बेलुकातिर आफन्त र किसान साथीभाइसँग आन्दोलन स्थगित गरेर पैसा पाउने आस कम रहेको बताएका थिए । Advertisement यद्यपि, आन्दोलनको बीचमा उनले दुई लाख रुपैयाँ आफ्नो खातामा आएको बताएका थिए । मिश्रका अनुसार आइतबार दिउँसो ...
जग्गा व्यवसायी पक्राउ

जग्गा व्यवसायी पक्राउ

देश, समाचार, सामाजिक
१३ पुस, काठमाडौं । प्रहरीले चेक बाउन्स सम्बन्धी मुद्दामा फरार रहेका जग्गा व्यवसायी सहदेव कक्षपतीलाई पक्राउ गरेको छ । जिल्ला अदालत, काठमाडौंको फैसला कार्यान्वयनका लागि कक्षपतीलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं प्रहरीका डीएसपी प्रमेश विष्टका अनुसार कक्षपतीलाई २ करोड विगो भराइ ३ महिना कैद र ३ हजार रुपैयाँ जरिवाना हुने अदालतले ठहर गरेको थियो । कक्षपती मुछिएको मुद्दामा होटल एभरेष्ट इन्टरनेश्नल लिमिटेडका निर्देशक सारिक लारी पनि प्रतिवादी थिए । Advertisement पक्राउपछि प्रहरीले उनलाई जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएकामा डिल्लीबजार कारागारको थुनामा पठाउन आदेश भएको छ । Credit: OnlineKhabar ...
२४ घण्टामा ५०० भन्दा कम कोरोना संक्रमित

२४ घण्टामा ५०० भन्दा कम कोरोना संक्रमित

देश, समाचार, सामाजिक, स्वास्थ्य
परीक्षण दायरा घटाइँदा पछिल्लो समय कोरोना संक्रमित पनि घट्दो क्रममा रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना ५०० भन्दा कम कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा देखिएको छ ।  Advertisement मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८२८ जनाको पीसीआर परीक्षण गरिँदा महिला १७९ र महिला ३०२ जना गरी मात्र ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यस्तै ७३१ जना कोरोना संक्रमण मुक्त हुँदा ६ जनाको मृत्यु समेत भएको छ ।  यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५८ हजार १८१ पुगेको छ भने निको हुनेको कुल संख्या २ लाख ४९ हजार ८६३ जना रहेको छ । हालसम्म १८२५ जना मृतकको संख्या पुगेको पनि मन्त्रालयले जनाएको छ ।  यस्तै देशभर हाल ६ हजार ४९३ जना सक्रिय संक्रमित रहेका छन् भने हाल देशभर कोरोना निको हुने दर ९६.८ प्रतिशत रहेको ...
सशस्त्र द्वन्द्व घाइतेको निःशुल्क उपचार गर्ने : कर्णाली सरकार

सशस्त्र द्वन्द्व घाइतेको निःशुल्क उपचार गर्ने : कर्णाली सरकार

देश, राजनीति, समाचार, सामाजिक, स्वास्थ्य
१२ पुस, सुर्खेत । कर्णाली प्रदेश सरकारले सशस्त्र द्वन्द्वका घाइतेलाई निःशुल्क उपचार गर्ने भएको छ । प्रदेश सरकारले निःशुल्क उपचार गर्न कर्णालीका दुई र संघीय राजधानी काठमाडौंका दुईवटा अस्पतालसँग सहकार्य गरेको छ । चारवटा अस्पतालबाट सशस्त्र द्वन्द्व र प्रदेश प्राप्तिको आन्दोलनका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क उपचार गरिने छ । यसका लागि एक करोड ५० लाख रुपैयाँ सम्बन्धित अस्पताललाई अख्तियारी दिइएको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिए । Advertisement मन्त्री भण्डारीका अनुसार कर्णाली प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई २५/२५ लाख, चिकित्सा विज्ञान राष्ट्रिय वीर अस्पताल काठमाडौं र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरलाई ५०/५० लाख रुपैयाँको अख्तियारी दिएको छ । यी...
काठमाडौँमा ‘भेज’ महोत्सव

काठमाडौँमा ‘भेज’ महोत्सव

देश, समाचार, सामाजिक
शाकाहारी तथा वनस्पतिजन्य खानेकुराको प्रवद्र्धन गर्ने उद्देश्यले आज ‘शाकाहारी महोत्सव’ आयोजना गरिएको छ । Advertisement पशु कल्याणकारी संस्था स्नेहाज केयरले हात्तीसरस्थित नेपाल हाउसमा गरेको कार्यक्रममा बारा, आलु, भटमास, फलफूल, जुसलगायत १५ वटा शाकाहारी खानाका कक्ष तथा पशु उपचारसम्बन्धी सामग्रीका कक्ष राखिएका छन् । बोधी गार्डेन, जुस मण्डलालगायत संस्थाको समन्वयमा विभिन्न किसिमका भिगान खानेकुराका स्टल छन् । शाकाहारी जीवनशैली, स्वास्थ्य तथा पशु कल्याण सम्बन्धमा विज्ञहरुसँग गरिएको अन्तक्र्रियामा पशु कल्याणका क्षेत्रमा क्रियाशील अधिकारकर्मी स्नेहा श्रेष्ठ, बौद्ध गुरु आङफुरी शेर्पा, सुरेश आचार्यलगायतले स्वस्थ जीवनशैली विकास गर्न दुग्धजन्य पदार्थ भएका विशुद्ध शाकाहारी खानेकुराको महत्व रहेकाले त्यसलाई अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । शाकाहारी खानेकुरामा...
मकवानपुरमा बस दुर्घटना : १ मृत्यु, ८ घाइते

मकवानपुरमा बस दुर्घटना : १ मृत्यु, ८ घाइते

देश, समाचार, सामाजिक
हेटौँडा नारायणगढ सडकखण्डअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा आज दिउँसो यात्रुवाहक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  Advertisement हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको ना५ख ४६०९ नम्बरको यात्रुवाहक बस आफैँ अनियन्त्रित भई बस्तीपुरमा दुर्घटना हुँदा लमजुङ सुन्दरबजार नगरपालिका–८ बस्ने ३२ वर्षीय हरि गौलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको कार्यालयका प्रहरी निरीक्षक अमरप्रसाद गजमेहरले जानकारी दिए । सोही दुर्घटनामा परी अन्य आठ जना घाइते भएका छन् । उनीहरुको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।   प्रहरीले बस चालक चितवनको राप्ती नगरपालिका–२ बस्ने ४१ वर्षीय रामबहादुर तामाङलाई नियन्त्रणमा लिई घटनाका विषयमा आवश्यक अनुसन्धान गरिरहेक...
आज राप्रपाको मोटरसाइकल र्‍याली सम्पन्न

आज राप्रपाको मोटरसाइकल र्‍याली सम्पन्न

देश, राजनीति, समाचार, सामाजिक
११ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शनिबार काठमाडौंमा र्‍याली निकालेको छ । राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै राप्रपाले मोटरसाइकल र्‍याली निकालेको हो । बबहरमहलबाट सुरु भएको र्‍याली थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, जमलहुँदै दरबारमार्गसम्म पुगेको थियो । Advertisement र्‍यालीमा राप्रपाका अध्यक्षहरु कमल थापा, डा. प्रकाशचन्द्र लोहनीलगायतका वरिष्ठ नेताहरु सहभागी भएका छन् । राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै विभिन्न संघर्षका कार्यक्रम घोषणा गरिसकेको छ । पुस १७ गते उपत्यकामा बृहत प्रदर्शन गर्ने तयारी पनि राप्रपाले गरेको छ । Credit: OnlineKhabar ...
बागमतीमा फोहर फाल्नेलाई२३ हजार जरिवाना

बागमतीमा फोहर फाल्नेलाई२३ हजार जरिवाना

देश, समाचार, सामाजिक
राजधानीको सभ्यताको स्रोत बागमती नदीमा फोहर फाल्ने सात व्यक्ति एवं संस्थालाई कारवाहीस्वरुप रु २३ हजार जरिवाना गरिएको छ । अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति काठमाडौँ  महानगरपालिका वातावरण व्यवस्थापन विभाग टेकु, बागमती सफाइ अभियानकर्मीको संयुक्त प्रयासमा नदी किनारमा जताततै फोहर फाल्ने, बाटो कब्जा गरी व्यापार व्यवसाय चलाएर सार्वजनिक स्थान कब्जा गर्नेलाई  नसिहतसहित दण्ड जरिवाना गरिएको अभियानकर्मी किशोरसिंह शाहीले बताए । Advertisement मनोहरा दोभानबाट आलोकनगरसम्म फोहर फाल्ने राजकुमार शर्मा रु एक हजार, मीना केसी रु पाँच हजार, बेखालाल तण्डुकार रु एक हजार, दीपेन्द्र बस्नेत रु पाँच हजार, रत्नकाजी श्रेष्ठ रु पाँच हजार, सुमन इन्टरप्राइजेज रु पाँच हजार, कुकुर क्याफे रु एक हजार गरी जम्मा रु २३ हजार जरिवाना गरिएको छ । जरिवाना गरिएको रकम महानगरपालिका व...
सुमोले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

सुमोले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

देश, समाचार, सामाजिक
टाटा सुमोले ठक्कर दिँदा आज बिहान झापाको कमल गाउँँपालिका–५ स्थित सडकखण्डमा एकजना साइकलयात्रीको मृत्यु भएको छ । Advertisement पूर्वपश्चिम राजमार्गअन्तर्गतको लभडाँडा सडकखण्डमा आज बिहान ८ बजेतिर पूर्व जाँदै गरेको मे।१ज। २००४ नंको टाटा सुमोले बाटो काट्दै गरेका कमल–६ बस्ने ५३ वर्षीय साइकलयात्री झुलानाथ खनाललाई ठक्कर दिँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।  उनका अनुसार ठक्करबाट सख्त घाइते भएका खनालको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।  ठक्कर दिने सुमो र त्यसका चालकलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रनाउ पण्डितले बताए ।   साभार: रातोपाटी ...